Sunday, August 13, 2023

गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडियो ‘तिमी मन पर्यो’ सार्वजनिक

 


गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडियो ‘तिमी मन पर्यो’ सार्वजनिक भएको छ।

गायक तुलसी सिवाकोटीले नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । डीपी खनालको शब्द रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन् ।


भिडियोको निर्देशन तथा छायांकन विवेक लामा तामाङले गरेका हुन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन ।


भिडियोलाई शिवाकोटीको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको छ । भिडियोमा युरोपको मनोरम दृश्यलाई समेटिएको छ भने नेपाली नारीको सांस्कृतिक झल्को दिने प्रयास गरिएको छ । 




Tuesday, February 14, 2023

भिडियो सहित)गायक मिलन लामाको साथमा साईप्रसमा भव्यताका साथ मनायो ल्होछार।नेपाल तामाङ घेदुङ साईप्रस

 


    नेपाल तामाङ घेदुङ साईप्रसले आयोजना गरेको ल्होछार कार्यक्रम गायक मिलन लामाको साथमा धुमधामका साथ मनाएको छ।१२ तारिखको दिन साईप्रसको लिमासोलमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मिहरु, तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थिति थियो।

 सम्पुर्ण कार्यक्रममा सहभागि भएका दर्शक तथा अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष निर्मला थिङले स्वागत मनतव्य द्धारा स्वागत गरेको छ भने लामा विभाग तर्फबाट महिला लामाहरुले शान्तिको कामना गर्दै मोलम पाठ गरेका छन।


कार्यक्रम उद्घघाटन समारोहमा कार्यक्रम संचालन राजमान घ्लान र कृपा घिषिङले गरेका हुन भने औपचारीक कार्यक्रम संचालनभने पुरन मगरले गरेका हुन।निकैनै राम्रो मुख मिठ्याउने चिया र खाप्स्यो बाट स्वागत भएको कार्यक्रममा नेपाली खानाको निकै तारिफ योग्य थियो ।खाना बनाउने सेफहरुको निकै तारिफ गरेको सहभागि दर्सकहरुबाट सुन्न पाईन्थ्यो। अतिथीहरुको सम्मान तथा स्वागत सत्कार निकै भव्य थियो।

Full video


Clik here for more video on youtube

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको यो कार्यक्रममा मिलन लामाले आफुलाई चर्चाको शिखरमा पुर्याईएको  "माझि दाई पोखरा फेवातालको"गितमा दर्शकहरुलाई लालाहित बनायो।गायक मिलन लामाले आफु लोक दोहोरी गायक भएपनि तामाङ म्हेन्दोमाया गित तथा तामाङ सेलोहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफुतिर तानिरहे।साउन्ड सिस्टममा केहि खराबी आउदा पनि गायक मिलन लामाले DJ र साउण्ड म्यानहरुलाई रोष्ट गरेर हसाइराखे, रमाईलो गराइराखे तर दर्शकहरुले साउण्ड सिस्टम बिग्रेको पत्तो पाएनन्।मिलन लामाको हसाउने र गित गाउने दुबै खुविले कार्यक्रममा सहभागिहरुको मन जित्न सफल भए।




कार्यक्रमको अन्तमा गायक मिलन लामालाई विभिन्न संघ-संस्था तथा नेपाल तामाङ घेदुङले मायाको चिनो दिएर सम्मान गरेका छन ।

आत्मा ध्वज

सेफ्नो टिभी

Cyprus





Tuesday, January 31, 2023

तुलसि सिवाकोटीको नया गित "बसौन तिमी र म" सार्बजनिक भएको छ



प्रेमको नीसानी पछि गायक तुलसी सिवाकोटीले नयाँ “बसौन तिमी र म ” गीतको म्युजिक  भिडियो लाई आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।

तुलसी सिवाकोटि र रिता केसीको स्वरमा बनेको यो गितमा विकास लामिछाने र अलिया अधिकारीले अभिनय गरेका छन। दिनेस पराजुलीको छ्याङकन रहेको यो भिडियो गितकार रबि मल्ल आफैले म्युजिक भरेका छन।

बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।


दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’”हे माया” जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ



सेफ्नो टिभि 

Aatmadhoj


भिडियो हेर्न तल क्लिक गर्नुहोस।










Monday, January 9, 2023

ग्लोबल पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली प्रतिष्पर्धी डीआरएस टिम दोश्रो भएको छDRS


  ईन्डोनेशियाको जकार्तामा हालै सम्पन्न ग्लोबल पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली प्रतिष्पर्धी डीआरएस टिम दोश्रो भएको छ

PMGC 2022 ग्रान्ड फाइनल day 3मा आक्रमक खेल खेल्दै - S2G Esports ले PUBG मोबाइल ग्लोबल च्याम्पियनशिप 2022 को च्याम्पियन भएको छ।


  सबैभन्दा ठूलो PUBG मोबाइल एस्पोर्ट्स प्रतियोगिता, PUBG मोबाइल ग्लोबल च्याम्पियनशिप 2022 (PMGV 2022 बाट यसको एसपोर्ट्स र एसपोर्ट्स ड्रॉ) टर्की च्याम्पियन बन्यो, ग्रान्ड फाइनलका सबै खेलहरूमा मनमोहक र लगातार गेमप्लेहरू निकाल्दै  टर्कीको वर्चस्वमा ४२ अंकले चेसिङ प्याकबाट अलग गर्दै अंक तालिकामा झल्कियो। यसैबीच, ब्राजिलका टोलीहरू दुई दिनको उत्कृष्ट प्रदर्शनको साथमा, S2G Esports ले तिनीहरूको विजयको बाटोमा विपक्षीहरूलाई व्यापक रूपमा आउटक्लास गर्दा अलग भयो।नेपालबाट DRS गेमिङ सुरुदेखि नै प्रभावशाली पक्षहरू मध्ये एक हो। अन्ततः, तिनीहरूको प्रयास सार्थक भयो, 158 अंकको साथ उपविजेता समाप्त भयो। Alpha 7 Esports रGODLIKE Stalwart ले 156 अंक लिएर तेस्रो र चौथो स्थान सुरक्षित गर्न सफल भयो। अन्य दुई ब्राजिलियन पक्षहरू, iNCO गेमिङ (१२ खेलपछि तालिकाको शीर्ष स्थानमा), र इन्फ्लुएन्स चेमिन क्रमशः ७ र १६ औंस्थानमा पुग्दा पूर्ण रूपमा तल झरेका छन्।

सेफ्नो टिभी

आत्मा ध्वज

Subscribe





Tuesday, January 3, 2023

तमु समाज साईप्रसले तमु ल्होसार मनायो


जनावरी १तारीखका दिन तमु समाज साइप्रस द्वारा आयोजित गुरुङ पर्व तो ल्हो (बाघ वर्ग)लाइ बिदाइ गर्दै हि ल्हो (बिरालो वर्ग लाइ स्वागत गर्दै बिगतका बर्ष झै यस बर्ष पनि भब्यरुपमा मनाएको छ ।साईप्रसको निकोसियामा आयोजित कार्यक्रमको संचालन भने पुष्पराज गुरुङ र आयुष्मा गुरूङले गरेका हुन । 

  नानु गुरूङको सभापतित्वमा आयोजित तमू ल्होसारको प्रमुख अतिथिमा  साईप्रस बाणिज्य दुतावासका डा• रामजिवन पंजियार ,बिशेष अतिथिहरु मा ICC का सुबास मल्ल र NRNA अध्यक्ष कुन्दन कार्की थिए।

 त्यसै गरेर बिभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्दै तामाङ घेदुङ साईप्रसबाट सुनी तामाङ, चितवन सेवा समाज साईप्रसबाट आसा गुरूङ,शेर्पा किदुक साईप्रसबाट छिरिङ याङजुङ शेर्पा , जनसम्पर्क समिती साइप्रसबाट निमा छ्दार शेर्पा ,नेपाल मगर संघ साइप्रसबाट यज्ञराज राणा, जन प्रगतिशील मंन्च साइप्रसबाट नबराज गौतम, पोखरा समाज साइप्रसबाट  सुमी गुरुङ, साइप्रस नेपाली एकता समाजबाट  युवराज धर्ती मगर ,प्रवासी नेपाली मंन्च साइप्रसबाट दात्तनाथ पाण्डे , किरात याक्युङ चुम्लुङ एलिना लिम्बु ,किरात राइ यायोक्खा साइप्रसबाट काजीमान राइ, ह्योल्मो युनिटी साईप्रसबाट निम्बा लामा  लगाएत मिडिया कर्मिहरुको उपस्थित थिए।


    भुमी घर्ती गुरुङको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रम मा विभिन्न गुरुङ निर्त्य तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका छन।

सेफ्नो टिभी

आत्मा ध्वज

Subcribe chefno tv click here



Wednesday, December 14, 2022

काभ्रे बस दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसकेको छ

 


काभ्रेको बेथानचोक गाउँपालिकाको च्याल्टीबाट ढुंखर्क हुँदै बनेपा तिर आइरहेको बा ३ ख ४३८५ नम्बरको  ३९जना यात्री बोकेको रिजर्भ बस बेथानचोक -४ चलाल गणेशस्थानमा करिब बेलुकाको ७:०० बजे तिर दुर्घटना घटनास्थलमा १७ जनाको मृत्युको भएको छ भने दर्जनौ घाईते भएको छ । 

 दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसके जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी १७ जना मृत्यु भएकामध्ये बुधबार ९ वटा शव मात्रै परिवारले जिम्मा लिएको छ । 

दुर्घटनामा ललितपुर जिल्ला महांकाल–६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक), 

बेथानचोक–४ बस्ने वर्ष १९ को रविन तामाङ,

 बनेपा–११ बस्ने वर्ष ७९ की निर्मला तामाङ,

 बनेपा–११ बस्ने वर्ष २८ की मन्जु तामाङ, 

तेमाल–८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ, तेमाल–८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ, इन्द्रसरोवर–१ बस्ने वर्ष ६ की समीक्षा थिङ, मण्डनदेउपुर–१ बस्ने वर्ष ४१ की चेलीमाया तामाङ, बनेपा–१४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ, काभ्रे जिल्ला बनेपा–१४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ, बेथानचोक–५ बस्ने वर्ष २४ की मन्जु तामाङको मृत्यु भएको छ ।



पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुमार तामाङ, बेथानचोककी ३३ वर्षीया नीरुमाया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्तबहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २० वर्षीय रूपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्लास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Sunday, November 13, 2022

साईप्रसमा हुन लागेको प्रमोद खरेलको कार्यक्रम पुन दोस्रो पटक स्थगित भएको छ

 


साईप्रसमा हुन लागेको प्रमोद खरेलको कार्यक्रम पुन दोस्रो पटक स्थगित भएको छ 

 गायक प्रमोद खरेललाई लेबनानको अध्यागमन विभागले साइप्रस उड्न अनुमती नदिए पछि कार्यक्रम स्थगित भएको हो। साईप्रसको लिमासोलमा हुनलागेको यो कार्यक्रम अव पुन हुने वा नहुने भन्ने अन्योलमा परेको छ।Chefno tv youtube link click here

अध्यागमनले प्रमोद खरेललाई रोक्नु यो दोस्रो पटक हो ।किन रोक्यो त अध्यागमनले? एक पटक होइन दोस्रो पटक पनि अध्यागमनले साईप्रस प्रवेशमा रोक लगाउनुमा साईप्रसवाशी नेपाली दर्शकहरुलाइ निकै असर गर्दछ। 

"साईप्रसमा जति पनि कामदारहरु छन उनिहरुले मुस्किलले आईतबार छुट्टि मिलाउनु पर्छ किनकि धेरै कामदारहरुले आइतबार छुट्टि पाउदैन बल्लतल्ल मिलाएको छुट्टि थ्यो अव प्रोग्रामनै स्थगित भएपछि हामिलाई गार्हो भएको छ" कार्यक्रममा जान लागेका दर्शकले सेफ्नो टिभीलाई भने।



Monday, October 31, 2022

तामाङ घेदुङ साईप्रसको अध्यक्षमा सुनीमाया डिम्डुङ तामाङ चयन।सेफ्नो टिभी(CHEFNO TV)


  "तामाङ जातिकाे उत्थान भाषा,धर्म र संस्कृतिकाे संम्वर्दन"भन्ने मुल नाराकाे साथ  स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रसले  अक्टोबर३०मा  साईप्रसको लिमासोलमा छैटौं बार्षिकाेत्सव तथा तेस्राे अधिबेशन सम्पन्न गरेको छ। तेस्रो अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा सुनीमाया तामाङ चयन भएकाे छ।त्यसै गरेर वरिष्ठ उपाध्यक्ष पदमा भने निर्मला थिङ र महासचिवमा राजमान घ्लान  चयन भएको छ 

त्यसै गरेर उपाध्यक्षमा राजु वाईवा तामाङ, सचिव कृपा घिसिङ तामाङ, कोषाध्यक्ष किन्जाङ घिसिङ तामाङ र सहकोषाध्यक्ष सुवास थोकर तामाङ छन। लामा विभाग प्रमुख : माया घ्लान तामाङ, अनुशासन तथा मुल्यांकन विभाग प्रमुख :सुमित्रा वम्जन तामाङ, युवा विभाग प्रमुख : आसुनी तामाङ,  संस्कृतिक विभाग प्रमुख : अङ्गेलि तामाङ रहेको छन

 


सदस्यहरुमा सानू माया लोप्चन, विष्णु माया घिसिङ, डिकु पाख्रीन, वबिता घिसिङ, अञ्जु घिसिङ, कमला थिङ तामाङ, विशाल पाख्रीन तामाङ, रञ्जु वम्जन, रञ्जिता तामाङ, डोल्मा ह्योल्मो तामाङ, हर्क लाल थिङ, नानी माया मोक्तान , सुस्मा पाख्रीन,लक्ष्मी लोप्चान, खुसी थिङ छन।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष लक्ष्मी ब्लोन ले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि घेदुङ साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१६ मा स्थापना भएको घेदुङ साइप्रसले साईप्रसमा रहेका आम तामाङ जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 


सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

Chefno tvलाई youtubeमा खोज्नुहोसCLICK CLICK



Wednesday, October 26, 2022

शेर्पा किदुग साईप्रसको अध्यक्षमा छिरिङ याङजुम शेर्पा चयन।सेफ्नो टिभी(CHEFNO TV)

       


शेर्पा किदुग साईप्रसकाे  अक्टोबर२३मा सम्पन्न पांचाै अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा छिरिङ याङजुम शेर्पा चयन भएकाे छ।त्यसै गरेर उपाध्यक्ष पदमा भने अाङ फुर्वा शेर्पा र महासचिवमा पसी शेर्पा चयन भएको छ भने निवर्तमान अध्यक्ष ङिमदिकि शेर्पा सल्लाहकारमा र नुमु शेर्पा संरक्षकमा छन।चौथोअधिवेशनमा क्षेत्रिय विभागतर्फ लिमासाेल उपाध्यक्षमा रहेको छिरिङ याङजुङ पाचौ अधिवेशनमा भने किदुगको अध्यक्षमा चयन भएको हो त्यसै गरेर महासचिब पसि शेर्पा भने क्षेत्रिय विभाग तर्फ लार्नाकाको उपाध्यक्षमा थिए।

त्यसैगरेर काेषअध्यक्षमा पाल्जुम डाेमा शेर्पा, सहकाेष अध्यक्ष डाेमा शेर्पा, सदस्यहरुममा मिङमा ल्हमु शेर्पा,  ङिमा ल्हामु शेर्पा, फुरदिकि शेर्पा, केसाङ शेर्पा र सल्लाहाकारहरुमा कान्छि लामा, कमिनि शेर्पा, डाेल्मा शेर्पा छन।


साईप्रसमा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको किदुगको हाल सम्म फर्केर हेर्दा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, भौतिक तथा साङ्गठनिक तवरले सहयोग गर्ने गरेको पाईन्छ।शेर्पाहरुको जातिय संस्था भए पनि गैर शेर्पाहरुलाई पनि समान तरीकाले हेर्ने यो संस्थाको एउटा अत्यन्तै राम्रो विशेषता हो।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष ङिमदिकी शेर्पाले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि किदुग साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१५ मा स्थापना भएको किदुग साइप्रसले साईप्रसमा रहेका आम शेर्पा जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 

सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

यहाclick गरेर youtube SUBSCRIBE गर्नुहोस





Saturday, October 15, 2022

साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित

 




साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित भएको छ।



   भिषामा केहि समस्या आएपछि कार्यक्रमको सिलसिलामा इराकमा रहेको  प्रमोद खरेल इराक ईमिग्रेसनले साईप्रस जान इन्ट्रि नदिए पछि कार्यक्रम स्थगित भएको हो।

Chefno tv youtube