Saturday, May 30, 2020

(खुसिको खवर) विदेशमा अलपत्र र स्वदेश फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काईदै।सेएर गर्नुहोस


   
Business partner
 सेफ्नो टिभि
 आत्मा ध्वज

       30 May निकोसीया

       नेपाल सरकारले  भारत बाहेक अन्य देशबाट नेपालीहरु ल्याउने तयारी गरेको छ। स्वदेस फर्कन चाहनेहरुको विबरण तयार गर्न नेपाल सरकारले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

आवश्यकता हेरेर नेपाल वायुसेवाको विमान तथा अन्य विभिन्न विमानबाट चाटर गर्ने र कसैलाई सामान्य तरिकाले स्वदेश फर्काईने छ भने आवश्यक खर्च भने स्वदेश फिर्ता हुने व्यक्ति आफैले  तिर्नु पर्ने छ।नेपाल सरकारले स्वदेश ल्याएर व्यक्तिहरुको अवस्था हेरेर  विभिन्न होटलमा राखेर स्वास्थ्य परिक्षण गरेपछि मात्र आ-आफ्नो जिल्ला पठाइनेछ। पाकिस्तान ले भने आफ्नो अन्तराष्ट्रिय उडान सन्चालनमा ल्याएको छ घरेलु उडान भने पहिलै सन्चालनमा आईसकेको छ।

सब्सक्राइब गर्नुहोस




Thursday, May 21, 2020

कतारमा आपतमा परेका १२ जना नेपाली दिदी बहिनीहरुलाई मिसन नेपाल कतारले आकस्मिक सहयोग





आत्मा ध्वज
जेठ ८
निकोसिया
  मिसन नेपाल कतारले कम्पनिले बेतलवी बनाएर राखेका र   आपतमा परेका १२ जना नेपाली दिदी बहिनीहरुलाई आकस्मिक रुपमा सहयोग गरेका छन।
 विश्वभर फैलिएको  कोभिड-१९ले ठुलो प्रभावित भए संगै विभिन्न कम्पनिहरु कतारमा बन्द गरेका छन केहि कम्पनिहरुले त्यहा तलव दिएको छैन जसले गर्दा नेपाली कामदारहरुलाई निकै ठुलो असर परेको छ।


 खानेकुराहरुको आपतमा परेको खबर पाएको केहि समयमानै एलबी॰ विश्वकर्माको संयोजकत्वमा खानेकुरा लगेर उपसचिव रोसन बिसी॰ र  कोष अध्यक्ष तारा केसीको साथमा आपत परेका दिदी बहिनीहरुको घरमा पुगेर सहयोग गरेको हो।
सहयोगको लागि सम्पुर्ण मिसन नेपाल कतारका सम्पुर्ण मेम्बरहरुले आर्थिक सहयोग गरेका छन।सहयोगी मनहरुलाई संयोजक एलबी॰ ले धन्यबाद ब्यक्त गरेको छ।

सेफ्नो टिभी रिपोर्टर
आत्मा ध्वज
युटुबमा सब्सक्राईब गर्नुहोस
तपाई कुनै समस्यामा परेमा यहा क्लिक गरेर ईमेल गर्नुहोला

Wednesday, May 20, 2020

चम्किए ओलि सरकार गर्यो लिम्पियाधुरा सहितको नयाॅ नेपालको नक्सा सार्वजनिक।भारतलाई देखाउन सेयर गर्नुहोला


New map of Nepal


नेपाल सरकारले आज नेपालको नयाॅ नक्सा सार्वजानिक गरेको छ।कृषि व्यवस्था,सहकारी तथा गरिवि  निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर काली नदि र सो पुर्वका गुन्जि, नाभी र कुटि तथा काली नदिका उद्यगम स्थल लिम्पियाधुरा सहित समेटेर नया नेपालको नक्सा सार्वजनिक गरेको हो।
सन १८१६ मार्च ४ को सुगौली सन्धि  अनुसार  काली नदि र सो पुर्वका ठाउहरु पहिलाको नक्सामा नसमेटिएका कारण अहिले यो नया नक्सा सार्वजानिक गरेको हो।


आर्थिक वर्ष ७७/७८ को निति तथा कार्यक्रम सार्वजानीकको कार्यक्रममा महामहिम राष्ट्रपति विद्या देवी भण्डारीले गत हप्ता घोषणा बमोजिम सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली नेत्रित्वको सरकारले यो नयाॅ नेपालको नक्सा आज सार्वजनिक गरेको हो।
सेफ्नो टिभी
आत्मा ध्वज
युटुव च्यानलमा जोड्नुहोस

Saturday, May 16, 2020

नेपालमा कोभिड–१९ बाट पहिलो सुत्केरी महिलाको मृत्यु










काठमाडौँ। 

सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी एक महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनको पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२९ वर्षिय महिला  ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी र स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो।

उनको मृत्यु बिहीबार राती भएपनि कोभिड–१९ सम्बन्धी विभिन्न परीक्षण गरिएकोले ढिलो गरी रिपोर्ट सार्वजनिक गरिएको मन्त्रालयले शनिबार दिउँसो नियमित मिडिया ब्रिफिङका क्रममा जनाएको थियो। अन्ततः उनको मृत्यु कोभिडकै कारणले भएको पुष्टि स्वास्थ्य मन्त्रालयले शनिबार साँझ मात्रै गरेको हो।

यतिबेला सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महिला बस्दै आएको गाउँ र माइती गाउँलाई पुरै सिल गरिएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले ति महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएकोे बताएका छन्।


यससँगै अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र भित्र जान नपाउने भएका छन्। बनेपाको धुलिखेल अस्पतालमा २९ वर्षकी ति सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको बुझिएको छ।


शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ। ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ।

महिलाको दाह संस्कार गर्ने तयारी
धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी भनिएकी महिलाको दाह संस्कार गर्ने तयारी बमोजिम उनको शव पशुपत्ति आर्यघाट लगिने जानकारी आएको छ। कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयकमा दाहसंस्कार गर्ने व्यवस्था भएअनुसार त्यता लाने भएको हो।
                                                     सुजन लामा
                                                      सेफ्नो टिभि

Subscribe

Friday, May 8, 2020

इजरायल राजदूतावासले भर्चुअल वैठकबाट बुद्ध जयन्ती शुभकामना आदन प्रदान


     
ईजरायल स्थित महामहिम राजदूत डा॰अन्जान शाक्यको प्रयासमा २५६४औ बुद्ध जयन्तीको पावन अवसरमा कोरोना भाईरस अर्थात कोभिड-१९ बाट प्रभावित भएकोले सम्पुर्ण साईप्रस र ईजरायलमा रहेको विभिन्न संघ सस्था तथा ब्यक्तित्वहरुको प्रतिनिधित्व गरेर भर्चुअल मिटिङबाट सम्पुर्णलाई बुद्ध जयन्तीको शुभकामना आदनप्रदान गरेको छ।
यस मिटिङलाई कार्यक्रम सञ्चालन भने नियोग उपप्रमुख अर्जुन घिमिरेले गरेका हुन।भर्चुअल मिटिङलाई सम्बोधन गर्दै महामहिम डा॰अन्जान शाक्यले शुभकामना र बुद्ध बन्दना तथा पञ्चशिल प्रार्थाना सबै माझ वाचन गरेको छ।शुभकामना आदन प्रदान कार्यक्रममा साईप्रसबाट अवैतानिक वाणिज्यदूतावासका डा॰ रामजिवन पञ्जियार सहभागि भएर शुभकामना दिएका छन शुभकामनाको क्रममा जाग्नु र जगाउनु भन्ने बुद्ध मन्त्र पनि प्रष्ठाएको छ।
त्यस्तै गरेर साईप्रसबाट एन॰आर॰एन॰का प्रवक्ता दिनेश गौतम नेपाल तामाङ घेदुङ साईप्रसबाट अध्यक्ष साङमो थोकर र प्रवास एकता मञ्च साईप्रसबाट दत्त नन्द पाण्डे सहभागी भएका छन।
भने इजरायलबाट युएनमा कार्यरत डाक्टर ध्रुव कोइराला, प्रमिला कायस्था ले शुभकामना दिएका छन्।त्यस्तै गरेर तामाङ घेदुङ ईजरायलका अनिला मोक्तान,ह्योल्मो समाजका अध्यक्ष,शेर्पा संघ बाट लाक्पा लामा, प्रेम लामिछाने,बालकृष्ण राई, सुन्दर सिंङ लामा,
एलिजा लामा दोङ,उर्मिला लामा, तिर्था गौतम, मन माष्के,डम्बर तमु,निङमा घिसिङ ,नयन इमसोङ तथा अन्य व्यक्तित्व हरु सहभागी भएको छ।।नरेस श्रेष्ठले आफ्नै नेपाल भाषामा शुभकामना दिएका छन।
आत्मा ध्वज
सेफ्नो टिभी          HELP VIDEO



Wednesday, May 6, 2020

(भिडियो सहित)साईप्रसमा एक नेपालीलाई आफ्नै साथीले छुरा प्रहार गरेर हत्या गरेको छ



6 April 2020
निकोसिया,साईप्रस
सामान्य घरायसी कुरामा विबाद हुदा संगै बसेका सुवास गिरि ले आफ्नै साथी विवेक अमागाईलाई छुरा प्रहार गरेर हत्या गरेको छ।हिजो राति एक बजे तिर झगडा गरेरे साथी विवेक माथी छुराहानेर सुवास आफै प्रहरी कहा आत्मा समर्पण गर्न गएको प्रत्यक्षदर्शि संगै बसेकोअर्का साथीहरुले सेफ्नो टिभीलाई बताएको छ।
तर प्रहरीले पुष्टि गर्न भने अझै बाकि छ। video हेर्नुहोला


मृतक विवेक अमागाई


सामान्य ढुकढुकी अवस्थामा नै थियो तर हस्पिटल लादालादै एम्बुलेन्समा नै मृत भएको एम्वुलेन्समा आएका डाक्टरले जानकारी दिए।  सुवास गिरी सिन्धुपालचोक घर रहेको र मृत विवेकको घर भने चितवनमा रहेको छ।सुवास २बर्ष र विवेक डेड बर्ष पहिले विद्यार्थी भिषामा साईप्रस आएका थिए।
साईप्रसको ईब्रिखु(Evrychu) मा सुवास र विवेकको सोही फ्ल्याटमा २महिला र ८ पुरुष सहित १० जना बस्दै आएको छ। थप विवरणको लागि हामी सित रहनुहोला।

सेफ्नो टिभी रिपोर्टर
आत्मा ध्वज 





Tuesday, May 5, 2020

'सेवानै धर्म हो' मिसन नेपाल साईप्रसले नेपालको ६ घर पिडित व्यक्तिहरुलाई सहयोग गरेका छन




संयोजक साईप्रस

भर्खरै स्थापना भएको मिसन नेपालको प्रवास शाखा मिसन नेपाल साईप्रसले नेपालमा रहेको ६ घर पिडित व्यक्तिहरुलाई सहयोग गरेका छन।जस मध्य कोही मृगौला पिडित,सुत्केरी तथा ज्याला मजदुरहरुलाई सहयोग गरीएको हो।मिसन नेपाल साईप्रसकी संयोजक आयुष्मा गुरुङको संयोजकत्वमा पठाइएको रकमबाट मिसन नेपालका अध्यक्ष जेरी ताम्राकारले वितरण गरेको हो।
मिसन नेपाल साईप्रस

      यसै क्रमलाई अन्तराष्ट्रिय मानवअधिकार एवं अपराध नियन्त्रण सङगठन प्रदेश नं॰ एकका अध्यक्ष पदम बहादुर लिम्बु ले केही रकम दिएर साथ दिएको छ।
पदम ब॰लिम्बु पावल

"राम्रो कामको लागि हामी सहयोग गर्न तयार रहेका छौ र साईप्रसमा रहेको नेपालीहरुको हक हितको लागि हामी सदैव लड्न तयार छौ" मिसन नेपाल साईप्रसकी सचिव ससी थुलुङ राईले सेफ्नो टिभिलाई बताइन। 
आत्मा ध्वज
सेफ्नो टिभी रिपोर्टर



Friday, May 1, 2020

ईजरायलमा भएका नेपालीहरुको लागि प्रधानमन्त्री ले गरे टेलिफोन सम्वाद।आफ्नै नागरिक समान राखेको ईजरायलको जवाफ


नेपालका सम्माननीय प्रधानमन्त्री र ईजरायलका महामहिम राष्ट्रपति बिच टेलिफोन सम्वाद सम्पन्न

 नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न मुलुकका सरकार/राष्ट्र प्रमुखहरुसँग टेलिफोन संवाद गर्दै आउनुभएको छ। यस क्रममा ईजरायल दूतावास डा॰अन्जान शाक्यको पहलमा नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र ईजरायलका महामहिम राष्ट्रपति रेउभेन "रुभी" रिभलिन  (Reuven "Ruvi" Rivlin)  बिच विहिवार दिउँसो  कोरोना भाइरसको संकटका कारण सिर्जित परिस्थिति र विश्वव्यापी समस्यासँग जुध्नका लागि साझा प्रयास गर्ने लगायत द्विपक्षीय सम्बन्धका विविध विषयहरुमा केन्द्रित रहि टेलिफोन संवाद भएको छ। केही दिन अघि दूतावासको पहलमा प्रधानमन्त्रीले साईप्रसका महामहिम राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको थियो।



आजको टेलिफोन संवादका क्रममा ईजरायलको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले आफ्नो तथा नेपालको तर्फबाट ईजरायलका राष्ट्रपति, प्रधानमन्त्री तथा ईजरायली जनतालाई शुभकामना दिइएको छ।

नेपाल र ईजरायल बिच सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएकोले ६० औं वर्षगाँठको उपलक्ष्यमा ईजरायललाई बधाई दिँदै प्रधानमन्त्रीले आगामी दिनमा आपसी सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गर्नु भएको छ।

ईजरायलमा पनि ठूलो संख्यामा मानिसहरू संक्रमित भएका तथा सैयौं व्यक्तिको निधन भएकोप्रति प्रधानमन्त्रीले नेपाल सरकार र जनताका तर्फबाट एवं आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ।

ईजरायली लगायत नेपालमा रहेका सबै विदेशी नागरिकहरूलाई नेपाल सरकारले हेरचाह गरिरहेको बताउँदै प्रधानमन्त्रीले ईजरायलले चाहेमा नेपालमा रहेको इजरायलीहरुलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले पूर्ण सहयोग गर्ने बताइएको छ। ईजरायल सरकारले सबै  को लागि परीक्षण र उपचार सुविधाहरुको व्यवस्था गरेको तथा सबैलाई समान उपचार सुविधा उपलब्ध गराएकोमा प्रधानमन्त्रीले ईजरायल सरकारको कदमको कदर गर्नु भएको छ। यी कठिन दिनहरुमा ईजरायली सरकारले नेपालीहरुलाई सहयोग पुर्‍याएकोमा कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्रीले नेपाली समुदायले ईजरायली सरकारबाट आगामी दिनमा समेत संरक्षण र समर्थन प्राप्त गरिरहने विश्वास व्यक्त गर्नुभयो। प्रत्युत्तरमा महामहिम राष्ट्रपतिले नेपालीहरु इजरायलका आफन्तसरह बसिरहेको हुँदा उनिहरुको सुरक्षाको बारे ढुक्क रहन आग्रह गर्नुभएको छ

ओलीले ट्वीटरमा लेखेका छन "विशेषगरी कृषि तथा प्रविधि हस्तान्तरणको बारेमा पनि छलफल गरेका छौ"

सेफ्नो टिभी
आत्मा ध्वज