Wednesday, December 29, 2021

नेपाल फर्कन लागेका अनु घिसिङलाई साईप्रस एकता समाज साईप्रसले सम्मान पत्र सहित बिदाई गरेका छन

 


!-- Go to www.addthis.com/dashboard to customize your tools --> आईतवार २६ डिसेम्बर

 साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिकी सदस्य सन्सरी माया घिसिङ(अनु) साईप्रसमा कर्मभुमि बनाई  कार्यरत अनु  नेपाल फर्किन लागेकोमा एकता समाजले “विशेष विदाई कार्यक्रम” सम्पन्न गरेको छ। आउदो ०५/०१/२०२२ मा नेपाल फर्किन लागेका अनुलाई सम्मान पत्र सहित एकता समाज साईप्रसले सम्मान तथा बिदाई गरेको हो।


ईश्वर घर्तीको अध्यक्षतामा गरिएको उक्त बिदाई तथा सम्मान कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव मञ्जु लिम्बुले गर्नु भएका छन ।


ईश्वर घर्तीको अध्यक्षता,मञ्जु लिम्बुको सञ्चालन पश्चात एक मिनेट विरयोद्धा सहिदहरुप्रति एक मिनेटको मौनधारण गरि उपस्थित साथीहरुलाई रमेश चन्दको स्वागत मन्तव्य पछि समाजका अध्यक्ष देवेन थापाले बिदाई मन्तव्य राखेका छन । विदाई मन्तव्यमा बोल्दै थापाले सन्सरी माया घिसिङले संगठन निर्माण गतिशिल बनाउन महत्बपुर्ण भुमिका निर्बाह गर्नुभएकोले संगठनले उहाँको उच्च मुल्याङकन गरिरहने बताएका छन।उहाँको अनुपस्थितले साईप्रस नेपाली एकता समाजलाई सधै उहाँको कमी महसूस हुने बतादै घिसिङले साईप्रस स्थित नेपालीहरुको हक हित र अधिकार तथा देशमा हुने न्याय पुर्ण जनपक्षिय आन्दोलनहरुमा पुर्याएको अतुलनीय योगदान,साथै साईप्रसमा नेपालीहरु माथी घट्ने अप्रिय घटना दुःखहरुमा एकता समाजले चलाएका अभियानहरुमा गरेको भौतिक नैतिक र आर्थिक सहयोगका लागी धन्यवाद ब्यक्त गर्दै नेपालमा गएर पनी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिन एकता समाज केन्द्रीय समितिको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्नु भएका छन ।




आफ्नो बिदाई कार्यक्रममा बोल्दै घिसिङले १ बर्ष एकता समाजको सदस्यको रूपमा काम गरे पश्चात यहाँ रहेका नेपाली श्रमिक दिदि बहिनी दाजु भाई तथा नेपाली समुदायहरू संगका सुख दुःख र संघर्षका अनुभवहरू अविस्मरणीय भएको यी क्षणहरू संगाले राख्ने बताएकी थिईन । 


सदस्य घिसिङले संगठनले आयोजना गरेको सो विदाई कार्यक्रममा कुनै पारिवारिक बिछोडमाझै भावनात्मक वातावरणमा आफ्ना मनका शब्दहरु ब्यक्त गर्दै साईप्रस नेपाली एकता समाज र सम्पूर्ण सदस्य साथीहरुले उनलाई दिएको साथ सहयोग र सद्भभाव प्रती धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यक्रालमा गरेका सिकेका भोगेका काम,अनुभव,भोगाईहरुको बारेमा संक्षिप्त जानकारी दिएका छन। साथै संस्थाले सुरु गर्न लागेको काम कार्य योजना लगायत बिभिन्न सामाजिक कामहरुमा सफलता मिलोस साईप्रस स्थित नेपालीहरुको हक,हित र अधिकार साथै संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागी दृढ़ता पुर्वक अगाडी बढोस् भन्दै शुभकामना दिएका छन।



कार्यक्रमको अन्त्यमा सदस्य घिसिङलाई दोसल्ला ओडाई साईप्रस नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट सम्मान पत्र समाजका अध्यक्ष देवेन थापाले प्रधान गर्नु भएको छ ।

मायाको चिनो केन्द्रीय सदस्य ईश्वर घर्तीबाट हस्तान्तरण गरिएको छ।भने विदाई कार्यक्रममा उपस्थित साथीहरु लाई “नेपाली रेस्टुरेन्ट“ मा चिया पानको व्यवस्था पनि गरिएको छ।

VisitCHEFNO TV YOUTUBE LINK CLICK CLICK


Wednesday, October 20, 2021

Marks र Certificate को लागि मात्र होईन नया कुरा सिक्न को लागि पढनुहोस.........! ! !



SLC मा 91.25% ल्याए , +2 मा 78.23% ल्याए। Bachelor मा 75 ओभर र Masters  मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा कुन प्रस्न छ। त्यसको उत्तर के हो सबै रटियो। कसैले सोधे आँखा चिम्लेर भनिन्थ्यो........!!!


तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए भरको "Marksheet" "Certificate" को खाता बोकेर जागिर खान्छु पैसा कमाउछु र भबिष्य बनाऊछु भनेर

Interview मा गएँ......!!!


Interview लिने मान्छेहरुले मेरो जीवन भरको

दु:ख मेहनत को कमाई मेरो Marksheet हेरे र

भुईमा राखे। यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै........!!!


अनि म तिर हेरेर हाँस्दै सोधे तपाई ले त धेरै पढनु

भएको जस्तो छ। आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भो ? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?

म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए किनकि मेरो

दिमाग मा Newton's का सिद्धान्त बिज गणितका सुत्र डार्विनको थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रस्नको Derivation अनि उत्तर कण्ठै थियो........!!! 


तर पनि उक्त प्रश्नको उत्तर भेटेन !


Interview room मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए। म हातमा भएका Marksheet अनि certificate हरु भारि लागेको थियो। तर जब म Interview room बाट बाहिर निस्किए ति Marksheet अनि Certificate हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो........!!!


अनि घर आइ ति सारा Marksheet अनि Certificate काठको दराजमा थन्काउन बाध्य भए र हिडे पासपोर्ट बनाउन। 😥 😢


तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका Certificates हरु भन्दा १६ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ। त्यही एउटा पासपोर्टको भरमा घरका सबै सदस्यले आफ्नो सपना बुन्ने गर्दछन र म सबैको सपना साकर पार्न परदेसिए...... ! ! !


त्यसैले साथीहरु जिन्दगीमा तपाईहरुले कस्तो पढनु भो त्यस्ले खासै महत्व राख्दैन तर तपाईहरुले के पढनु भो पढेर के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ.......!!!


Marks र Certificate को लागि मात्र होईन नया

कुरा सिक्न को  लागि पढनुहोस.........! ! !

Facebook बाट साभार






Wednesday, October 13, 2021

गोर्खा स्यापर्सले उचाल्यो NRNA कप डिफेन्डिङ च्याम्पियन दा दिपेस भने क्वाटरफाईनलबाट बाहिरियो


बिजय दशमीको पावन अवसर पारेर NRNA Cyprusले अध्यक्ष  कुन्दन कार्कीको अध्यक्षतामा साइप्रसमा NRNA कपको चौंथो संस्करण संम्पन्न गरेको छ । NRNA Cyprus ले गरेको उक्त एक दिवसिय फुट्सल प्रतियोगीतामा १६ ओटा टिम ले सहभागी जनाएका थिए | सहभागिता मध्ये गोर्खा स्यापर्स टिम A ले बिजय हात पारेका छ। डिफेन्डिङ च्याम्पियन दा दिपेश  FCले भने क्वाटर फाइनलमा हार ब्यहोरेका छन। गोरखा स्यापर्स टिम C ले पराजित गर्दा डिफेन्डिङ च्यामपियनको यात्रा क्वाटर फाईनलमा टुङ्गिए भने त्यसै गरेर गोरखा स्यापर्स टिम A ले निकै बलियो र दावेदारी रहेको NRNA टिम A लाई सेमिफाईनलमा हराए। यसरी फाईनल यात्रा तय गरेका गोर्खा टिम Aले आफ्नै टिम सि सित फाईनलमा प्रतिस्पर्धा गर्दा ३-१ गोल जितेका छन।
 GORKHA SAPPERS TEAM A




उक्त एनआरएनए साइप्रसको चौथो  फुटसल टुर्नामेन्ट २०२१ मा बिषेश अतिथि रहको अबैतानिक नेपाली वाणिज्य दूतावास साइप्रसका  Costas Ktoridesद्वारा बिजय र उपबिजेताहरुलाई कप तथा प्रमाणपत्र हस्तान्तरण गरेको छ। कार्यक्रमको सञ्चालन महासचिब राधा पोख्रेल थापाल गरेका छिन। कार्यक्रमलाई समापन गर्दै अध्यक्ष कार्कीले सहभागी टिम र बिजेतालाई बधाई दिए भने सम्पुर्ण स्पोन्सर र सपोटर बिना थापा, बिकास श्रेष्ठ, दा दिपेश, राधा पोख्रेल, सुरज सहानी, मनिशा कार्कि लगायत सम्पुर्ण सहयोगी हरुलाई  धन्यबाद दिएका छन।

सेफ्नो टिभी

आत्मा ध्वज

CHEFNO TV link to subscribeSubscribe CHEFNO TV



Thursday, September 2, 2021

कलाकार तथा बिग बोस-१३ का विजेतासमेत रहेका सिदार्थ शुक्लको हृदय घातका कारण मृत्यु

 


कलाकार तथा बिग बोस-१३ का विजेतासमेत रहेका सिदार्थ शुक्लको मुम्बईको कुपर अस्पतालमा निधन भएको छ ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए। त्यसपछि उनी उठेनन्। अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ। शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए।



उनले टेलिशृंखला 'बबुलका आगन छुटे ना', 'जाने पेहेचाने से ये अजनवी', 'लभ यु जिन्दगी'मा अभिनय गरेका थिए। तर 'बालिका बधु'बाट भने उनले चर्चा कमाएका थिए। रियालिटी सो बिग बोस-१३ बाहेक उनी 'झलक दिखलाजा-६', 'फियर फ्याक्टर : 'खत्रोंका खिलाडी ७'मा पनि सहभागी भएका थिए।
उनले सन् २०१४ मा 'हम्टी शर्माकी दुल्हनियाँ'मा साहयक अभिनेताको भूमिका गरेका थिए।
सेफ्नो टिभी
CHEFNO TV

Wednesday, September 1, 2021

अन्तत रहिनन् मोडल तथा कलाकार निशा घिमिरे

 



नर्भिक अस्पतालमा उपचार गरीरहेका मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

अस्पतालको सीसीयूमा लगातार राखि उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासहरु बाब्जुद पनि मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।
दुर्घटनाबाट घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।



गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।
Chefno tv
Aatma dhoj
To Subscribe  click ==Chefno tv link


Wednesday, August 4, 2021

गैरआवासीय नेपाली सघं साईप्रसको नबौ अधिवेशनबाट पहिलो पटक अनलाईन सिस्टमबाट कुन्दन कार्की भारी मतले विजयी


 गैरआवासीय नेपाली सघं साईप्रसको नबौ अधिवेशनबाट  पहिलो पटक अनलाईन सिस्टमबाट  कुन्दन कार्की  भारी मतले विजय भएका छन ।जुलाई १८ मा भनिएको अधिवेशन विभिन्न कारणबस नहुदा अगष्ट२र३ तारिकका दिन पान्डामिकका कारण अनलाईन भोटिङ द्वारा मतदान संम्पन भएका थिए। 

      अनलाईन भोटिङ  गर्दा ३३२ जनाले भोट दिएका थिए जस मध्य सरस्वती खनालले ९२ मत प्राप्त गर्दा कुन्दन कार्कीले भने २४० मत प्राप्त गर्यो। विजयी कार्की अघिल्लो कार्यकालमा एनरानए साईप्रसको  युवा प्रतिनीधी थिए ।युवा प्रतिनीधी हुदा विभिन्न समस्यामा परेका साइप्रसमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आएका कार्कीले १४८ मत अन्तरले विजय भएको हो

     


   त्यसै गरेर कार्यसमिति मा ७ जना सदस्यहरू चयन भएका छन । बिना थापा, नानु गुरुङ, प्रकास वरायली, कर्तुङ डोमा,  सुरज सहानी, बिन्दु दुलाल आचर्य र कल्पना कोइराला घिमिरे ले बिजय हासील गरेका छन ।कार्यसमिती सदस्यका लागि१४ जना मध्ये सात जना ले बिजय हासिल गरेको हो।अन्य पदहरु मा भने निर्बिरोध चुनिएको हो।सबैलाई हार्दिक बधाईएवमं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ

सेफ्नो टिभी

आत्मा ध्वज

Subscribe



Monday, May 24, 2021

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसद निष्कासित

 


माधव नेपाल र झलनाथ खनाल लगाएतका ११ सदस्यलाई ठुलो धक्का पाएको छ। नेकपा एमालेले वरिष्ठ नेता  खनाल र नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
सेफ्नो टिभी 
आत्मा ध्वज


२५६५ औ बुद्ध जयन्तीको अबसरमा तामाङ बौद्ध महासंघ साइप्रसद्वारा पुजापाठका साथमा सम्पन्न





लिमासोल: 23 मे आइतबारका दिन २५६५ औ बुद्ध जयन्तीको अबसरमा तामाङ बौद्ध महासंघ साइप्रसद्वारा बुद्ध जयन्तीको पुजापाठ गरियएको छ। उक्त पुजापाठ साइप्रस मै कर्मभुमी बनाउदै आएका लामा निमा लामाद्वारा कार्यबिधी पुर्बक सम्पन्न गरिएको छ। पुजापाठ सम्पन्न गरे लगतै लामा निमा लामाद्वारा बुद्ध मार्गको महत्व बारे छोटो प्रबचन साथै बुद्ध जयन्तीको शुभकामना पनि दिइएको छ। उहाले तामाङ बौद्ध महासंघ साइप्रसद्वारा गरिएका उल्लेखनीय कामहरुको प्रसंशा गर्नुहुदै महासंघको कोषमा ५० युरो दान गरेको छ

संघकि प्रमुख सल्लाहकार हिरा तामाङ्ज्यले सम्पुर्णलाई बुद्ध जयन्तीको शुभकामना साथै संघलाई सधैं आफ्नो तर्फबाट सहयोग र सल्लाह प्रधान गर्ने प्रतिबद्धता जनाएको छ।


अध्यक्ष छिरिङ घले तामाङ्ले यस संघलाई अझ मजबुत बनाई आगामी दिनहरुमा पनि समाजसेवामा निरन्तरता दिने बताउदै संघको तर्फबाट नेपालमा ग्यासको सिलिन्डर उपलब्ध गराउन NRNA साइप्रसद्वारा चालिएको कदमलाई मध्ये नजर राख्दै NRNA साइप्रसलाई १०५ युरो सहयोगको घोषना गरेको छ। साथै सम्पुर्ण तामाङ बौद्ध महासंघ साइप्रस परिवार र संघका शुभचिन्तकहरुमा साथ र सहयोगका लागि आभार प्रकट गरेको छ।


सेफ्नो टिभी(CHEFNO TV)

आत्मा ध्वज

Click youtube and subscribe



Monday, March 29, 2021

साईप्रस नेपाली एकता समाज द्वारा फागुपूर्णिमा को शुभकामना

 


समाजका महासचिव मञ्जु लिम्बुद्वारा हस्तक्षरित विज्ञप्ती जारी गरी साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति द्वारा देश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण श्रमजिवी नेपाली जनसमुदायमा होली पर्व तथा फागु पूर्णीमाको शुभकामना व्यक्त गर्दै साईप्रसस्थित सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई एकताका लागि आव्हान समेत गरेको छ । 

समाज का महासचिव लिम्बु मार्फत जारी गरिएको विज्ञप्ति यस्तो छ।


“आफ्ना परिवार,भविष्य का भावी पिंडी संगै आफ्नो सुनौलो सुन्दर भविष्य को अवसरहरुको खोजी मा विश्वको विभिन्न मूलुक संगै साईप्रस पुग्नु भएका नेपाली श्रमिक मज़दूर दिदि बहिनी तथा दाजु भाईहरु र स्वदेश मै रहनुहुने आम नेपालीहरु मा हिन्दू धर्मावलम्बीहरु ले मनाउने रङ्गहरुको महान पर्व फागुपूर्णिमा “होली” को अवसरमा {साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति} को तर्फ देखी हार्दिक शुभकामना साथै सुख, शान्ति र समृद्धिको कामना।


विश्वभर महामारीको रुपमा फैलिरहेको आतंकित “कोविड-19”कोरोना भाइरसको संक्रमण फेरी दोस्रो चरणमा विश्व व्यापी नै फैलिरहेको छ। साईप्रस पनी त्यो आतंकित क़हर बाट अछूत छैन।समस्या विक्राल अगाडी आएका छन ।

यी सबै सेरोफोरी बीच सजग रहि सुरक्षित तवरले यो पर्व मनाउन सबै दिदी बहिनी तथा दाजु भाई हरु मा अपिल गर्दै यस पर्वले हामी सबैमा नयाँ उमगं र हौसलाका साथ सबैबीच सामाजिक सद्भाव र आपसी मिलाप को साथमा सामाजिक कार्य परोपकारी कार्य र स्थानीय प्रशासकीय कार्य हरु गर्न, नेपाली हरु मा आएका समस्या चुनौती हरु को पक्ष मा काम गर्दै राष्ट्रिय एकता मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पुन: शुभकामना व्यक्त गर्दछौं।


होली पर्व हर्षोल्लासपूर्वक बिभिन्न रङ्गहरुमा रमाएर मनाउने पर्व हो। यो पर्व लाई पुरानो कटुता,दुश्मनी,पुर्वाग्रह समाप्त गरेर, आज को दिन बाट सबै पुराना दुस्मनी बिर्सेर एक-अर्का बिच एक अदित्तिय सम्बन्ध स्थापित गर्ने प्रतिक को रुपमा मान्ने र विस्वास गर्ने मान्यता छ।


साईप्रस मा तेस्रो मूलुक हरु बाट अवसर को खोजी मा काम गर्न आउने,श्रम सम्झौता गरेका धेरै देशमा नागरिक हरु छन्।

उनीहरु क एकता देख्दा ईस्या लाग्छ हामी कहीले स्थापित हुने..?

यी विषय हरुमा सम्बंधित निकाय अवैतनिक वाणिज्य दूतावास बाट खेलिने भुमिका के हो ? उहाँ बाट भूमिका खेलिनु पर्ने होईन..? 

सेफ्नो टिभी youtube link

यदी हो भने हाम्रो संगठन {साईप्रस नेपाली एकता समाज केन्द्रीय} ले अवैतनिक वाणिज्य दूतावास को आग्रह,अनुरोध मा साईप्रस स्थित सम्पूर्ण नेपाली संघ,संगठन लाई आह्वान गरी आपसी भाईचारा,सम्बन्ध गराई आगामी दिनहरुमा सबै संगठन को आ-आफ्नै उद्देश्य योजना र कार्यक्रम हरु हुन्छन् । सबै संगठन हरु को हैसियत,आवश्यकता,खाँचो बराबर हो र हुनु पर्दछ भन्ने विषय मा पनी सचेत गराउदै अग्रामी भुमिका खेल्दै सहकार्य का लागी सहज वातावरण मिलाओस्।


हाम्रो संगठन को मूल्यांकन र सुझाव संगठन त्यो जनवर्गिय,प्रान्तीय वा जातिय जुन सुकै भए पनी सहकार्य गर्दा कार्यगत एकता गर्दा हामी सबै मा बराबर को हैसियत भएको वा हुन्छ र हो भन्ने दृढ संकल्प लिएर अगाडी बढ्यो भन्ने मात्र हाम्रो उद्देश्य र लक्ष्य प्राप्त हुछन्न भन्ने मा पनी ख़्याल गर्नु पर्यो। 



हामी यस्तो भन्दै गर्दा संबंधित संगठन हरु ले केही जान्नु भएकै छैन। हामी मात्र जाने का पक्षमा छैनौँ।उपलब्धी प्राप्ति एकता बाट मात्र सम्भव छ भन्ने हेक्का पनि राख्दछौँ।तर कता कता संगठित संस्था हरु दुई कित्तामा विभाजित छ भन्ने हाम्रो बुझाई हो ।

यसमा आदरणीय व्यक्तित्व हरुमा ठेस पुग्न गएको खण्डमा हामी क्षमायाचना गर्दछौँ।



हाम्रो उद्देश्य र चाहाना भनेको ग्राउंड लेवल मा काम गर्दा वा गर्ने संगठन लाई एकता बाट अगाडी बढ्दा सहज होस् भन्ने हो।


Tuesday, March 23, 2021

साईप्रस स्थित नेपालीहरुको समस्या बारे ध्यानाकर्षणका लागी साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य दूतावासमा।

 



दिनांक २२/०३/२०२१ को दिन साईप्रस नेपाली एकता समाज का प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य दूतावास निकोसिया लाई ज्ञापन पत्र बुझाएको छ।

समाजका अध्यक्ष देवेन थापा को नेतृत्व मा उपाध्यक्ष चन्द बहादुर ओली,उपाध्यक्ष कविता पाख्रिन,सदस्य ईश्वर बहादुर घर्ती,सदस्य छविका मगर सहितको प्रतिनिधि टोली ले साईप्रस स्थित नेपाली हरु समसामयिक समस्या हरु के बारे छलफल गरेको समाज की उपाध्यक्ष कविता “गोले” पार्खिन ले हामी लाई जानकारी गराउनु भएको थियो।

Clik CHEFNO TV SUBSCRIBE

अवैतनिक वाणिज्य राजदूत महामहिम डा. राम जिवन पन्जियाँर

ज्यू बिच क्रमशः बिषयमा छलफल गरेको थियो।

उक्त बिषय सम्बंधित अवैतनिक वाणिज्य दूतावास को आग्रह मा साईप्रस स्थित सम्पूर्ण सरोकार वाला नेपाली संघ संस्था हरुको सहकार्य मा जन-चेतना मुलक कार्यक्रम हरु आयोजना का लागी  सम्म साईप्रस नेपाली एकता समाज ले आवाहन गर्न समेत अनुरोध गरेको छ।


समाजको जानकारी आएका साईप्रस स्थित नेपाली दिदि बहिनी दाजु भाई हरुको आम समस्या हरु बारे अवैतनिक वाणिज्य राजदूत महामहिम डा. राम जिवनन पन्जियाँर ज्यू  लाई यस प्रकार ध्यानाकर्षण गराएको छ। 




(१) कानुनी त हामी संग हुनु पर्ने स्वतंत्र अधिकार हुने दस्ता हरु स्वयंम आफु संग छैनन्। १ वर्ष हुदा सम्म पनी भिसा ,आफ्नो राहदानी “पासपोर्ट” कामदार संग छैन।


(२) रोजगारदाता बाट खाना भने जस्तो दिएका हुदैनन्, सम्झैता  पत्रमा सहमति गरिएको समय भन्दा धेरै काम गर्नु पर्ने,काम छोड्नु पर्ने परिस्थिति आए मा निजको राजि खुसी जान नमिल्ने नेपाल फिर्ता पठाईदिने जस्ता धम्की दिएर रिलीज़ पेपेर सम्म रोज़गारदाता बाट नदिने, कैयौं चेली हरु को भिसा नै नलागेको त्यस कारण उनीहरु अत्यन्त दैनीय अवस्था रहेको त्यसको सहज र लिगल प्रावधान के?


साईप्रस को धेरै जसो प्रान्त हरुमा पैसा को ठगी हुदै छ। ती ठग र दलाल हरु यी विभिन्न रुपमा भेटिने गरेका छन।

१- साथी बनेर 

२- सापटी दिदी बहिनी दाजु भाई बनेर

३- विदेश पठाउछु 

४- काम मिलाईदिन्छु

५- कोठा मिलाईदिन्छु

६- अन्य धेरै प्रकार का प्रलोभन दिएर साईप्रस मा ठगी बढ्दै छन्।


पिडित लाई न्याय ठग दलाल चोरहरु लाई साईप्रस कानून प्रावधान अन्तर्गत दण्ड,कार्यवाही गरी नेपाली हरु लाई सहयोग गर्न  अनुरोध गरेको छ। 


(३) वैदेशिक रोजगारीको लागी संबंधित देश जादा गरिने श्रम स्वीकृति को म्यात सकिए यता कती वर्ष वा महिना सम्म श्रम स्वीकृति को अविधि हुन्छ?

नेपाल बाट गरिएको श्रम स्वीकृति को म्यात सकिए श्रम स्वीकृति कसरी पुनः थप्न गर्न सकिन्छ? त्यसका लागी आवश्यक दस्तावेज हरु के-के हुन?



(४) नेपाल बाट साईप्रस आउदा गरिएको श्रम स्वीकृति निजले आफ्नै राजीखुसी बाट काम परिवर्तन गरी अर्को कम्पनी,होटल रेस्टोरेन्ट वा घर हरु मा नौकरी खोज गरी काम सरु गरेमा त्यो नेपाल बाट आउदा गरिएको श्रम स्वीकृति मान्य हुन्छ की हुदैन। हुदैन भने त्यसको कानुन प्रक्रिया के हो?

यदी नौकरी परिवर्तन रोज़गारदाता को कारण बाट गर्नु परेको अवस्था मा त्यो मान्य हुन्छ वा हुदैन ? त्यो भन्नाले श्रम स्वीकृति ?



(५) नेपाल सरकार द्वारा मान्यता प्राप्त मेन पावर हरु मार्फत नै नेपाली नागरिक हरु वैदेशिक रोज़गार मा आउने गरेका हुन्छन् ।

श्रम स्विकृति पनी नेपाल को कानून वमोजिम नै सम्पूर्ण प्रक्रिया मिएर संबंधित देश को एजेण्ड लाई रिपोर्ट गर्ने गरी आएका हुन्छन् ।


नेपाल सरकार द्वारा मान्यता प्राप्त मेन पावर र श्रम स्विकृति गरी आएका ग्रामीण महिला दिदी बहिनी तथा दाजु भाई हरु लाई यहाँ पुगेर किन दुःख कष्ट हुदा पनी संबंधित सरोकार वाला हरु जवाफ देही हुदैनन्..?


नेपाल र यहाँ का मेन पावर हरु बाट व्यावास्था गरिएको हुदा उनी हरु अवैध-गैरकानूनी रुपमा बस्न बाध्य भएका हुन्छन् ।



उनीहरु शरणार्थी,आर्श्रित हुन पुग्छन। भने र सोचे जस्तो काम को व्यवस्था हुदैन। त्यस कारण उनी हरु डिप्रेशन को सिकार हुन पुग्छन । यो १००% तितो सत्य हो।


काम हुदैन,छोरी छोरी हरु को गाँस वास कपास शिक्षा स्वास्थ्य का लागी आवश्यक रकम ले च्यापेको हुन्छ।महिला अत्यन्त संवेदनशील स्वाभाव हुन्छन् सो कारण का उनीहरुमा दिन प्रतिदिन खिन्नता, होप-जागर उत्साह मा गिरावट,निराशा,उदासी शक्तिहीनता सहसुस गर्छन र अन्यमा आत्मा हत्या जस्तो गलत निर्माण लिन वाध्य हुन्छन। यस्ता बिषय हरु मा अवैतनिक वाणिज्य दूतावास निकोसिया,नेपाल दूतावास इज़राइल लगाएत नेपाल सरकार ले सम्बंधित संथाहरु लाई कार्यवाही गर्ने।


(६) साईप्रस मा नेपाली दिदि बहिनी हरु लाई अन्य तेस्रो मुलूक पठाउने भनी नेपाली हरु बाटै हजारौ युरो ठगी भई रहेको छ।


यहाँ बाट क्रोसिया सम्म पुराउने विभिन्न गल्ती देखाएर साईप्रस फर्काएको घटनाहरु छन् ।


विद्यार्थी दिदि बहिनी र दाजु भाई हरु लाई कोठा खोजिदिने नाम मा ठग्दै छन्।

उनीहरु कोठा मा बस्नु अघी डिपोजिट को नाम मा ३००-३०० सय युरो मा ठगीदैछन।


उनीहरु संग उत्क व्यक्ति लाई दिएको रकम पुष्टी हुन प्रमाण हरु छन्।

यो पक्षमा उनीहरु पैसा फिर्ता दिलाउन सो ठगी गर्ने व्यक्ति हरु लाई कानुन वमोजिम सजाय दिलाउन के कस्तो पहल गर्नु पर्ने।

महामहिम ज्यू बाट कस्तो कदम चालिने..?


(७) रोजगादाता बाट कामदार लाई भिसा लगाईएको भए पनी मासिक रुपमा “social insurance “सामाजिक बिमा “ न तिरेको भए नोकरी परिवर्तन गर्दा release / पेपर दिए पनी यदी social insurance “सामाजिक बिमा “ तिरेको छैन भने पुनः रूपमा वैधानिक कुपमा साइप्रस मा काम गर्न र  बस्न समस्या  हुदो रहेछ।

यसो नभएको हुदा केहि दिदिबहिनीहरुले refugee visa apply गर्न बाध्य भएका हुन्छन्।

यस्तो समस्या हुदा हामी कामदारले कस्तो कानुनी प्रकृयाको माध्यम पुनः  बैधानिक  भए काम गर्न सकिन्छ ?   




(८) हामी कामदार हरु साइप्रस मा रहेर पनि पारिवारिक सल्लाह अनुसार जग्गा कारोबार नाम सारी गर्न मिल्ने लागत  शुल्क एक दर हुन्छ ? वा जग्गा को मुल्य अनुसार छुट्टाईअको हुन्छ  ?





Wednesday, January 6, 2021

साईप्रस नेपाली एकता समाजले पठाएको सहयोग नका परिवारलाई हस्तान्तरण





अन्नपूर्ण गाउँपालिका वार्ड नं. २ निवासी केशव अधिकारी एवं पवित्रा अधिकारीका २० वर्षीय छोरा रोशन अधिकारीको ४/११/२०२० का दिन साईप्रसमा निधन भएको थियो। साईप्रस स्थित नेपालीहरुको संगठन साईप्रस नेपाली एकता समाजले मृतक रोशन अधिकारीको बुवा आमालाई (रु.१४१२५०/- )एक लाख एक्चालिस हजार दुई सय पचास रुपैया सहयोग संकलन गरी पठाएको रकमलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाज सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल मार्फत अन्नपूर्ण गाउँ पालिका कार्यालयमा सानो कार्यक्रम गरी हस्तान्तरण गरेको छ । 


आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम अन्नपूर्ण गा.पा.वार्ड नं २ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षतामा र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको संचालनमा अगाडी बढेको कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनाल, नेकपा(मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गा.पा. अध्यक्ष युवराज कुवर, मृतकको  हजुरआमा तुलसी अधिकारी बुवा केशव अधिकारी आमा पवित्रा अधिकारी, वार्ड न. २ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं. ३ सदस्य रामजी पौडेल अन्नपूर्ण शिक्षा साखाका बलराम भुजागाईको अतिथि आसन पछि मृतक अधिकारी प्रति मौनधारणसंगै  ठाकुर खनालले सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रममा ठाकुर खनाल, युवराज कुवर, चन्द्र बहादुर केसी र शंकर बरालले शोक मन्तव्य दिइएको हामीलाई बिन्दु खड्काले जानकारी दिइएकी छिन

बिन्दु खड्का साईप्रस नेपाली एकता समाज केन्द्रीयसमितिका कोषाध्यक्ष हुनुहन्छ ।



वहाँ ले साईप्रस स्थित नेपालीहरु लाई सहयोग का लागी संगठन को तर्फबाट समेत हार्दिक धन्यावाद व्यक्त गर्नु भएको  छ।

यस्तो छ संगठन को तर्फ बाट धन्यावाद ज्ञापन।

साईप्रस स्थित आदरणीय दिदी बहीनी तथा दाजु भाई हरु.. हार्दिक धन्यावाद तथा आभार।


उपयुक्त सम्बन्ध मा अन्नपूर्ण गाँउपालिका २ ढिकुर पोखरी, कास्की साविक ढिकुर पोखरी गा.बि.स. ९ सेराचौर निवासी श्री केशवराज अधिकारीको छोरा नेपाली राहदानी न ०९८८८६८३ भएको वर्ष २० का रोशन अधिकारी साईप्रस निकोसिया स्थित “City Unity College” मा अध्ययनरत थिए । 


निज रोशनले गत ०४ नोभेम्बर २०२० मा आत्महत्या गरेको स्थानीय प्रशासनले पुष्टि गरेको थियो । 


मृतक रोशन अधिकारीको पार्थिव शरीरलाई उनको परिवारद्वारा इज़रायल स्थित नेपाली राजदूतावास मार्फत निजको शव साईप्रस मै दाहासंस्कार गर्न भनि आग्रह गरेको बारे हामी शर्वविदितै छौं।


उक्त विषय बारे छलफलका लागि गत १४ डिसेम्बर २०२० का दिन साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य राजदूतावास निकोशिया पुगेको थियो ।


प्रतिनिधि मण्डल र अवैतनिक वाणिज्य राजदुत डा. राम जीवन पन्जियार ज्यू बीच छलफल पछी मृतक रोशन अधिकारीको घरको आर्थिकस्थिति अत्यन्तै दैनिय, नाजुक अवस्थामा रहेको जानकारी प्राप्त भएको थियो। 


अत: साईप्रस नेपाली एकता समाजका अध्यक्ष देवेन थापाले मृतक रोशन अधिकारीको परिवारको नाता लाग्ने दाई युवराज अधिकारीसँग र अन्नपूर्ण गा.पा. अध्यक्ष ज्यूलाई सम्पर्क गरि उनको घरको आर्थिक स्थिति बारे बुझ्दा घरबारसमेत पहिरोबाट नष्ट भएको परिवारको आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेको र प्राकृतिक आपतविपतका कारणले गम्भिर समस्या झेलिरहेको भन्ने गा.पा अध्यक्ष ले जानकारी गराउनु भएको थियो ।


साथै “मृतक रोशन अधिकारी को शव व्यवस्थापन मा लाग्ने अनुमानित खर्च विवरण बारे अवैतनिक वाणिज्य राजदुत डा. रामजिवन पन्जियार ज्यू ले गत १४/१२/२०२० मा साईप्रस नेपाली एकता समाजका प्रतिनिधिहरु लाई दिनु भएको जानकारी अनुसार साथै गैर-आवासीय नेपाली संघ साईप्रस ले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार निज को शव व्यवस्थापन का लागी लाग्ने रकम पुरा भएको खबर सामाजिक संजाल हरु मार्फत जानकारी भएको हुदा साईप्रस नेपाली एकता समाज ले अवैतनिक वाणिज्य राजदुत डा. रामजिवन पन्जियार ज्यू को आग्रह अन्नपूर्ण गा.पा. वडा २ ढिकुर पोखरी बाट सहयोगका लागी मृतकको परिवारले आग्रह गरेको व्यहोरा सहितको निवेदन हाम्रो संगठनलाई पठाइए प्रस्ताव साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति ले मृतक का परिवार लाई आर्थिक सहयोग गर्न संगठन का सदस्य साथीहरु लगाएत अन्य साईप्रस स्थित नेपालीहरु बिच आर्थिक सहयोग जुटाउन अनुरोध गरेको थियो ।


विश्व नै महामारी रोग कोभिड १९ बाट आक्रान्त छ। विश्वका प्राय सबै देशहरुले लकडाउन र संकटकालिन घोषणा गरेका छन्।

यो अवस्था मा साईप्रस र साईप्रस स्थित नेपाली हरु पनी अछुत छैनन् । 

जसका कारण साईप्रस स्थित अधिकांश नेपाली हरुमा पनी अन्य मुलूक जस्तै आर्थिक गतिविधि ठप्प छ।

साईप्रस स्थित नेपाली हरुले यस्तो प्रतिकूल प्रस्थिति मा आफ्नै जीविकोपार्जन गर्नै गाह्रो भएको अवस्था मा पनी मृतक अधिकारी का परिवार लाई सहयोग गर्नु भएको छ ।जसले विश्वका अन्य प्राणीहरुमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो । उ आफ्नो विवेकले अरु प्राणी भन्दा सर्वश्रेष्ठ छ भन्ने एउटा सकारात्मक उदाहरण स्थापित गरेको छ।


भनाई छ मानव शरीरलाई जीवन्त राख्ने अत्यावश्यक रुपमा चाहिने बस्तु भनेको गास, बास, कपास हो ।

त्यसपछि बल्ल अन्य अरु सेवा सहयोग हरु। तर समाज मा नेपाली हरु प्रती संकट आई पर्दा यी सबै भनाई हरु पनी भनाईमा सिमित हुदा रहेछन् त्यो प्रवासी नेपाली हरु ले प्रमाणित गरेका छन् । यही नै एकता को प्रतीक हो। 


अधिकारी परिवार को दुखद घडीमा मन खोलेर सहयोग गर्नुहुने सम्पुर्ण दाहनीय दीदी बहिनी तथा दाजु भाईहरु प्रती साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति को तर्फ बाट हृदय देखी हार्दिक धन्यवाद आभार प्रकट गर्दै उहाँहरुको अतुलनीय सहयोग सदभावले अझ ज़िम्मेवारी थप भएको महसूस गरेका छौं।


स्वर्गीय रोशन अधिकारी का परिवार लाई सहयोग गर्ने सहयोगीदाता हरु को नामावली।


(१) रामु कुंवर  € १०/- 

(२) चन्द्र बहादुर वली € ५१/- 

(३) खिमान थापा € ७५/- 

(४) बिन्दु खड्का € २५/- 

(५) मन्जु लिम्बु   € १०/- 

(६) कबिता गोले € २०/- 

(७) जिबराज पोखरेल € ५१/- 

(८) बबिता रोका मगर € २०/- 

(९) रिता थापा क्षेत्री  € १०/- 

(१०) ईश्वर घर्ति € ५१/- 

(११) बिना मानन्धर € १०/- 

(१२) मुना मगर  € २०/- 

(१३) बबिता गुरूङ € ३०/-

(१४) बिनोद केसी € ३०/-

(१५) देवेन थापा € ५१/-

(१६) अमृता राई  € १०/- 

(१७) तारा मास्किल € १०/-

(१८) ज्योति गुरूङ   € १५/- 

(१९) सुनिता गिरी € १०/- 

(२०)अमृता परियार € २०/-

(२१) सम्झना परियार?€ २०/-

(२२) रूबि गुरूङ  € २०/-

(२३) कल्पना रोका € २०/- 

(२४) गंगा मगर € २०/- 

(२५) गिरा नेपाली थापा € ५०/- 

(२६) यामी मगर € ५५/-

(२७)नब राज केसी € २१/- 

(२८) साम्बा लामा € ११/- 

(२९)नरदा कार्की € ०५/- 

(३०) राधिका कार्की € १०/-

(३१) सम्झना वली € १०/-

(३२)सिमा लिम्बु  € १०/-

(३३)मिना लिम्बु € १०/- 

(३४)बबिता लिम्बु € १०/- 

(३५)दिपा लिम्बु € १०/- 

(३६) रन्जिता गुरूङ € १०/- 

(३७) निशा धिमाल  € १०/- 

(३८) जिबन कला राई € ०५/-

(३९) सान्ती तामाङ € ०५/- 

(४०) बाम बहादुर खड्का € १०/- 

(४१) बुद्धिमान तामाङ € १०/- 

(४२) गौरी गुरूङ € ०५/- 

(४३) सरिता सेन ठकुरी  € १०/- 

(४४) सिता शर्मा  € १०/-

(४५) डोमा शेर्पा € ०५/-

(४६)बिकाश शर्मा €१०/-

(४७) तारा कार्की € १०/-

(४८) अनु लिम्बु € १०/-

(४९) सोनाम गुरूङ €१०/-

(५०) मिन बगदास € ०५/-

(५१) सुनिला मगर € १०/-

(५२) छबिका मगर € २०/-

(५३) सानी लिम्बु € १०/- 

(५४) खुशी राई € २०/- 

(५५)सबिना सुब्बा €१०/-


                     कुल रकम १००६/- युरो {एक हजार छ युरो}

                     कुल नेपाली रकम १४१२५०/-{ एक लाख   एकचालिस हजार दुई सय पचास रुपैया} अन्तर्राष्ट्रीय नेपाली एकता समाज का सचिवालय सदस्य एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का महासचिव ठाकुर खनाल मार्फत मृतकको  हजुरआमा तुलसी अधिकारी बुवा केशव अधिकारी आमा पवित्रा अधिकारी, लाई हस्तांतरण गर्नु भएको छ।



पोखरा सम्म पुगि साईप्रस नेपाली एकता समाज ले पठाएको सहयोग रकम सम्बन्धित परिवार सम्म ज़िम्मेदारी पुर्वक पुर्याउन सहयोग गर्नु हुने अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का महासचिव ठाकुर खनाल  ज्यू लाई साईप्रस नेपाली एकता समाजले विशेष धन्यावाद व्यक्त गरेको छ।

साथै शव व्यवस्थापनका लागि भौतिक,आर्थिक र नैतिक सहयोग मा जुट्नु भएका सम्पुर्ण संघ-संस्थाहरु प्रती साईप्रस नेपाली एकता समाज हार्दिक धन्यावाद ज्ञापन गरेको छ।

सेफ्नो टिभी

आत्मा ध्वज

Chefno tv on youtube click click