Monday, December 30, 2019

Cyprus passport is going powerfull.How much cyprus passport is powerfull??share it


Chefno tv
30 DEC 219
Cyprus passport is going powerfull than last year. Cyprus topped the list of countries offering Citizenship by Investment Programmes  whose passport power increased during 2019, orisation or an eVisa if issued within three days.

Overall, the Republic of Cyprus’ passport’s power ranks is 8 since its holders can visit 166 countries including 122 visa-free and 44 by obtaining visa on arrival. Holders of Cyprus’ passports can also visit another 32 countries after obtaining visa before their trip there.
Globally, the United Arab Emirates passport is considered as the most powerful as regards mobility with its holders being able to visit 179 countries visa-free or with visa on arrival, with those of Germany, Finland, Luxembourg and Spain following suit with 172 countries.
Go on youtube chefnotv
The average rank among the 193 UN member countries and six territories (ROC Taiwan, Macao (SAR China), Hong Kong (SAR China), Kosovo, Palestinian Territory and the Vatican) screened is 47 and the average mobility score is 107.

According to the index, this year also displayed an increase of passport power with nations offering CBI.

“Cyprus and St. Kitts and Nevis are amongst the ones who made the biggest leap forward, gaining +9 visa waivers in 2019,” the survey said.

The boost in passport power has also benefited Malta (+8), Antigua & Barbuda, Bulgaria, Montenegro and Portugal (+7), as well as Dominica and Saint Lucia (+6). Grenada came last but nevertheless showed improvement with (+4), said the survey.

Cyprus is also number seven in the top 10 of the Fastest-Growing Passports of 2019 after adding another nine countries this year to its mobility score, raising the number to 166. In 2017, the Cyprus passport ranked 13th among the strongest in the world, as its holders were able to travel to 146 countries without a visa or VOA.

Last November, the Cypriot government announced it would start procedures to strip the citizenship of 26 individuals following revelations that passports had been granted to a now-wanted Malaysian businessman, persons tied to Cambodia’s authoritarian government and a  Kenyan billionaire who is under investigation for tax evasion by the authorities in Kenya.

The interior ministry has said it would review all passports granted before 2018 when stricter criteria and vetting instruments were put in place.

In January, the European Commission had warned that programmes of EU states, including Cyprus, to sell passports and visas to wealthy foreigners could help organised crime groups infiltrate the bloc and raise the risk of money laundering, corruption and tax evasion.

A month later the government introduced a series of changes to the citizenship-by-investment scheme, in a stated bid to make it more credible.

The Passport Index by Arton Capital is considered by its creators as the world’s most popular online interactive tool, which collects, displays and ranks the passports of the world.

To determine the individual rank of each passport, its mobility is score is taken into account, as well as their Visa-free portion of their score compared to the VOA. The UN Development Programme Human Development Index 2018 (UNDP HDI) is used as a tie breaker. The latter is used since UNDP HDI is a significant measure on the country’s perception abroad, the creators argue.

Chefnotv reporter
Aatmadhoj


Saturday, December 7, 2019

टिम प्रमोदबाट राम लिम्बु बन्यो द भोइस अफ नेपाल सिजन टु को बिजेता






 सेफ्नो टिभीCHEFNOTV
              अन्तराष्ट्रिय  रियालिटी शो द भोईस अफ नेपालको दोस्रो सिजनको टाईटल टिम प्रमोदबाट राम लिम्बुले जितेको छ।ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए । ग्राण्ड फिनालिमा तीन ट्यालेन्ट आरिफ,विकाश लिम्बु र सनिश श्रेष्ठ लाई दर्शकको भोटिङबाट राम लिम्बुले जितेका हुन।
SUBSCRIBE ON YOUTUBE CLICK
शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा धेरै रुचाइएको रियालिटी शो हो।
 उनले नगद रु. १२लाख र गाडी जितेका छन् । साथै उनले  म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।
Chefno tv reporter 
आत्मा ध्वज

Monday, November 4, 2019

साईप्रसमा ईतिहास रच्दै दा दिपेस नेपाली फुटबल टिम बन्यो च्याम्पियन।




SUBSCRIBE ON YOUTUBE CHEFNO TV
               एन आर एन ए साईप्रसले आयोजना गरेको तिहार बिशेष तेस्रो  फुट्सल प्रतियोगितामा दा दिपेस नेपाली फुटबल टिम च्याम्पियन बनेको छ। गोर्खा आर्मीका लिमासोल फुटबल टीमले लगातार जित्दै आएको यो कप यो पटक भने दा दीपेस टिमले जितेर इतिहास रचेका  हुन।
            यस आयोजनामा १६ टिम सहभागी थिए।सहभागिता भएका team हरु
DA DIPES NEPALI FC, RIDERS A, RIDERS B, EPI FC, LPH FC, LIMASSOL A FC, LIMASSOL B FC, MOSI MOSI BIREN FC, SUDIP FC, PAFOS FC, RIDERS FC, NRNA  FC ,YOUNG BOYS  FC, PWRR FC, JHAPA FC, SHIVA JI FC ।
यस टिमलाई चार ग्रुपमा विभाजन गरेर खेलाएको थिए। जसमा
QUARTER फाइनल पुगेका TEAM
GROUP A बाट
1.DA DIPES NEPALI FC
2.LHP FC NICOSIA

GROUP Bबाट
1.LIMASSOL A
2. MOSI MOSI BIREN FC

FOR ADERVERTISEMENT EMAIL US


GROUP C.बाट
1. RIDERS FC "B"
2. NRNA FC
भने
GROUP Dबाट
1. PWRR FC
2. SIVA JI FC"हुन।
क्वाटर फाईनलमा दा दीपेसले मुसीमुसीलाई हरायो,LPH FC ले LIMASOL A लाई हरायो,SIVA JI FCलाई RIDERS FCले हरायो।भने एन आरएनले पेनाल्टि सुट आउटमा PWRR FCलाई हरायो। सेमीफाइनलबाट फाईनलमा दा दिपेश फुटबल क्लबर एन आर एन ए टीम प्रवेश गरेका थिए।
फाईनलमा दा दिपेश टिमले एन आर एन टिमलाई २-१ले हराएर फाईनल जितेका थिए।फाइनलमा दा दिपेश टीमको तर्फबाट विकाश श्रेष्ठ र केशवले १/१ गोल गरे भने एन आर एन टिमका नरेश ले १ गोल फर्काए।२-१अन्तरमा दा दिपेश फुटबल टिम बिजेता बने भने एन आर एन ए टिम उपबिजेता बने।फेएर प्ले अवार्ड भने PWRR FC र RIDER FCले पाए।टप स्कोररमा दा दिपेशका विकाश श्रेष्टले १० गोल गरे ।उत्कृष्ट गोलरक्षकमा दा दिपेशकै विपिन राई भए भने उत्कृष्ट खेलाडीमा सागर छानिए।





CHEFNO TV REPORTER 
AATMADHOJ

SUBSCRIBE ON YOUTUBE

Sunday, October 27, 2019

रुदै बाहिरीन रीता राई द भ्वाईस अफ नेपाल सिजन दुईबाट।फेरी सडकमै बास हुनेहुनकी भनी चिन्ता ब्यक्त।





SUBSCRIBE ON YOUYUBE CLICK
अन्तराष्ट्रिय रियालिटी सो द भ्वाईस अफ नेपालको सिजन टुअहिले नेपालमा चलिरहेको छ। अहीले यो सो  नकुआउट चरणमा छ।यस नकआउट चरण सम्म आईपुग्दा सबैको मन जित्न सफल र सबैको मनमा छाएकी एक प्रतिस्पर्धि हुन रीता राई।



रीता राई बास्तवमा एउटी द्रृष्टीविहीन प्रतिपर्धी हुन।उनले डीजिटल राउण्ड हुदै ब्लाईन्ड राउण्ड र ब्याटल राउण्ड पार गरेकी थिईन।टीम आस्थामा कोचिङ पाएकी राइले ब्याटल राउण्ड सहजै पार गरेकी थिइन।तर उनले नकआउट राउण्ड भने पार गर्न सकीनन्।उनले नकआउट राउण्डमा ससीका र श्रीङखला सितको ग्रुपमा गाएका थिईन।तर ससीकाले निकै राम्ररी प्रस्तुत गर्दा श्रीङखला र उनी नकआउट भईन।तर अन्तमा "आफु साच्चै फेरी सडकमै पो पुग्ने होकी भनी शंका गर्दै रोएकी थिइन।र दर्शकहरुलाई समेत रुवाईन।



Tv reporter 

Watch video on youtube and subscribe


Sunday, September 22, 2019

बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न।नेपाल प्रहरी लगायतका व्यक्तिहरुले गर्यो रक्तदान



रग्क्तदान गर्दै नेपाल प्रहरी
Business partner
विज्ञापनको लागि email गर्नुहोला
रगत दान नै जीवन दान हो"
भन्ने मुल आशयलाई आत्मा साथ गर्दै  आज नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको संयुक्त आयोजनमा  बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम सपन्न गर्न नेपाल प्रहरीका केही प्रहरी, बिभिन्न व्यक्तित्व र सर्वसाधारणहरूले रक्तदान गरेका थिए।


नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भब्य रूपमा सम्पन्न गराउन  प्रमुख अतिथि संघीय सांसद माननीय पर्बत गुरुङ, विशेष अतिथि प्रदेश नं. ३ का  माननीय सांसद हिमाली गोले, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ, टानका अध्यक्ष खुम सुबेदी, महासचिव सरिता लामा लगायतले उपस्थिती थियो । त्यस्तै अतिथिहरुमा तामाङ समाज जापानका संस्थापक उपाध्यक्ष हवाल चन्द्र बम्जन, मेन्दोमाया तामाङ समाजको संस्थापक अध्यक्ष बिगेद्र वाईबा, नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिब वाइबा, तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लगायतका विभिन्न तामाङ तथा गैर तामाङ संघ/संस्थाहरुको सक्रिय सहभागीता थियो ।
सेफ्नो टिभी
Reporter
Aatmadhoj
हाम्रो च्यानललाई Subscribe गर्नुहोला


Saturday, September 21, 2019

प्रताप दासको साथमा दशै मनाउदै साईप्रसबासी नेपालीहरु ।यही आउदो अक्टोबरमा।


                महान पर्व बडादशैको उपलक्ष्यमा एन आर एन साइप्रसले दशै सांगीतिक धमाका कार्यक्रम गर्नलागेको छ। उक्त कार्यक्रम हुन गइरहेको हुँदा सम्पूर्ण साईप्रसबासी नेपालीहरुलाई मनोरञ्जन गराउनको लागि नेपालबाट अतिथि कलाकार नेपाल आईडल 1 का 2nd रनर अप, नेपाली तारा सिजन 3 को तेस्रो रनर अप गायक अनि माेडल प्रताप दास आउनेभएको छ। आउदै गरेको अक्टोबर ६{october 6 }मा त्रिकिस प्यालेस निकोसियामा यो कार्यक्रम हुन लागेको छ।
EAT N SMILE CAFE MAHARAJGUNJ KTM 01-4720195
               एन आर एन साईप्रसले स्थापना गरेर भर्खरै सुचारु गरिएको सेफ हाउसको आर्थिक सहयोगार्थ को लागी यो कार्यक्रम हुनलागेको हो।

            त्यसै गरी एन आर एन साईप्रसले १४ अप्रिल २०१९ मा नेपाली नयाँ बर्ष २०७६ शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा चिर-परिचित राष्ट्रिय कलाकार सबिन लिम्बु , सुरेश लामा र स्थानीय कलाकारहरुका साथ भब्यताका साथ मनाएका थिए।

सेफ्नो टिभि(CHEFNO TV)
 Reporter
Aatmadhoj

YOUTUBE भिडियो हेर्नुहोस र subscribe गर्नुहोला।
                  WATCH VIDEO


सेफ्नो टिभि YOUTUBE
Facbook: Chefnotv

Sunday, September 15, 2019

दिल कुमारी तिलिजा मगरको अध्यक्षतामा एन आर एन साइप्रसको नया कार्यसमिति गठन।




नेपालीको लागि नेपाली भन्ने नारा रहेको गैर नेपाली सङ्घ एन आर एन ए साईप्रसको आठौ महाधिवेसन साइप्रसको निकोसियामा भब्यताका साथ सम्पन्न भएकोछ।सो कार्यक्रममा प्रमुख अतिथिमा होनरी कन्सुलरका डा॰ रामजिवन पन्जियार र सभापतिमा निबर्तमान अध्यक्ष सुबास मल्ल हुनुहुन्थ्यो र  विभिन्न संघ सस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनु भएको थियो। उक्त कार्यक्रमलाई  NRNA साइप्रसका महिला प्रबक्ता नानु गोम्जा ज्यु ले स्वागत मन्तव्यबाट सम्पुर्णलाई स्वागत गर्नुभएको थियो। कोषाध्यक्ष सरिता चौधरी ज्युले आर्थिक बिवरण प्रस्तुत गर्नुभयो।भने महासचिव अन्तेस राउत ज्युले सस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।र अन्तमा सुवास मल्ल ज्युले आफ्नो कार्यक्रम र कार्यकाल सुम्पिएको घोषना गर्नु भयो।र सातौ कार्यकालमा बचत भएका रकम सेफ हाउसमा प्रयोग गर्ने बताउनु भयो।
नया कार्यसमिति निर्विरोध चयन भएको हो
नया कार्यसमिति यसप्रकार छन्

१॰ अध्यक्ष:दिलकुमारी तिलिजा पुन
२॰उपाध्यक्ष:अन्तेस राउत
३॰उपाध्यक्ष:जसमाया पुन
४॰उपाध्यक्ष:किसमत पौडेल
५॰महासचिबःक्रिपा थापा
६॰सचिव:पुर्ण बहादुर थापा मगर
७॰कोषाध्यक्ष:दिनेस ढकाल
८॰सह कोषाध्यक्ष:अनिल भण्डारी
९॰सहसचिबःदयासागर अर्याल

१०॰युवा प्रतिनिधी:कुन्दन कार्की
११॰महीला प्रतिनिधी:सरीता कुमारी चौधरी
१२॰ प्रबक्ता:दिनेस पिआर हरीजन गौतम

सदस्यहरु:

सरु नेपाल
कल्पना राई
राधा पोख्रेल
कालिका थापा
सरस्वति खनाल
ओन्सारी ओजाईर
दयाराम थापा
रन्जित सापकोटा
धिराजन कुमार खड्का
सुरज रानाभाट
नितेस कुमार सरदार
राजन श्रेष्ठ
सन्जय कुमार मण्डल

Chefno tv
Reporter 
Aatmadhoj
विज्ञापन गर्नुहोस
Click on youtube and subscribe

Facebook






Thursday, September 12, 2019

(NRNA CYPRUS)गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको निर्वाचन हुदैछ उम्मेदवारीको योग्यता, पूरा गर्नु पर्ने सर्तहरु र पालना गर्नु पर्ने आचारसंहिताहरु

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको निर्वाचन हुदैछ

                    विज्ञापनको लागि

प्रस्तुत सम्वन्धमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको आठौं राष्ट्रिय महाधिवेशन निर्वाचन समितिद्धारा तपशिल बमोजिमको निर्वाचन सम्वन्धि कार्यक्रमहरु सार्वजनिक गरिएको छ।

एनआरएनए एनसिसि साइप्रसको १५ सेप्टेम्बर २०१९ मा संम्पन्न हुने आठौं राष्ट्रिय महाधिवेशन निम्न वमोजिमको कार्यतालिका र निर्देशिकाले दिएको अधिकार तथा निर्देशिकामा आधारित रहेर तयार पारिएको निर्वाचन समितीको नियमलाई पालना गर्दै तोकेका कार्यक्रम र समयभित्र आफ्नो उम्मेद्धारी दिने तथा अन्य कार्यमा सहयोग गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।
 उम्मेदवारीको योग्यता, पूरा गर्नु पर्ने सर्तहरु र पालना गर्नु पर्ने आचारसंहिताहरु ।
Subscribe on youtube

१*निर्देशिकामा भएको व्यवस्था भए अनुसार सबै पदमा उमेद्धारी दिनका लागी गैरआवसिय नेपालाी संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको पंजिकृत सदस्यता अनिवार्य लिएको हुनु पर्नेछ ।

२*एनसिसि अध्यक्ष पदका उमेद्धार हुनका लागी कम्तिमा एक कार्यकाल एनसिसिको कार्यसमिती, सल्लाहकार समितीमा वसेर काम गरेको हुनु पर्नेछ ।

३.*एनसिसि उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष पदको उमेद्धार वन्नको लागी पंजिकृत सदस्यको रुपमा एक कार्यकाल पुरा गरेको हुनु पर्नेछ ।
४* प्रत्येक उमेद्धारले एक–एक जना पंजिकृत सदस्यहरुलाई प्रस्तावक र समर्थकको रुपमा राख्नु पर्नेछ।साथै एक जना पंजिकृत सदस्यले एक जना उमेद्धारको लागी मात्र प्रस्थावक वा समर्थक रहन पाउने छ ।

५* एनसिसि अध्यक्ष, ३ उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष  स-कोषाध्यक्ष, प्रवक्ता, महिला प्रतिनिधि, युवा प्रतिनिधि, सदस्य र सक्रिय सदस्यहरुको कार्य समिति  हुनेछ ।

६* एक व्यक्तिले एक पदमा मात्र उम्मेदवारी दिन पाउने छन् ।

७* एनआरएनए एनसिसि साइप्रसको सदस्ता लिएको प्रमाण विना मतदान गर्न पाईने छैन

८* निर्वाचन समितिमा रहेका कुनैपनि सदस्यहरुले कुनै पनि उमेद्धारको प्रस्तावक, समर्थक बस्ने तथा कसैको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन पाइने छैन ।

९* उमेद्धारहरुले आफ्नो प्यानल खडागरि सामुहिक उमेद्धारी दिन तथा प्रचार प्रसार गर्न पाईने छैन ।

१०* एक उमेद्धारले अर्को उमेद्धारको प्रस्तावक र समर्थक हुन पाइने छैन ।

११* राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिक आधारमा कुनै समुह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार–प्रसार गर्न पाईने छैन । अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको उमेद्वार तथा राष्ट्रिय समन्वय परिषदका सबै उमेद्वारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्धारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने छ । कुनै उमेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । निर्धारित आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेमा निर्वाचन समितिले मनोनयन रद्द गर्न सक्ने छ ।

१२*कुनै पनि उम्मेदवारले एक अर्काका विरुद्ध व्यक्तिगत टिका–टिप्पणि तथा गाली गलौच गर्न पाईने छैन । यस प्रकारको कार्यमा संलग्न भएको प्रमाणित भएमा त्यस्ता उमेद्धारहरुको उमेद्धारी समेत खारेजी गर्न समेत सकिने छ ।

१३* कुनै पनि  उम्मेदवारले सार्वजानिक स्थान, विद्युतिय संचार माध्यम, सामाजिक सञ्जाल, सार्वजानिक सभा –समारोह तथा पत्रपत्रिका लगाएतका संचार माध्यमहरुमा आचारसंहिता उलंघन गरेको पाईएमा वा उजुरि परेमा छानविन गरि कारवाही अगाडि बढाइने छ । यस्तो अवस्थामा  उम्मेदवारको उम्मेदवारीको खारेजि समेत हुन सक्ने छ ।

१४* मतदातालाई आर्थिक लगाएतका कुनैपनि प्रलोभनमा प्रयोग गर्न पाईने छैन । साथै मतदाताहरुलाई धाक धम्की दिई भौतिक तथा मानसिक तनाव पनि दिन पाइने छैन । यस्तो गरेको पाईएमा  उम्मेदवारको उम्मेदवारी रद्ध तथा  उम्मेदवारको नभएका सदस्यहरुले गरेको पाइएमा निजको सदस्यता खारेजीको सिफारिस समेत गरिनेछ ।
१५* उम्मेदवारको उम्मेदवारीको दर्ता गराउदा निर्धाारित शुल्क सहित रित पूर्वक भरिएको फारमका साथ उमेद्धारी दर्ता गराउनु पर्नेछ।

दर्ता शुल्क निम्न वमोजिम हुनेछ ः–

एनसिसि अध्यक्ष १२१/–  Euro मात्र ।
एनसिसि उपाध्यक्ष १०१/–  Euro मात्र ।
एनसिसि महासचिव ७१/–  Euro मात्र ।
एनसिसि सचिव, कोषाध्यक्ष,स -कोषाध्यक्ष, युवा प्रतिनिधि,  महिला प्रतिनिधि  र प्रवक्ता  ५१/–  Euro मात्र ।
एनसिसि सदस्यहरु ३१/–  Euro मात्र ।

१६* निर्वाचन समितिको निर्णयनै अन्तिम निर्णय हुने छ ।

निर्वाचन तालिका

१ - उम्मेदवारीको दर्ता १२ सेप्टेम्बर २०१९ मध्यरात १२:०० देखि १३ सेप्टेम्बर २०१९ रातिको  ११:५५ बजे सम्म । फारम लिन  र उमेद्धारी दिनको लागि निर्वाचन समितिसंग सम्पर्क गर्ने

२ - उम्मेदवारीको प्रथम नामावली प्रकाशन गर्ने १४ सेप्टेम्बर २०१९ रातिको  १२:०० बजे एनआरएनए एनसीसी साइप्रसको फेसबुक मार्फत ।

३ -उम्मेदवारी वारे दावि विरोध १४ सेप्टेम्बर २०१९ बिहानको १०:०० देखी दिउँसो २:०० वजे सम्म ।
४ -  उम्मेदवारी फिर्ता लिने १४ सेप्टेम्बर २०१९ दिउँसोको ३:०० देखी वेलुका ८:०० वजे सम्म ।
५ -उम्मेदवार अन्तिम नामावली  १४ सेप्टेम्बर २०१९ राति १०:०० वजे ।
६ -आठौं  राष्ट्रिय महाधिवेशन  १५ सेप्टेम्बर २०१९ 

निर्वाचन समितीको  नामवली देहाय वमोजिम रहेको छ।
संयोजक-
सुरेश कुमार शाह
सदस्य 
यम बहादुर थापा
बिकाश दुवाडि
Call for free delivery014720195
CLICK YOUTUBE 
Chefno tv (सेफ्नो टिभि)
Aatmadhoj
Click on

Wednesday, August 28, 2019

एकदमै मर्मस्पर्शी प्रहरीको पिडा ।एकचोटी पढेर सेयर गर्दिनुहोला।


Call for free delivery food 014720195
प्रहरी म
अनि
तपाईं आन्दोलनकारी

तपाईले हानेको ढुङ्गाको टुक्राले
मेरो गर्धनमा लाग्दा
तपाईं कति खुशि हुनुभो ।
तपाईलाई तपाईको जीत भएको आभाष भो है?
तपाईले हानेको ढुङ्गा नलागोस भनेर
म कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदा
तपाईं झनै हौसिदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।
तपाईं स्वतन्त्र हुनुहुन्छ
स्वतःस्फुर्त हुनुहुन्छ ।
तर
मलाई तपाईं सँग प्रतिकार गर्न पनि आदेश चाहिन्छ 
मा....थीको आदेश।
म चुपचाप तपाईले प्रहार गरेका ढुङ्गाका बर्षादहरु सहिदिन्छु ।
किनकि
मैले तपाईलाई एक लाठी हान्दा,
मानव अधिकारको उल्लङ्घन हुन्छ।
शक्तिको दुरुपयोग हुन्छ ।
कयौ क्यामेराका लेन्सहरु मेरो अगाडि तेर्सिन्छन् ।
CHEFNO TV subscribe on youtube

भिड नियन्त्रणको गरुङ्गो ड्रेसमा
हातमा लाठि र सिल्ड लिएर
तपाईले हानेका ढुङ्गा र ईटाका टुक्राहरु छेकिरहदा
तपाईले कहिल्यै सोच्नुभएन कि
म बिहानै देखि भोको पेटमा तपाईका प्रहारहरु सहिरहेछु ।
तपाईका सुन्नै नसकिने गालीहरु सहिरहेछु ।
चुपचाप चुपचाप....

महाशय !
तपाईको  बिषय अरुसँग हुन्छ
तपाईको रिस अरु सँग हुन्छ
तर त्यो रिस मलाई पोख्नुहुन्छ
थाहा छ , तपाईं कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ ।

के तपाईलाई थाहा छैन र?
मेरो पनि त परिवार छन्
घरमा बुढा रोगी बा आमा छन्
साना साना लालाबाला छन्
जिम्मेवारी बोकेकी जहान छिन्
यी सबैलाई छाडेर तपाईकै रक्षार्थ खटिएको हु महाशय ।

परार भुकम्प गो
भुकम्पले मेरो पुरै घर भत्कियो ।म घर जान पाईन ।
किनकि
मलाई तपाईको घरमा पुरीएका सामानहरु निकाल्नु थियो ।
पोहोर बाढी आयो
मेरो पुरै घर बाढि पसेर तहसनहस भो ।तै पनि म घर जान पाईन ।
किनकि
मैले तपाईको घरमा पसेको बाढिबाट तपाईको परिवार बचाउनु थियो ।
हरेक साल दशैं आउँछ
तिहार आउँछ
तपाईं हाँसी खुशि परिवार सँग चाडबाड मनाउनु हुन्छ
म त्यो चाडबाड मनाउन पाउन्न ।
किनकि
त्यो बेला झनै चनाखो भएर
तपाईहरुलाई नै केही होलाकि भनेर
राती पनि नसुतिकन चोकचोक कुद्नुपर्छ ।

के रिस तपाईलाई मात्र उठ्छ?
के हृदय तपाईको मात्र छ?
 महाशय एकपटक सोच्नुस त!
म पनि तपाईं जतिकै उत्तेजीत भए भने के होला?
म पनि तपाईं जत्तिकै असंयमित भए भने के होला?
तपाईं सँग भएका ढुङ्गाका टुक्राहरु मलाई बर्साईरहदा
म सँग भएको राईफलको ट्रेगर  दबाए भने के होला?
Our partner of business


तपाई विज्ञापन गर्न चाहनुहुन्छ ?email us chefnoniki@gmail.com
सेफ्नो टीभी
CLICK HERE AND SUBSCRIBE YOUTUBE CHANNEL CHEFNO TV

Monday, August 26, 2019

रवि लामिछाने रिहा हुदा जताततै खुसियाली।विदेशमा रहेका नेपाली झनै खुसी।तर पुडसैनी सम्बन्धि कार्यक्रम सन्चालन गर्न नपाउने


Call 014720195 for free delevery
जनताको सर्वशक्ति र रवि लामिछानेको रिहाले देशमा ठुलो खुसियाली छाएको छ।उहाको कुसल कार्यहरुले गर्दा छोटो समयमानै जनताको मन जित्न सफल रबि  आफ्नै पुर्बसहकर्मी शालिकराम पुडासैनीको आत्माहत्यामा दुरुत्साहन गरेको मुद्दा खेपेर आज पाॅचलाख धरौटीमा तारीखमा  रिहा भएका हुन।
 संगै परेका अस्मिता कार्की र युवाराज कडेल पनि छुटेका छन।युवराज  तीन लाख धरौटीमा तारिखमा छुटेका हुन भने अस्मिता सामान्य तारिखमा छुट्टेका हुन।आत्माहत्या दुरुत्साहन मुद्दामा परेकोले अर्को आदेस नआए सम्म रवि लामिछानेले  शालिकराम पुडासैनी सम्बन्धि कुनै कार्यक्रम सन्चालन गर्न पाउने छैन।

आत्माध्वज
सेफ्नो टीभी
Business partner

Subscribe our channel on youtube

www.chefnotv2.com
हाम्रो क्याफे राम्रो क्याफे- eat n smile cafe

Saturday, July 27, 2019

नेपालको शानदार जितले ग्लोवल विश्वकप टी-२०मा छनोट हुने सम्भावना।कुवेत ७विकेटले पराजित


टस जितेर ब्याटीङको निम्तो दिएको नेपालले कुवेतलाई नौ विकेटको क्षतिमा १४१ रनमा समेटिएका थिए।कुवेतका लागि कप्तान के॰सरिफले अविजित ३६बलमा ४९रन जोडेका थिए भने सानदारुवान ले १५रन,आइद्रेशले २५,र अस्सालामले २३ रन जोडे।नेपालका करण केसिले २विकेट लिए भने सन्दिप लामिछाने र बशन्त रेग्मीले ३-३ विकेट र अमित बोहराले १विकेट लिए।
  १४२रनको लक्ष पछाएर जवाफि ब्याटिङ गरेका नेपालका कप्तान पारश खड्काले ४२बलमा ११चौउका र १छक्का प्रहार गर्दै ६८ रन जोडे भने ज्ञानेन्द्र मल्लले १९ रन र शरद भेश्वाकर ३८ बलमा अभिजित रहे।कुवेतका लागि कप्तान कशिफ शरिफले एकल ३विकेट लिएका थिए।
अब नेपालले भोलि सिङ्गापुरसित खेल्नेछ ।सिङ्गापुरलाई हराएमा नेपाल ग्लोवल टी-२० विश्वकपमा छनोट हुनेछ।

सेफ्नो टिभी
आत्मा ध्वज

Subscribe us on youtube

Tuesday, July 23, 2019

हार्यो नेपाल कतार सित।खराब ब्याटीङले नेपाल १२२ मा अल आउट




www.chefnotv2.com

Saturday, July 20, 2019

गायक प्रकाश सपुत साईप्रस आउदै।साथमा तीज धमकामा UK बाट सुरेन ताम्लिङ्ग लिम्बु पनि आउदै



Free delivery contact us 014720195
महिलाहरुको महान चाड हरितालिका तीजकोअवसरमा चितवन सेवा समाज साइप्रसले आयोजना गर्न लागेको तीज धमकामा गायक प्रकास सपुत र गायक सुरेन ताम्लिङ्ग साईप्रस आउदै हुनुहुन्छ।
  
        चितवन सेवा समाज साईप्रसका बर्तमान अध्यक्ष कविता भन्डारीका अध्यक्षतामा हुन लागेको यो कार्यक्रम अनाथ,बिपन्न,गरीब तथा पिछडीएका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न आर्थिक सहयोगको लागि भएको जानकारी आएको छ। यस सस्थाले हालै चितवनमा आठजना बालबालिकाहरूलाई पढ्न आर्थिक सहयोग गर्दै आईरहेको छ।आर्थिक रुपमा सबल हुदै गएमा यस सस्थाले अझ धेरै बालबालिकालाई शिक्षामा आर्थिक सहयोग गर्दै जाने अध्यक्ष कविता भन्डारी बताउनुहुन्छ।
प्रवासमा बसेर चितवन सेवासमाज साईप्रसले विभिन्न क्यानसर पिडीत तथा अन्य पिडितहरुलाई सहयोग पनि गर्दै आईरहेको छ।

    यस कार्यक्रममा गायक प्रकास सपुतले नेपाली गीतसंगितबाट र बोल माया तथा गलबन्दीबाट भरपुर मनोरञ्जन दिनेछन्।यस कार्यक्रम अगष्ट १८ मा साईप्रसको निकोसियामा हुनेछ।
 सेफ्नो टिभी 
                                                  आत्माध्वज
Subscribe us


Business partner

www.chefnotv2.com