Wednesday, December 14, 2022

काभ्रे बस दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसकेको छ

 


काभ्रेको बेथानचोक गाउँपालिकाको च्याल्टीबाट ढुंखर्क हुँदै बनेपा तिर आइरहेको बा ३ ख ४३८५ नम्बरको  ३९जना यात्री बोकेको रिजर्भ बस बेथानचोक -४ चलाल गणेशस्थानमा करिब बेलुकाको ७:०० बजे तिर दुर्घटना घटनास्थलमा १७ जनाको मृत्युको भएको छ भने दर्जनौ घाईते भएको छ । 

 दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसके जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी १७ जना मृत्यु भएकामध्ये बुधबार ९ वटा शव मात्रै परिवारले जिम्मा लिएको छ । 

दुर्घटनामा ललितपुर जिल्ला महांकाल–६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक), 

बेथानचोक–४ बस्ने वर्ष १९ को रविन तामाङ,

 बनेपा–११ बस्ने वर्ष ७९ की निर्मला तामाङ,

 बनेपा–११ बस्ने वर्ष २८ की मन्जु तामाङ, 

तेमाल–८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ, तेमाल–८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ, इन्द्रसरोवर–१ बस्ने वर्ष ६ की समीक्षा थिङ, मण्डनदेउपुर–१ बस्ने वर्ष ४१ की चेलीमाया तामाङ, बनेपा–१४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ, काभ्रे जिल्ला बनेपा–१४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ, बेथानचोक–५ बस्ने वर्ष २४ की मन्जु तामाङको मृत्यु भएको छ ।



पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुमार तामाङ, बेथानचोककी ३३ वर्षीया नीरुमाया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्तबहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २० वर्षीय रूपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्लास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Sunday, November 13, 2022

साईप्रसमा हुन लागेको प्रमोद खरेलको कार्यक्रम पुन दोस्रो पटक स्थगित भएको छ

 


साईप्रसमा हुन लागेको प्रमोद खरेलको कार्यक्रम पुन दोस्रो पटक स्थगित भएको छ 

 गायक प्रमोद खरेललाई लेबनानको अध्यागमन विभागले साइप्रस उड्न अनुमती नदिए पछि कार्यक्रम स्थगित भएको हो। साईप्रसको लिमासोलमा हुनलागेको यो कार्यक्रम अव पुन हुने वा नहुने भन्ने अन्योलमा परेको छ।Chefno tv youtube link click here

अध्यागमनले प्रमोद खरेललाई रोक्नु यो दोस्रो पटक हो ।किन रोक्यो त अध्यागमनले? एक पटक होइन दोस्रो पटक पनि अध्यागमनले साईप्रस प्रवेशमा रोक लगाउनुमा साईप्रसवाशी नेपाली दर्शकहरुलाइ निकै असर गर्दछ। 

"साईप्रसमा जति पनि कामदारहरु छन उनिहरुले मुस्किलले आईतबार छुट्टि मिलाउनु पर्छ किनकि धेरै कामदारहरुले आइतबार छुट्टि पाउदैन बल्लतल्ल मिलाएको छुट्टि थ्यो अव प्रोग्रामनै स्थगित भएपछि हामिलाई गार्हो भएको छ" कार्यक्रममा जान लागेका दर्शकले सेफ्नो टिभीलाई भने।



Monday, October 31, 2022

तामाङ घेदुङ साईप्रसको अध्यक्षमा सुनीमाया डिम्डुङ तामाङ चयन।सेफ्नो टिभी(CHEFNO TV)


  "तामाङ जातिकाे उत्थान भाषा,धर्म र संस्कृतिकाे संम्वर्दन"भन्ने मुल नाराकाे साथ  स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रसले  अक्टोबर३०मा  साईप्रसको लिमासोलमा छैटौं बार्षिकाेत्सव तथा तेस्राे अधिबेशन सम्पन्न गरेको छ। तेस्रो अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा सुनीमाया तामाङ चयन भएकाे छ।त्यसै गरेर वरिष्ठ उपाध्यक्ष पदमा भने निर्मला थिङ र महासचिवमा राजमान घ्लान  चयन भएको छ 

त्यसै गरेर उपाध्यक्षमा राजु वाईवा तामाङ, सचिव कृपा घिसिङ तामाङ, कोषाध्यक्ष किन्जाङ घिसिङ तामाङ र सहकोषाध्यक्ष सुवास थोकर तामाङ छन। लामा विभाग प्रमुख : माया घ्लान तामाङ, अनुशासन तथा मुल्यांकन विभाग प्रमुख :सुमित्रा वम्जन तामाङ, युवा विभाग प्रमुख : आसुनी तामाङ,  संस्कृतिक विभाग प्रमुख : अङ्गेलि तामाङ रहेको छन

 


सदस्यहरुमा सानू माया लोप्चन, विष्णु माया घिसिङ, डिकु पाख्रीन, वबिता घिसिङ, अञ्जु घिसिङ, कमला थिङ तामाङ, विशाल पाख्रीन तामाङ, रञ्जु वम्जन, रञ्जिता तामाङ, डोल्मा ह्योल्मो तामाङ, हर्क लाल थिङ, नानी माया मोक्तान , सुस्मा पाख्रीन,लक्ष्मी लोप्चान, खुसी थिङ छन।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष लक्ष्मी ब्लोन ले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि घेदुङ साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१६ मा स्थापना भएको घेदुङ साइप्रसले साईप्रसमा रहेका आम तामाङ जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 


सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

Chefno tvलाई youtubeमा खोज्नुहोसCLICK CLICK



Wednesday, October 26, 2022

शेर्पा किदुग साईप्रसको अध्यक्षमा छिरिङ याङजुम शेर्पा चयन।सेफ्नो टिभी(CHEFNO TV)

       


शेर्पा किदुग साईप्रसकाे  अक्टोबर२३मा सम्पन्न पांचाै अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा छिरिङ याङजुम शेर्पा चयन भएकाे छ।त्यसै गरेर उपाध्यक्ष पदमा भने अाङ फुर्वा शेर्पा र महासचिवमा पसी शेर्पा चयन भएको छ भने निवर्तमान अध्यक्ष ङिमदिकि शेर्पा सल्लाहकारमा र नुमु शेर्पा संरक्षकमा छन।चौथोअधिवेशनमा क्षेत्रिय विभागतर्फ लिमासाेल उपाध्यक्षमा रहेको छिरिङ याङजुङ पाचौ अधिवेशनमा भने किदुगको अध्यक्षमा चयन भएको हो त्यसै गरेर महासचिब पसि शेर्पा भने क्षेत्रिय विभाग तर्फ लार्नाकाको उपाध्यक्षमा थिए।

त्यसैगरेर काेषअध्यक्षमा पाल्जुम डाेमा शेर्पा, सहकाेष अध्यक्ष डाेमा शेर्पा, सदस्यहरुममा मिङमा ल्हमु शेर्पा,  ङिमा ल्हामु शेर्पा, फुरदिकि शेर्पा, केसाङ शेर्पा र सल्लाहाकारहरुमा कान्छि लामा, कमिनि शेर्पा, डाेल्मा शेर्पा छन।


साईप्रसमा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको किदुगको हाल सम्म फर्केर हेर्दा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, भौतिक तथा साङ्गठनिक तवरले सहयोग गर्ने गरेको पाईन्छ।शेर्पाहरुको जातिय संस्था भए पनि गैर शेर्पाहरुलाई पनि समान तरीकाले हेर्ने यो संस्थाको एउटा अत्यन्तै राम्रो विशेषता हो।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष ङिमदिकी शेर्पाले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि किदुग साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१५ मा स्थापना भएको किदुग साइप्रसले साईप्रसमा रहेका आम शेर्पा जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 

सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

यहाclick गरेर youtube SUBSCRIBE गर्नुहोस





Saturday, October 15, 2022

साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित

 




साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित भएको छ।



   भिषामा केहि समस्या आएपछि कार्यक्रमको सिलसिलामा इराकमा रहेको  प्रमोद खरेल इराक ईमिग्रेसनले साईप्रस जान इन्ट्रि नदिए पछि कार्यक्रम स्थगित भएको हो।

Chefno tv youtube 



Monday, October 10, 2022

साईप्रसमा प्रथम एभरेष्ट फुटसल टुर्नामेन्टको उपाधि NRNA साईप्रस टिमलाई

 


9 OCTOBER 2022, आइतबार nicosia


  दशैं तिहार २०७९  को उपलक्ष्यमा  सुदुर पश्चिम समाज साइप्रस र SM EVENTS, ENTERTAINMENT AND TRAVEL SOLUTIONS को सहकार्यमा FIRST  EVEREST FUTSAL CUP TOURNAMENT 2022 आयोजना साईप्रसको निकोसियामा भएको छ। खेलमा जम्मा 12 ओटा टिमले सहभागिता जनाएका थिए भने खेल अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । 12 ओटा टिम मध्ये फाईनल यात्रा भने दा दिपेस FC र NRNA साईप्रस टिम पुगेका थिए। निकै नै प्रभाबशाली प्रदर्शन गरिरहेको दुवै टिमको फाईनल खेल निकै रोचक बनेको थियो तर टिम NRNA लाई दा दिपेश FCले रोक्न नसक्दा उप बिजेतामा चित्त बुझाउनु पर्यो।

आजको फुट्सल प्रतियोगिता बिहान दशैंको टीका र जमरा लगाउदै सुरु गरिएको छ,साइप्रसबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभिभावक वाणिज्य दूतावास प्रमुख Dr. रामजिवन पन्जियारको हातबाट टीका र जमरा ग्रहण गरिएको हो।

बिजेता टिम NRNA साईप्रसले  नगद ७०० युरोको साथमा कप र मेडल प्राप्त गर्यो भने उपबिजेताले नगद ३०० युरो को साथमा ट्रफि र मेडल प्राप्त गरेको छ ।

 सुदुर पश्चिम समाज साइप्रस कि महासचिव रमिता चन्दले" बिजेता र उपबिजेता टिमहरूलाई हार्दिक बधाई तथा शुभकामनाका साथै सम्पुर्ण उपस्थित टिमहरुलाई हार्दिक आभारव्यक्त गर्दै  अगामी दिनहरुमा पनि हामी नेपाल र नेपालीका लागि यस्तै कार्यक्रमहरु गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ"।


साथै  सस्थाको तर्फबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पुर्ण संस्था र ब्यक्तिहरु  एन आर एन  पुर्ब अध्यक्ष सुबास मल्ल, नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष नबराज गौतम ,एन आर एन ए उपाध्यक्ष  किस्मत पौडेल,चितवन सेवा समाज ,नेपाली जनप्रगतिशील मन्च साइप्रस,कालिन्चोक मेनपावर ,कर्मा मेनपावर,अनिल भन्डारी,दिपेश , दिनेश ढकाल,शिव पाण्डेय,,प्रदिप प्रजापती,बिकास श्रेष्ठ,जेनम श्रेष्ठ , हरि लगाएत  सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ।

Chefno tv (सेफ्नो टिभि)

aatmadhoj

Watch video on youtube link





Monday, October 3, 2022

(Video सहित)NRNA साईप्रसले दशै मेला भव्यताका साथ सम्पन्न गरेको छ

 


अक्टोबर २तारीखका दिन साईप्रसको निकोसियामा NRNAसाईप्रसले गायक काली प्रसाद वास्कोटाको साथमा भव्यताका साथ सम्पन्न गरेको छ। साच्चै नेपालीपन झल्कने खालको रहेको यस मेला खुल्ला आकाशमा सिता पार्कमा आयोजना भएको हो।मेलामा विभिन्न किसिमका(स्टल) पसलहरु राखिएको थियो जहा नेवारी खाना,टिपिकल नेपाली परिकार, नेपाली पोषाकहरु ,नेपाली झन्डा, लगाएत विभिन्न खानाहरु पाइन्थ्यो। 

काली प्रसादको निकै दम्दार प्रस्तुति रहेको यो कार्यक्रममा स्थानिय कलाकारहरुले वेजोड मनोरञ्जन दिएका छन भने तमुसमाजले गुरुङ संस्कृति झल्कने नृत्य प्रस्तुत गरे भने विभिन्न संस्थाहरुले साकेला नाच, शेर्पा पोशाकमा शेर्पा किदुङबाट शेर्पा नाच तथा विभिन्न नेपाली संस्कार झल्काउने नृत्यहरु प्रस्तुत भएको छ। 

कार्यक्रमको सन्चालन रमिता चन्द रितु र मनिस अधकारीले गरेको यस कार्यक्रममा अतिथीको रुपमा वाणिज्य दुतावासका डा• रामजिवन पञ्जियार,शान्ति मिसनमा रहेका DSP मोहन मनि अधिकारी, नगरपालिका co-ordinator loukas Papagianisलगाएत विभिन्न मिडियाकर्मिहरु उपस्थित थिए।


गायक तथा अतिथीहरुलाई NRNAसाईप्रसका अध्यक्ष कुन्दन कार्कि र महिला प्रवक्ता पिङला गौतमले मायाको चिनो स्वरुप नेपाली खुकुरी प्रदान गरेको छन भने विभिन्न सघ-सस्थाहरुले गायक वास्कोटालाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ।।

औपचारिक रुपमा कार्यक्रम सन्चालन महासचिव राधा पोखरेल थापाले गरेका हुन भने DJ भने बिकास श्रेष्ठले समालेका थिए

सेफ्नो टिभी[ CHEFNO TV ]

AATMA DHOJ



Click here for more videos





Sunday, October 2, 2022

जनप्रगतिशील मन्च साईप्रसको प्रथम अधिवेशनबाट नवराज गौतम अध्यक्षमा निर्वाचित


नेकपा (माओवादी केन्द्र)सम्बद्ध नेपाली जनप्रगतिशील मन्च साईप्रसको प्रथम अधिवेशन भएको छ।

प्राविधिक कारणले केही समय रोकिएको अधिवेशन नवराज गौतम को अध्याक्षतामा स्वयं को नेतृत्व हुनेगरी शनिवार दिउँसो अधिवेशन भएको हो। सोही अधिवेशन बाट निर्वाचित 
 २१ सदस्यीय समिति बनेको छ।
नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य तथा प्रवास बिभाग सह- इन्चार्ज क लक्षम्ण पन्त ज्युको प्रमुख आतिथ्यमा र नवराज गौतमको अध्याक्षतामा अनलाईन भर्चुअल को माध्यम बाट अधिवेशन सम्पन्न भएकोछ, प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भइ निर्वाचित पदाधिकारी घोषणा भएको हो र प्रवास बिभाग सह- इन्चार्ज क लक्षम्ण पन्त ज्युले नव निर्वाचित समिति लाई सपथ ग्रहण गराइएको थियोे , उक्त घोषणा कार्यक्रमका बिशिस्ट अथितिमा प्रवास समुन्वोय समितिका सचिव टीबी पाठक ज्यु र क्षेत्रिय समुन्वय समिति,युरोप समितिका अध्यक्ष क सुरेन्द्र भूषाल ज्युको उपस्थिति रहेको थियो भने अथितिमा क्षेत्रिय समुन्वय समिति युरोपका सचिव रण बहादुर क्षेत्रि ,युरोप संगठन बिभाग प्रमुख उदयराज गौतम , युरोप कमिटी महिला बिभाग प्रमुख क शुस्मा भूसाल ज्यु र युरोप निर्वाचन आयोग सदस्य हकमरेड हरु क. सुरेन्द्र श्रेष्ठ ज्यु र जानुका धमाला ज्यूको उपस्थीती रहेको थियो!
कार्यक्रम सन्चालन युरोप कमिटी सदस्य माया लोप्चन तामाङ ज्युले गर्नु भएको थियो भने सहजीकरण संगठनका स्थापक सचिव केशब ठकुरी ज्युले गर्नु भएको थियो!


१.अध्यक्ष:नेपाली जनप्रगतिशील मंच साईप्रसको नया कार्यसमितिको सर्वसम्मत रूपमा सहमति यस प्रकार रहेको छ! 

 निर्वाचित पदाधिकारी-तपशिलमा:

१ - अध्यक्ष - नबराज गौतम
२-उपाध्यक्ष - नबिन चौलागाई, 
३- उपाध्यक्ष बिनोद केसी
४- महिला उपाध्यक्ष- मीरा लिम्बू ,
५- महासचिव- रमिता थापा
६- सचिव - प्रकाश बिस्वोकर्मा 
७- कोशाध्यक्ष - लक्ष्मी तामाँग
- सदस्य हरु! 
८- दिनेश गौतम
९- रानु लिम्बू
१०- अभिनास भूषाल
११- अमर नेपाली
१२- सूरज कोइराला 
१३- मन्त्री हमाल
१४- केशरी लामा
१५- सुवास ढकाल
१६- अनुप पराजुली
१७- शरण लिम्बू
१८- चक्र तिरुवा
१९- बिजय चाैलागाई
२०- बाबुराम घिसिङ्
२१- सजित राई

सेफ्नो टिभी (Chefno tv)
Aatmadhoj

Thursday, September 29, 2022

NRNA CYPRUS द्वारा यहि आउदो अक्टोबर २ तारिखका दिन दशै म्युजिक नेपाली कार्यक्रम धुमधामका साथ गर्दै


  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीहरुको महान चाड विजया दशमी २०७९ को उपलक्ष्यमा विशेष सास्कृतिक कार्यक्रम आयोजना गर्दै छ। निकोसियाको सितापार्कमा हुनलागेको यो कार्यक्रममा नेपालबाट नेपाल आइडलका जज तथा प्रख्यात गायक काली प्रसाद बास्कोटा आउने छ भने स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ।

    कोभिडका कारण धेरै समय सम्म विषेश कार्यक्रम नभएको साईप्रसमा अब भने NRNA CYPRUS द्वारा यहि आउदो अक्टोबर २ तारिखका दिन दशै म्युजिक नेपाली कार्यक्रम धुमधामका साथ मनाउनेछ।



Nrna साईप्रसले गर्नलागेको यो कार्यक्रम पहिलाको जस्तो इनडोर हुनेछैन। यो कार्यक्रम भिन्न र निकै मनोरञ्जणात्मक हुनेमा आयोजक पक्षको दावि रहेको छ।

Subscribe on youtubeChefno Tv



सेफ्नो टिभी 

Aatmadhoj


  


Monday, September 12, 2022

खिमान थापा साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको दोस्रो राष्ट्रीय भेलाबाट अध्यक्षमा चयन


 (अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का) 
साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको दोस्रो राष्ट्रीय भेला ११ सेप्टेम्बर २०२२ आइतबारका दिन साईप्रसको निकोसियामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा साइप्रस नेपाली एकता समाजका निवर्तमान अध्यक्ष देवेन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। 



निर्वतमान महासचिव मञ्जु लिम्बुको सञ्चालनबाट अघि बढेको भेलाको अध्यक्षता निवर्तमान उपाध्यक्ष कविता गोलेले गरेको छ ।


कार्यक्रममा सङ्घीय लिम्बुवान सामाजिक मञ्चका सचिव डगेन्द्र लिम्बु, तमु समाजका सदस्य मञ्जु गुरुङ, पोखरा समाजका सदस्य बुद्ध घर्ती र गैरआवासीय नेपाली सङ्घका राधा पोख्रेल थापाको आतिथ्य रहेको छ।


सहिदको सम्मानमा एक मिनेट मौनधारण तथा राष्ट्रियगीत प्रस्तुत गरिएपछि भेलामा स्वागत मन्तव्य गिरा नेपालीले गरेका छ ।

निर्वाचित केन्द्रीय समितिलाई नेपाल सद्भावना समाजका संयोजक एवम् समाजसेवी बिना थापा, नेपाली जनसम्पर्क समितिका उपसभापति कर्चुङ लामा र प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष श्यामलाल नेपालीले शुभकामना दिएको छ।



भेलामा प्रमुख अतिथि देवेन थापाले साइप्रस नेपाली एकता समाजको नयाँ केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएको छ जसअनुसार, अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का रहेका छन।

त्यस्तै, पूर्ण सदस्यहरूमा मन्जु लिम्बु, छविका मगर, बासुदेव वली, बिना मानन्धर, प्रतिमा मगर, छेवाङ ज्याम्मु लामा, राधिका मगर, नैना गुरुङ, गोविन्द डाँगी, जिना राई, बुद्धिमान तामाङ, रमेश चन्द, अम्बिका अधिकारी, अर्जुन केसी, निरू गोले र रमेश चन्द रहेको छ ।


एवम् प्रकारले वैकल्पिक सदस्यमा गणेश कुँवर, सम्झना वली, हस्त वली, निशु तामाङ, राधिका रेग्मी, सुनिता नेपाली, गौरी गुरुङ र अर्पणा ठोकर  छन

Subsribe CHEFNO TV Chefno tv youtube link click here



भेलाले रामु कुँवर, खिमबहादुर परियार, देवेन थापा, प्रकाश कुँवर, श्याम खड्का, कुमार श्रेष्ठ, प्रकाश चन्द, जमुना गुरुङ, इन्दिरा अधिकारी र किल्ली सुनुवारलाई सल्लाहकारमा चयन गरेको छ ।


भेलाको अन्तमा नवनिर्वाचित अध्यक्ष खिमान थापाले प्रतिबद्धता व्यक्त गरेको छ ।

आत्मा ध्वज(AATMA DHOJ)

सेफ्नो टिभी(CHEFNO TV)

CYPRUS


Thursday, May 12, 2022

गायक तुलसी सिवाकोटीको नयाँ “प्रेमको निशानी” को म्युजिक भिडियो सार्बजनिक


गायक तुलसी सिवाकोटीको नयाँ “प्रेमको निशानी” को गीतको म्युजिक भिडियो निकै मार्मिक म्युजिक भिडियो लाई आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ।

बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन । प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् ।

दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’”हे माया” जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ

सेफ्नो टिभि 

Aatmadhoj

भिडियो हेर्न तल क्लिक गर्नुहोस।

Youtube मा हामिलाई Subscribe गर्नुहोस



Friday, April 15, 2022

साईप्रस राष्ट्रिय क्रिकेट लिगमा चम्किदै नेपाली क्रिकेट टिम।स्प्रिङ टि-ट्वाईटीको सेमिफानलमा प्रबेश।



साईप्रसमा जारी स्प्रिङ टि-टवान्टी क्रिकेट लिगमा नेपाली टिम एभरेष्ट क्रिकेट क्लब लिग बाट सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान विमल राणाभाटले समालेको क्रिकेट टोली यो सिजनमा निकै दमदारका साथ खेलिरहेको छ। स्प्रिङ टि-ट्वन्टिमा ९ ओटा टिमहरु छन जसलाई दुई समुहमा बिभाजन गरेको छ।समुह चरणमा नेपाली टिम एभरेष्ट क्रिकेट क्लवले एक हार र तीन जित संगै सेमिफाईनलको यात्रा तय गरेको हो।

      एभरेष्टका लागि समुह चरणको अन्तिम खेल निकै रोचक बनेको थियो सेमिफाईनल यात्राको लागि  जितको निकै दवाब थियो अन्तिम खेलमा एभरेष्टले LARNACA LOIN लाई जित्नै पर्ने दबाव थियो, 147 को टारगेट दिएको लार्नाकालाई जितको लागि एभरेष्टका सहिल अखतरले  ४७ वल खेल्दा ४७ रन जोडेका  थिए भने गेम जित्न मुख्य भुमिका भने श्याम रावलले खेलेका थिए ।सात विकेटको क्षति बेहोरेको एभरेष्ट टिमलाई जितको लागि निकै महङगो परिसकेको अवस्थामा रावलको सिक्सले जित हात पर्यो अन्तत ३ विकेटले लार्नाका स्तव्ध रह्यो। सेमिफाईनलका गेमहरु आगामि आईतवार हुदैछ 


सेफ्नो टिभि (CHEFNO TV)
Aatma dhoj


Monday, April 11, 2022

सुदूरपश्चिमका नेपाली समाज साइप्रसले आउदै गरेको नेपाली नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


 
सुदूरपश्चिमेली नेपाली समाज साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन्।नेपाली मिति अनुसार २०७८ चैत २७ गते आइतबारको दिन साइप्रसको निकोसियाको सिता पार्कमा कार्यक्रम सम्पन्न गरेको हो। सुदूरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर बहादुर खड्काको सभापतित्व रहेको कार्यक्रममा गैरआवसिय नेपाली संघ साइप्रसकी महासचिव राधा पोखरेल थापा प्रमुख अथिती हुन भने कार्यक्रमलाई सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी महासचिव रमिता चन्द रितुले संचालन गरेका छन ।CHEFNO TV YOUTUBE LINK

साइप्रसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अथितीको रूपमा कार्यक्रममा उपस्थित भएका छन।कार्यक्रममा उपस्थित मान्यगणहरुलाइ ब्याज र दोसल्ला ओडाइदै सम्मान गरिएको छ। कार्यक्रमा सुप नेपाली समाजकि उपाध्यक्ष लक्ष्मी थापा जोशीले स्वागत मन्तब्य राखेका छन् भने उपस्थित सबै अथितीहरुको शुभकामना मन्तब्य सहित एक नृत्य पनि कार्यक्रममा प्रस्तुत गरिएको छ। 


नेपालीहरु संसारको जुनसुकै कुनामा भए पनि आफ्नो राष्ट्रीयता र देशको संस्कृतिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो। र अन्त्यमा प्रमुख अथितीको शुभकामना मन्तब्य राख्नुभए पछि कार्यक्रमका अध्यक्षले शुदुरपश्चिमको कला संस्कृतीलाई जोगाउनुपर्ने र अगामी दिनहरुमा पनि हाम्रा मूल्य र मान्यताहरुलाई आत्मसात गर्दै यस्तै कार्यक्रम गरिरहने जनाउदै,आउदै गरेको नयाँ बर्ष २०७९ को सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएका छन । औपचारिक कार्यक्रम समापन पछि उपस्थित सम्पुर्णले खुशी र हर्षका साथ शुदुरपश्चिमको देउडा गितमा देउडा खेल्दै रमाइलो गरेका छन अन्त्यमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाइ नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम समाप्त भएको छ।

CHEFNO TV

सेफ्नो टिभी

AATMA DHOJ





Saturday, March 19, 2022

झुपडिबाट उदाइएका व्यक्तिका क्रान्तिका सङ्घर्षमय राजनितिक जिवन यात्रा


राजधानीको नजिकै रहेको जिल्ला हो काभ्रेपलाञ्चोक ।तर काभ्रेका धेरै गाउॅपालिकाहरु विकटमै पर्दछ।एउटा विकट बस्तिका एक झुप्रोमा जन्मेका हुन पुर्ण बहादुर दोङ। दोङको जन्म विक्रम सम्वत २०२०\९/१५गतेका दिन हालको चौरीदेउराली गाउँपालीका ४ मा भएको हो।सानै देखि राजनितीमा चासो राख्ने दोङ जब २२ बर्षको  भए देश र जनता को लागी केही गरनु पर्छ भनेर  युवा अवस्था देखी  राजनितिमा होमिन पुग्यो । वि.स.२०४२ सालमा  मशाल पार्टिबाट आफ्नो राजनितिक तर्फ अघि बडेका थिए।
CHEFNO TV YOUTUBE LINK


 यसरी नैअघि बढि रहेका दोङ २०५२ साल फागुन १मा तत्कालिन नेकपा माओवादिले जनयुद्धको घोषणा गरे सङ्गै दोङले जनयुद्धलाई साथ दिदै आएका थिए।काठमाडौमा रहेका उनी दुई  छोराहरु पढाउने र पालपोषण गर्नु पर्ने थियो।पेशामा थाङ्का लेख्ने धोङलाई आर्थिक रुपमा निकै कष्ठकर थियो। काठमाडौमा कोठा भाडामा बस्दै आएका उनी अत्तन्तै दयनिय अवस्थामा गुज्रिरहेका थिए यस्तो  अवस्थामा पनि क्रान्तिलाई साथ दिएका उनी  ५२ साल फाल्गुन ५गते  काठमाडौबाट प्रहरी द्धारा गिरफ्तार  गरेका थिए त्यति बेला दाेङले काभ्रे काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा जिम्मेवार पाएका थिए त्यति बेला पुर्व झन क्षितिज भएर क्रान्तिका आगोहरु झन ससक्त हुदै थिए। देश र जनताको हितमा लडेका दोङलाई निकै यातना दिदै क्रान्ति लाई साथ नदिन प्रहरीले भनेका थिए तर नशा नशामा क्रान्ति र जनवादको सिद्धान्त बोकेका दोङ विचार र सिद्धान्तबाट कहिलै विचलित भएनन् र धेरै समय जेल बस्नु पर्यो । 

जेल परुनजेल आफ्नो छोराहरुलाई खाना समेत खुवान गाह्रो हुने भएकोले आफ्नो भाईलाई पत्रिका र क्यालेन्डर बेच्न लगाएर  छोराहरुलाई खाना र पढाउन भनेका थिए। जव जेलबाट निस्किए उसलाई निकै नै गाह्रो भइसकेक थिए धेरै साथीहरुले राजनिति छोड्न समेत भनेका थिए तर पार्टीलाई र आफ्नो विचार सिद्धान्तलाई निरन्तरता दिने निर्णय लिए।पुन
२०५५/असोजमा पनि  काठमाडाैकाे गुह्यश्वरि बाट मजदुरहरुकाे भेलाबाट  प्रहरीले  गिरफ्तार गरियाे। जुन बेला अखिल नेपाल थाङ्का कला ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष समालेका थिए
यसरी नै आफ्नो पार्टिलाई विभिन्न तह र तप्काबाट सहयोग गरिरहेका दोङ अहिले भने आगामी  चुनावमा पार्टिले राम्रो मुल्याङकन गरेर आफुलाई टिकट दिएमा स्थानिय चुनाबमा उठ्ने विचार रहेको कुरा सेफ्नो टिभीलाई जानकारी दिए। उनले थपे "जिवन सङ्घर्ष हो सङ्घर्षमा आएका अप्ठ्याराहरुले हामी बिचलित हुन सक्छ तर हार खानु चाहि लडाई हारेर आएका सिपाई जस्तै हुन त्यसैले पार्टी ले यो पाली चाहि आफुलाई राम्रो मुल्याङकन गरेर आफु छोनोट हुन्छ भन्नेमा विश्वास छ"

सेफ्नो टिभि
आत्मा ध्वज


www.chefnotv2.com



Tuesday, January 11, 2022

साईप्रस लगायत छ ओटा देशमा धक्का हुनेगरी ६•६ रेक्टरको भुकम्प।सुनामी आउनसक्ने समेत खतरा

 


!-- Go to www.addthis.com/dashboard to customize your tools --> आज इस्ट युरोप टाइम अनुसार बिहान  तिन बजेर सात मिनेट जादा साइप्रसको फापोस बाट 63km टाढा समुन्द्रलाई केन्द्रबिन्दु बनाई 6•6रेक्टर स्केलको भुकम्प गएको छ। विशेष क्षति नभएपनि धक्का भने सातवटा देशमा पुगेको छ। इजराएल, प्यालेस्टिन, ग्रिस, टर्की, युनाइटेड किङडम, इजिप्ट र  साईप्रसमा भुकम्प गएको हो।



वैज्ञानिकहरुका अनुसार फेरी फर्कने हुदा सतर्क रहन सुझाब दिएका छन।समुन्द्रि सतहमा भुकम्प आएको हुनाले सुनामी आउनसक्ने समेत खतरा रहेको जानकारी दिइएको छ।

सेफ्नो टिभी

For more update follow us


Subscribe our channel Chefno tv youtube link 


आज पृथिवी जयन्ती, सान्तिमान श्रेष्ठले प्रष्ठ्याएको यि लेख राम्ररी पढन्नुहोस

 


!-- Go to www.addthis.com/dashboard to customize your tools --> पृथ्वी नारायण शाह सँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाहले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य  उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ ।

    तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना सँग भएको सिन्धुलिगढिको युद्ध थियो , यो युद्धमा ७० प्रतिशत बेलायती सेना मारिएर पुरै हतियार गोर्खा सेनाले कब्जा गरेको थियो । यो युद्धको परिणामले बेलायतिहरुलाई एउटा आक्रोश र बदलाको भावना जागेको थियो । तत्कालिन समयमा बेलायती साम्राज्यलाई टक्कर दिन चीन , फ्रान्स , जर्मन , रुस , पोर्चुगल , स्पेन लगायतका शक्तिशाली राज्यहरु समेत हिच्किचाउँथे र सकभर बेलायत  सँगको मूठभेड टार्ने प्रयत्न गर्थे , बेलायती साम्राज्यलाई हराउनु असम्भव जस्तै हो भन्ने मत विश्वव्यापी रुपमा स्थापित भएको समयमा पृथ्वीनारायणले बेलायती साम्राज्यलाइ ठूलो धक्का दिएका थिए र बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए । 

   पृथ्वीनारायण शाहले उपत्यकामा जित हासिल गरे लगत्तै धर्म प्रचारको बहानामा अंग्रेजको बिस्तारबादी अभियानको लागि जाशुसी गर्न उपत्यका छिरेका पादरिहरुलाई देश निकाला गरे फलस्वरुप अंग्रेजहरु र ईसाइ मिशनरिहरु पृथ्वीनारायण शाह प्रती थप आक्रोशित बने र बदला लिएरै छोड्ने अठोट लिए । यसकारण उपत्यका बाट अपमानजनक ढंगले धपाइएका पादरिहरु र सिन्धुलिगढिको युद्धमा लज्जास्पद ढंगले हराइएका अंग्रेज सेनापती बेलायत पुगेर पृथ्वीनारायण शाह विरुद्ध विष वमन गर्दै पुस्तकहरु लेखे , ती पुस्तकको छायाँहरु अहिले नेपाल भित्रीएको छ र विभिन्न INGO हरु मार्फत सूक्ष्म रुपले प्रचार प्रसार र वितरण गरिएको छ । 

     निश्चय नै युद्धमा परास्त भएको समुदायहरुको युद्ध विजेता प्रती सकारात्मक भावना आउनु कठिन नै हुन्छ तर तत्कालको परिवेशलाई निकै फराकिलो ढंगले व्याख्या , विश्लेषण गरेर गहिराईमा केलाउन जरुरी हुन्छ । 

   तत्कालिन अवस्थामा विश्वभर तरबारको बलमा राज्य विस्तार गर्ने होडबाजी थियो , जुन राज्यले सैन्यशक्ती मजबुत बनाएर आफ्नो राज्य विस्तार गर्दै मजबुत बनाउन सक्यो त्यो राज्य बाँच्यो , सैन्य क्षेत्र मजबुत बनाएर राज्य विस्तार गर्न नसक्ने राज्य पराजित भएर कुनै राज्यमा गाभियो , यो भन्दा अर्को विकल्प थिएन , यो तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । नत्र गोर्खा राज्य पनि कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुनुपर्थ्यो । जस्तो मानिलिउँ : पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खा राज्यले उपत्यका माथी हमला गरेर आफ्नो राज्यमा नगाभेको भए र पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरणको अभियान नछेंडेको भए आजको मिति सम्म गोर्खा राज्य र उपत्यकाका ३ राज्यहरु त्यही स्वरुप , आकार र स्थितिमा रहिरहन्थे त ? उपत्यकामा ३ ओटा मल्ल राज्यहरु आजको मितिमा स्वतन्त्र राष्ट्रको रुपमा रहिरहेको हुन्थे त ? के यो सम्भव छ ? 

     तत्कालिन परिस्थितिमा उपत्यकाका मल्ल राज्यहरु समक्ष केही सिमित विकल्पहरु थिए : 

१- उपत्यकाको मल्ल राजाहरु एकजुट भएर फेरि एउटै बलियो राज्य बनाउने र राज्य विस्तार गर्दै नेपाल एकिकरणको नेतृत्व गर्ने । 

२- नेपाल भित्रकै कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुने ।

३- भारत कब्जा गरिसकेको अंग्रेज साम्राज्यको अधिनस्थ हुने ।

४- कालान्तरमा तिब्बत निलेको चिनियाँ साम्राज्यको अधिनस्थ हुने । 

     उपत्यकाको नेवा: राज्यहरु समक्ष यी ४ बाहेक अन्य विकल्प थिएन , यी ४ विकल्प छलेर आजको मिति सम्म पनि उपत्यकाको ३ मल्ल राज्यहरु त्यही स्वरुप र आकार-प्रकारमा आज सम्म अस्तित्वमा रहिरहन्थे भनेर सोंच्नेहरु या त ईसाई मिशनरी बाट बुद्धि भुटिएका पटमूर्ख हुन या त ईसाइ मिशनरी र INGO हरु बाट दानापानी खाएर परिचालित दलाल हुन । 


     म पनि भक्तपुर नालामा पुर्ख्यौली थलो रहेको नेवार हुँ , पृथ्वीनारायण शाहले उपत्यकाका ३ राज्यहरु मध्य सबैभन्दा अन्तिममा मात्र कब्जा गरेको भक्तपुर सँगको युद्ध बारे प्रशस्त चर्चा र परिचर्चा हुनेगर्छ र यस बारे प्रशस्त लेखहरु आइरहन्छ । उपत्यकाको मल्ल राज्यहरु समक्ष रहेको ४ विकल्पहरु मध्य सबैभन्दा उपयुक्त विकल्प पहिलो विकल्प थियो , उपत्यकाको राज्यहरु आर्थिक रुपले समृद्ध पनि थियो , यहि समृद्धिको उपयोग गरेर सैन्य क्षेत्रलाई मजवुत बनाएर एकिकरणको नेतृत्व गर्न सक्थ्यो तर उपत्यकाको ३ राज्यहरु एक आपसमा लडन र एक आपसलाई कमजोर बनाउन तल्लिन रहे । बेलायत , पोर्चुगल , फ्रान्स , डच , टर्किसहरु ७ समुन्द्र पार गरेर पुरै भारत निलेर , नाकको डाँडी मुनि आइपुगेर तिब्बत हुँदै चीन तर्फ आँखा लगाइरहँदा समेत उपत्यकाका मल्ल राजाहरुको ध्यान थानकोट काटेर बाहिर जान सकेन बरु एक अर्कालाई कमजोर बनाउन ईसाई मिशनरी र अंग्रेजहरु सँग सम्बन्ध बढाउने होडबाजिमा लागे । जय प्रकाश मल्लले रातो कार्पेट बिछाएर ईसाई पादरिहरुलाई भित्राए , अंग्रेज सेनालाई उपत्यका भित्राउन पहल गरे। व्यापारको निहुँमा भारतको गुजरात स्थित सुरतमा पहिलोपटक छिरेको धोकेबाज अंग्रेजले जुन राजा संग व्यापारिक सम्झौता गरेर सुरत छिरेको थियो त्यही राजालाई धोकापूर्ण तरिकाले हत्या गरेर राज्य हत्याउँदै बिस्तारै पुरै भारत निलेको तथ्य भित्रको अन्तर्वस्तु ठम्याउन जय प्रकाश मल्ल असमर्थ रहे र गद्धी जोगाउन आत्मघाती कदम चाले । विश्वभर साम्राज्यवादी विस्तारको होड चलेको तत्कालिन परिस्थितीलाई ठिक तरिकाले ठम्याएर राज्यको अस्तित्व जोगाउन राज्य विस्तारको नेतृत्व गर्नुपर्ने अनिवार्य आवश्यकतालाई मल्ल राजाहरुले बुझ्न सकेनन ।  तर एउटा निकै सानो र पछौटे राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले यो सब परिस्थितिलाई गहिरिएर नियालिरहेका थिए , नाकको डिलैमा आइपुगेको अंग्रेज साम्राज्यको नियत , लक्ष , रणनिती र चालबाजि अनि सम्भावित परिणामलाई उनले राम्ररी ठम्याएका थिए । सैन्यकरण गरि राज्य विस्तार गरेर राज्यलाई शक्तिशाली बनाउनु बाहेक आफ्नो सानो राज्य र नेपालको अस्तित्व जोगाउन अन्य विकल्प नरहेको कटु तथ्य उनले बुझे तर यो तथ्यलाई उपत्यकाका मल्ल राजाहरुले बुझ्न सकेनन । 

     


अत्यन्त संकिर्ण , साँघुरो र स्वार्थपरक चिन्तन र स्वभावको कारण उपत्यकाका मल्ल राजाहरु पहिलो उत्तम विकल्पको मार्ग बाट च्युत भए , नेवार समुदायको सदस्यको रुपमा मेरो लागि सबैभन्दा उत्तम र अनिवार्य विकल्प यहि थियो । यो विकल्प प्रती मल्ल राजाहरु आफैं उदासिन रहेपछी बाँकी रह्यो ३ विकल्प । त्यसैले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरेर नेपाल एकीकरण गरेको एतिहासिक पृष्ठभूमिको आलोचना गर्नेहरु : 

१- अंग्रेज साम्राज्यको गुलाम हुन पाइएन , 

२- खैरेहरुको लात खान पाइएन , 

३- आफ्नो स्वास्नी चेलिबेटी खैरे वा मुश्लिम आक्रान्तकारी बाट बलात्कृत गराउन पाइएन , 

४- कुनै भारतिय राज्यको नागरिक भएर दार्जिलिङ्गमा झैं भाषिक र अन्य अधिकारको माग गर्दै भारतियको तातो गोलि खान पाइएन,

५- तिब्बत झैं चिनियाँको कब्जामा परेर सरणार्थी हुन पाइएन , 

६- स्वतन्त्र राष्ट्रको माग गर्दै फाँसिमा झुन्डिन पाइएन ,

७- भारतको सोमनाथ , जगन्नाथ लगायतका हजारौं मन्दिरहरु मा परचक्री बाट दर्जनौ पटक आक्रमण , तोठफोड र लूट भए झैं पशुपतीनाथ , स्वयम्भू , लूम्बिनी , जनकपुर र मुक्तिनाथमा परिचक्री बाट आक्रमण , तोडफोड र लूट मच्चाएको दृष्य हेर्न पाइएन भन्दै आफ्नै थाप्लो थटाएर आफैलाई धिक्कार्ने पटमूर्ख वा विदेशिको हन्डी खाएर , दानापानी हसुरेर तिनको स्वार्थ र ईसारामा बोल्ने , लेख्ने दलालहरु हुन । 

     ईसाइका दलालहरु बाट बुद्धि भुटिएका उपत्यकाका नेवारहरुले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत पाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ  । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन । मकवानपुर गढिमा पृथ्वीनारायण शाहको फौजले मिर कासिमको सेना लाई धुलो चटाउन नसकेको भए र मिर कासिमको फौज उपत्यका छिरेको भए काठमाडौका नेवार ,  नेवारी सम्पदा र संस्कृतिको के हालत हुन्थ्यो भन्ने अनुमान गर्न मीर कासिमले भारतमा आंतक मच्याएर हत्या गरेको मानिसको संख्या र उनले ध्वस्त गरेका सम्पदाहरुको संख्या बुझेर अनुमान लगाउन सकिन्छ । 

     कतिपय पटमूर्खहरु ( दूर्भाग्यवश यस्ता पटमूर्खहरु कथित पढेलेखेका समेत छन ) भन्छन : अंग्रेजले भारतलाई विकसित गरेर छोड्यो , बरु नेपाल पनि अंग्रेजले लिईदिएको भए हुन्थ्यो ! म केवल १-२ प्रसंगको याद दिलाउँछु विशेषत उपत्यकाको नेवारहरुलाई । 

   भारतको कथित स्वतन्त्रता हुनुभन्दा ठिक ४ वर्ष अगाडि अर्थात सन १९४३ मा भारतमा भोकमरी लागेर ४५ लाख मानिस अकालमा मरेका थिए । भोकमरिको कारण र पृष्ठभूमी अनौठो , ताज्जुवलाग्दो र दुखदपूर्ण छ । त्यो समय शक्तिराष्ट्रहरु बिच आफ्नो साम्राज्य र बजार जोगाउने होडबाजी थियो र विश्वयुद्धको तयारी थियो , युद्धको यो तयारी स्वरुप बेलायतले १९४३ देखि नै भारतभर बाट खाद्यान्न संचय गरेको थियो । जसको परिणामस्वरुप भारतमा खाद्य संकट पैदा भएर भोकमरी लागेर मानिसहरु मर्दै थिए । बेलायतले भारत बाट खाद्यान्न जति युद्धको तयारी गरेको क्षेत्रमा ओसार्दा समेत खासमा भारतमा खाद्यान्न संकट हुने थिएन , खाद्य बढी भएको क्षेत्र बाट खाद्य संकट भएको क्षेत्रमा खाद्यान्न ढुवानी गरेको भए मानिसहरु भोकमरिले मर्ने थिएनन तर बेलायतिहरुले ढुवानिमा ब्यबधान पैदा गरे फलस्वरुप चर्को भोकमरिले लाखौं मानिसहरु भकाभक मर्दै थिए । भोकमरिले मर्ने मानिसको संख्या १३ लाख नाघेर लासको चाङ थुप्रीए पछि अग्रेज गर्भर्नर समेत अत्तालिए र बेलायती प्रधानमन्त्री लाई टेलिग्राम पठाए : "भारत भर भोकमरी लागेर मानिसहरु खेर जान थाले , केहि व्यवस्था होस ।" बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले प्रतुत्तर पठाएर सोधे : "के महात्मा गान्धी समेत भोकमरी लागेर मरे ? " गभर्नरले जवाफ फर्काए :" नाई ! गान्धी त जिउँदै छन ।" चर्चिलले आदेश दिए : "गान्धी नै भोकमरि लागेर मरेका छैनन भने फिक्री नगर्नु , मानिसहरु कति मर्छन मर्न दिनु , युद्ध पश्चात् पनि थप ४ वर्ष हामिलाई विश्वभर छरिएका हाम्रा सेनाहरुको लागि प्रचुर मात्रामा खाद्यान्न आवश्यक हुन्छ त्यसैले केवल एउटै कुरामा ध्यान दिनु , जे जसरी हुन्छ खाद्यान्न संचय गर्नु र युद्धभूमी तर्फ पठाउनु , कालाहरु मर्दै गरून् । "    

    कतिपयलाई भ्रम छ : बेलायतले भारतलाई विकास गरेर छोडे , खैरेहरुले लेखेको प्लान्टेड शिक्षा पाएर हुर्केका पटमूर्खहरुको यस खालको धारणा छ । केही कुराको याद दिलाउँछु ।

- भारतमा दशौं हजार स्नाकोत्तर कलेज , लाखौं गुरुकुल हुँदा बेलायत भर एउटा पनि स्कुल थिएन ।

- भारतमा नालन्दा , विक्रमशिला , तक्षशिला लगायतका आजको गनिएको अक्सफोर्ड , क्याम्ब्रीज भन्दा ठूला दर्जनौ विश्वविद्यालय छँदा पश्चिमी जगतमा विश्वविद्यालय बारे कल्पना समेत थिएन । 

- आज भन्दा ७ सय वर्ष अघि सम्म भारतको साक्षरता दर ९२% थियो अहिले ५२% को हाराहारी होला । 

- ५०० वर्ष अघि सम्म विश्वको कुल लत्ताकपडा निर्यात मध्य भारत एक्लैको हिस्सा ४५% थियो । 

- कुनै बेला विश्वको कुल ग्राहस्थ उत्पादन मध्य भारत एक्लैको हिस्सा आधा भन्दा बढी थियो , पश्चिमी देशका राजा , महाराजाहरु भारतिय कपडामा निर्भर थिए। 

- उच्च स्तरको स्टिलको लागि पुरै विश्व भारतमा निर्भर थियो र भारतकै स्टिल बाट पानी जहाज बन्थ्यो । 

      तर खैरेहरुले ईतिहास यसरी लेखेर घोकाए कि आजका भारतियहरुले कुनै बेला हामी विश्वकै समृद्ध हौं त्यसैले विश्वभरका लुटेरा , डाँकुहरुको आँखामा परेर लुटियौँ र हरिकंगाल भयौं भन्ने विर्सिए , भारतको विहार विश्वको शैक्षिक केन्द्र थियो र पटना विश्वको व्यापारिक राजधानी थियो, आज विहारको हालत हेरेर यो कुराको कल्पना पनि गर्न सकिन्न । खैरेहरुले भरतियहरुको बुद्धि यति सम्म भुटे कि आज भारतमा भारत पत्ता लगाउने "भास्को डि गामा" हुन भनेर पढाइन्छ र सबै भारतिय यहि भन्छन जबकी भारतको ईतिहास लाखौं बर्ष पुरानो छ , जैन धर्मको लिखित ईतिहास नै ६० हजार वर्ष पुरानो छ तर भ्याटिकनले विश्वभर लूटपाट मच्याउन मिशनरिहरुलाई भगबन्डा लगाए जस अनुसार भारत लुटने ठेक्का पोर्चुगल र अमेरिका लुटने ठेक्का स्पेनले पायो , अन्य भूभाग यसरी नै ठेक्का तोकियो र भास्को डि गामा नामको डाँकु भारत लुटन आयो , उनले ३ पटक भारत लुटेर हजारौं पानी जहाजमा धनमाल लुटेर लगे , यहि लुटेरा अपराधिलाई भारत पत्ता लगाउने महान व्यक्ती भनेर भारत भर पढाइन्छ , शिक्षा क्षेत्रमा यि खुराफाती खैरेहरुको पकड हेरौं न ! नेपालको स्थिती पनि यो भन्दा भिन्न छैन त्यसैले योजनावद्ध रुपले पृथ्वीनारायण माथी हमला गरिएको छ , उपत्यका पृथ्वीनारायणको अधिनमा जानू हुँदैनथ्यो भन्नुको सिधा मतलब उपत्यका अंग्रेज वा चिनियाँ वा मुश्लिम आक्रान्तकारिको कब्जामा जानुपर्थ्यो भन्नू होईन ? 

     उपत्यकाको नेवारहरुले उपत्यका पृथ्वीनारायण शाहको अधिनमा जाँदा के भयो भन्ने जगजाहेर छ , अब यस तर्फ गहिरिएर बिचार गर्नु जरुरी छ कि उपत्यका बेलायती साम्राज्य , चिनियाँ साम्राज्य वा मुश्लिम आक्रान्तकारिको कब्जामा गएको भए के हुन्थ्यो ? मकवानपुर सम्म आइपुगेको मिर कासिमले भारतमा के गरे ! शमसुद्धिनले उपत्यका हमलाको दौरान के गरे !  युद्धको समय बेलायतले खाद्यान्न संचय गर्न भारतमा कति नागरिकलाई भोकमरिमा पारेर मराए ! चिनियाँ कब्जा पछि कति तिब्बतिहरु शरणार्थी भएर लखेटिएका छन ! यो सब विचार गर्न जरुरी छ । ६२-६३ को आन्दोलन पश्चात् गाँडेहरुले जसरी पृथ्वीनारायण शाहको शालिक तोडे त्यसरी नै पृथ्वीनारायण शाहले चाहेको भए जयप्रकाश मल्ल वा जयस्थिती मल्लको शालिक तोड्न सक्थेनन ? शमसुद्धिनले पशुपतिमा हमला गर्न सके र पृथ्वीनारायण शाहले सक्थेनन ? 

    अहिले पृथ्वीनारायण शाहले तरबार चलाए , राज्य एकीकरण गरेको होइन विस्तार गरेको हो भनेर होहल्ला गर्ने फटाहाहरु छन ती सबै कुनै न कुनै अमूक INGO वा ईसाइ मिशनरी बाट भत्ता बुझेर भुक्ने दलालहरु हुन  । के बेलायती वा अन्य कुनै साम्राज्यवादिले हातमा फुल लिएर राज्य विस्तार गरेका हुन ? जर्मनिमा विश्मार्क वा रुसमा जारहरुले फुल लिएर राज्य एकीकरण गरेका हुन ? यी दलाल फटाहाहरु घुमाउरो तरिकाले के भन्दैछन भने हामिलाई दानापानी दिलाउने मालिकहरुले बन्दुक र तरबारको बलमा साम्राज्य विस्तार गरे पनि पृथ्वीनारायण शाहले बन्दुक र तरबार बोक्न हुँदैनथ्यो , फुल लिएर युद्धमा जानुपर्थ्यो । 

    अहिले पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको हो कि एकीकरण गरिएको हो भन्ने विवाद निकालीदैछ , विश्वमा लाखौं साना राज्यहरु थिए ती सब नामेट भएर अहिले स्वतन्त्र राष्ट्रको रुपमा २०० हाराहारीको राष्ट्र छन जस मध्यको एउटा नेपाल हो , पृथ्वीनारायण शाहको नियत जे सुकै होस तर उनको कर्मको परिणामस्वरूप नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विश्व माझ परिचित छ , उनको ध्यय राज्य विस्तार हो कि राज्य एकीकरण हो भन्ने विषय गौण हो , नियत वा लक्ष जे सुकै भए पनि परिणाम चाहिँ नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वरत छ । 

    पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्न होइन अफ्नो राज्य विस्तार गर्ने नियतले कदम चालेका हुन भन्ने गगन , बाबुराम , प्रचण्ड , भाङ्गकाजिहरुले आफ्नो बाउले आमालाई बलात्कार गरेर आफू जन्मेको हो कि ठ्याक्कै गगन , बाबुराम , प्रचन्डकै हुलिया , चरित्र , जिउडाल , चरित्र र आनिबानी भएको केटा मान्छे नै जन्माउँछु भन्ने योजना बनाएर आमा संग संभोग गरेर आफू जन्मिएको हो वा रक्सिको तालमा कामोत्तेजनामा आएर आमा संग संभोग गर्दा आफू जन्मिम पुगेको हो , वा आफ्नो आमा माथी कसैले अवैध रुपले जोरजबर्जस्ती संभोग गर्दा आफू जन्मन पुगेको हो भन्ने खोजतलास गर्नुपर्ने हो । जुनसुकै ध्ययले यिनका बाउ - आमाले संभोग गरेको होस यी फटाहा - कपुतहरु जन्मिन पुगे पनि तथ्यको धरातलमा यिनले आफ्नो बाउ आमा परिवर्तन गर्न त सक्दैनन ! यी कपुतहरुले कहिल्यै आफ्ना बाउलाई सोध्ने जमर्को गरेका छन कि कुन ध्ययले मेरो आमा संग संभोग गरिस र म जन्मिन पुगें ? पुरुष लिंगकै ठ्याक्कै म अहिले जस्तो छु त्यस्तै जन्माउने उद्देश्यले संभोग गरेको हो भने म तपाईलाई बाउ मान्छु नत्र मान्दिन भन्न सक्छन यिनले ? तथ्य त के हो भने अक्सर जति पनि बच्चा जन्मिन्छन ती मध्य अधिकांश एक्सिडेन्टल हुन्छन , बच्चा जन्माउने उद्धेश्यले नै योजनाबद्ध रुपले यौन कर्म हुने उदाहरण बिरलै हुन्छन , अधिकांशको हकमा यौन उत्तेजना र क्षणिक मनोरंजन स्वरुप त्यसलाई नियन्त्रण गर्न नसक्दा हुन्छ , अधिक हकमा स्त्री अनिच्छुक रहेको अवस्थामा जोर जवर्जस्तिपूर्वकको यौन सम्बन्धको कारण गर्भ रहेर बच्चा जन्मने पनि हुन्छ , तब बच्चा जन्मिसकेपछी बाउ बाउ नै हुन्छ , आमा आमा नै हुन्छ , यसमा अन्य तर्क खोतल्नुको जरुरी हुँदैन । 

     संसारमा जसले राज्य एकीकरण गरे चाहे विश्मार्क हुन वा जार हुन ती प्रती त्यहाँका पछिल्लो शासकहरुले कहिल्यै यस्तो विवाद निकालेको देखिंदैन बरु बडो श्रद्धापूर्वक सम्झिएर राष्ट्रनायकको रुपमा आदर गरिन्छ तर कहिं नजन्मने लफंगा-कपूतहरु यहि देशमा जन्मन्छन , जसको नेपाल राष्ट्रको लागि २ कौडिको योगदान छैन बरु यो राष्ट्रलाई कमजोर र छिन्नबिन्न पार्न हदै सम्मको घटिया हर्कत गरिरहन्छ तिनैले पृथ्वीनारायण शाहको सत्तोसराप गरिरहेको देखिन्छ । यिनै कपूतहरुको कारण यो देश आज विश्वभर बदनाम छ तर अंग्रेज साम्राज्य , इस्लामिक साम्राज्य मात्र नभएर विशाल चिनियाँ साम्राज्यलाई समेत चुनौती दिएर नेपाल र नेपालिको नाम गौरवका साथ उच्च राख्ने पृथ्वीनारायण शाहको छवि धुमिल बनाएर बदनाम गर्ने कुलंगारहरु यो देशको प्रमुख पदमा छ्यापछ्यापती हुनु लज्जास्पद स्थिती हो । subscribe our channel Chefno tv link