Wednesday, January 30, 2019

तेमाल गाउँपालिकामा प्रशासकीय प्रमुख शर्मिला लामिछानेको दादागिरी र भ्रष्ट नियत

सुजन लामा
काभ्रे

तेमाल गाउँपालिकामा प्रशासकीय प्रमुख शर्मिला लामिछानेको दादागिरी  र भ्रष्ट नियत

तेमाल गाउँपालिका स्थित स्थानीय  विकासको योजना अनुरुप सडक निर्माण योजनाको उपभोक्ता समितिलाई कार्यलय प्रमुख लामिछानेले दादागिरी देखाएको छ।
तेमाल गाउँपालिकाका उपप्रमुख वा याेजना अनुगमन तथा फरकफरक समितिका संयाेजक दुर्गा माया तामाङकाे अध्यक्षतामा तेमाल गाउँपालिकाका प्रशासकीय प्रमुख शर्मिला लामिछाने, वडा अध्यक्ष विकुलाल तामाङ माेक्तान, वडा सदस्यहरू सुर्यमान तामाङ, चेतबहादुर तामाङ, र इन्जिनियर हेम कुमार तामाङ, सहायक इन्जिनियर पाल्देन तामाङ, कपिल भण्डारी र म.वि.न. कमला खरेल लगाएतका पदाधिकारीहरू मिति २०७५।१०।०४ गते तेमाल वडा न. ६ का   सडक निर्माण  पुरा भयाे या भएन अनुगमनका लागि गएकाे थियाे ।उक्त अनुगमनबाट उपभोक्त समितिले निर्माण सम्पन्न गरेको, याेजना अनुगमन समितिका टाेलिले अनुगमन गर्दा प्रत्यक्षरूपमा सम्पन्न भएकाे देखिएकाे छ।
उपभोक्त समितिले सम्पुर्ण प्रक्रिया मिलाए भुक्तानिको माग गर्दा प्रशासकीय प्रमुख शर्मिला लामिछानेले रकम भुक्तानी गर्न आनकानी गरेका र तपाईहरुलाई लाखौंको चेक भुक्तानी गर्नुपर्ने हाम्रो सधैं गोजि रितै हुनुपर्ने  भनेर सिधै भ्रष्ट नियत रखेको भनी एक उपभोक्त समितिको सदस्यले हामी माझ खुलाएको छ।कुनैपनी काम चुस्त तरिकाले गर्न सकिरहेको छैन ,कर्मचारीहरु आ आफ्नै तरिकाले हिडिरहेका छ, यो सबै हुनुमा पालिका अध्यक्ष सलाम सिं लामाको कमजोरी  रहेको उहाँले बताउनु भएको छ।उहाँकै अनुसार यसै क्रममा विवाद भएर उपभोक्त समितिले माइनुट च्यात्तिएको र गाउँपालिका कार्यलयमा तालाबन्दी गरेका छ्न। प्रशासकीय प्रमुखले भुक्तानी दिन्न के गर्न सक्छौ गर भनेपछी उपभोक्त समितिहरु आक्रोशित भएका हुन। जनताको सेवा चुस्त तरिकाले सम्पन्न होस भनेर सरकारले स्थानीय तहमा खटिएको कर्मचारीले भुक्तानी दिन नमान्नु र गोजि रितो हुनु भनेर भन्नु स्वार्थ र भ्रष्ट नियति  रहेको उहाँको बुझाई रहेको छ। 

  सबै news पढ्नको लागि तलको web version मा click गर्नुहोला।।
Subcribe on YOUTUBE CHEFNO TV www.youtube.com/c/chefnotv2

Tuesday, January 15, 2019

नेपाल मगर संघ साइप्रसले भव्यताका साथ मनायो माघे सङक्रान्ति


नेपाल मगर संघ साइप्रसले मगरहरुले मनाउने महान चाड माघे सङक्रान्ति २०७५/०९/२९गतेका दिन साईप्रसको निकोसियामा भब्यताका साथ मनायो। उक्त कार्यक्रममा मगर समुदायको मौलिक भेषभुसाका साथै सस्कृति झल्किने नृत्य कौडा नाच प्रस्तुत गर्नुको साथै मगरहरुको मगरी खाना(सेल रोटी , बारा, बंगुरको मासु, मौलिक अचार)ले उपस्थित सम्पुर्ण पाहुनाहरुलाई मोहित बनाएका थिए। स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण पाहुनाहरुले नाच्दै गाउदै भरपुर मनोरञ्जन लिइरहेका थिए।

नेपाल मगर संघ साईप्रसका अध्यक्ष श्री खगेन राणामगर ज्यु को अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल होनरी कन्सुलरका डाक्टर श्री रामजिबन पंञ्जियार हुनुहुन्थ्यो भने बिसिष्ट अतिथीमा एन आर एन साईप्रसका अध्यक्ष श्री सूबाष मल्ल हुनुहुन्थ्यो। त्यस्तै गरी बरीष्ठ अतिथीमा नेपाल मगर संघ साइप्रसका सल्लाहकार तथा समाजसेवी जशु पुन मगर रहनु भएको थियो भने उक्त कार्यक्रमको सन्चालन नेपाल मगर संघ साइप्रसका सल्लाहकार श्री पुरन मगर अनि सदस्य जिबन पुन मगर (यानिक्स) ज्यु ले गर्नुका साथै कार्यक्रमको व्यवस्थापन मगर संघ साइप्रसका महासचिव श्री दर्सन पुनमगर ज्युले गर्नुभएको थियो। उक्त कार्यक्रममा  उपस्थित सम्पुर्ण बिशिष्ट अतिथीहरुलाइ अध्यक्ष खगेन राणा मगर ज्युले  मायाको चीनो प्रदान गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
Chefno tv reporter
सुरेस मिढुन मगर
पाल्पा
Chefno tv लाई  youtube मा SUBSCRIBE गर्नुहोला।
Scroll down and see in web virsion