प्रीय आमा ,
सुन्दैछु,
"क्रान्तिनायक" त तातोकुण्डमा छिरेर
पखाल्नु भयो रे ,
हाम्रा दाजुको रगतको छिर्का
ग्रीनेटको कालो ध्वाँसो
र एट्टीवान सेलका चर्कै आवाजहरु ।
जनबाद पखाल्नु भयो रे, र
खडा गर्नु भयो रे जनसत्तामाथि जंघि अड्डा!
क्रान्तीपखाल्नु भयो अरे ,र
सम्बृतिको सामन्ती शृङ्खला बसाल्दै हुनुहुन्छ अरे ,
पखाल्नु भयो अरे मृत्युका बांकी सपनाहरु
बेपताका अधुरा बिचारहरु
बारुदका अमिलो गन्धहरु !
झुपडिका इच्छ्याहरु र ,
बस्तिका आंकाङ्क्षाहरु ।
जलजलाका प्रतिक्षाहरु
टेम्केपहाडका आशाहरु ,
भेरिका सम्झनाहरु
अरुणका बिहानिहरु ।
चोमोलुङ्माका आवाजहरु
र म्हाभारका चित्कारहरु !
सबका सब पखाल्नु भयो अरे आमा,
हंसिया हतौडा झन्डाको रातै रङ ,
कलम ताराको अनुपम आकार ,
पखाल्नु भयो रे ,
समाजबाद ! साम्यबाद !
बिचार ,दर्शण र अबधारणाहरु !
यांहा त सब का सब पखालिन्छन आमा ,
आमा ,
केइ गरि नपखालिने त
हजुरको छातिमा बसेको ,
युद्ध को कालो डोब मात्रै हो ।
आफ्नै छोरो गुमाउदाको बिक्षिप्त पीडा मात्रै हो,
घाइते योद्धा को छातिबाट निस्केका
रगतको टाटा,मात्रै हो ।
सल्लेरि मोर्चामा जि पि एम्जि को गोलिले ,
बायाँ हात चुंडाएका भोला दाइको अर्तानाक दुख मात्रै हो,
भत्रकाली गणको यातना शिबिर भित्र ,
संङ्गिन रोपेर रगत मुछ्य शरिरमा
आफ्नै आंशुको म्हलम बनायर निको पारेका
सार्की काकाको घाउको बृतान्त मात्रै हो,
नपखालिने त ,
बिधुवा नारिको सादा जिन्दगिको एक फेरो ,
टुहुरा वालकको आशाको एक त्यान्द्रो ,
झुपडिमा बाको एक बुंद आँसु।
र शाहिजल्लादहरुले बीभत्स पुर्ण क्रीडा द्वारा
चेलिहरुको फरियामा लागेको शुक्रकिटको
कालो अबशेस ।
नपखालिने त ,
खाराको भिरमा गाडेका योद्धा को एक थान अस्तु ,
मैनाको कोमल आंखाहरु ,
सेनका कलमबाट उछिट्टीएका क्रान्तिकारी बाछिटाहरु,
च्याङ्बा लामाको सांस्कृतिक स्वरहरु,
दिलमायाको दिलदार मनहरु ,
मात्रै हुन ,
यांहा नपखालिने भनेका त,
बांकि त यांहा,
सबका सब पखालिन्छन आमा ,
बिशुद्द त यिनै अवयब हरु मात्र न हुन ,
अरे क्रान्तिनायक बिल्कुन शुद्ध भै सके ।
२०७५-०७-२७
- अर्पन मोक्तान
खांडादेबि कृषिप्राबिधिक बिधालय
चौरिदेउरालि - २ काभ्रे
सुन्दैछु,
"क्रान्तिनायक" त तातोकुण्डमा छिरेर
पखाल्नु भयो रे ,
हाम्रा दाजुको रगतको छिर्का
ग्रीनेटको कालो ध्वाँसो
र एट्टीवान सेलका चर्कै आवाजहरु ।
जनबाद पखाल्नु भयो रे, र
खडा गर्नु भयो रे जनसत्तामाथि जंघि अड्डा!
क्रान्तीपखाल्नु भयो अरे ,र
सम्बृतिको सामन्ती शृङ्खला बसाल्दै हुनुहुन्छ अरे ,
पखाल्नु भयो अरे मृत्युका बांकी सपनाहरु
बेपताका अधुरा बिचारहरु
बारुदका अमिलो गन्धहरु !
झुपडिका इच्छ्याहरु र ,
बस्तिका आंकाङ्क्षाहरु ।
जलजलाका प्रतिक्षाहरु
टेम्केपहाडका आशाहरु ,
भेरिका सम्झनाहरु
अरुणका बिहानिहरु ।
चोमोलुङ्माका आवाजहरु
र म्हाभारका चित्कारहरु !
सबका सब पखाल्नु भयो अरे आमा,
हंसिया हतौडा झन्डाको रातै रङ ,
कलम ताराको अनुपम आकार ,
पखाल्नु भयो रे ,
समाजबाद ! साम्यबाद !
बिचार ,दर्शण र अबधारणाहरु !
यांहा त सब का सब पखालिन्छन आमा ,
आमा ,
केइ गरि नपखालिने त
हजुरको छातिमा बसेको ,
युद्ध को कालो डोब मात्रै हो ।
आफ्नै छोरो गुमाउदाको बिक्षिप्त पीडा मात्रै हो,
घाइते योद्धा को छातिबाट निस्केका
रगतको टाटा,मात्रै हो ।
सल्लेरि मोर्चामा जि पि एम्जि को गोलिले ,
बायाँ हात चुंडाएका भोला दाइको अर्तानाक दुख मात्रै हो,
भत्रकाली गणको यातना शिबिर भित्र ,
संङ्गिन रोपेर रगत मुछ्य शरिरमा
आफ्नै आंशुको म्हलम बनायर निको पारेका
सार्की काकाको घाउको बृतान्त मात्रै हो,
नपखालिने त ,
बिधुवा नारिको सादा जिन्दगिको एक फेरो ,
टुहुरा वालकको आशाको एक त्यान्द्रो ,
झुपडिमा बाको एक बुंद आँसु।
र शाहिजल्लादहरुले बीभत्स पुर्ण क्रीडा द्वारा
चेलिहरुको फरियामा लागेको शुक्रकिटको
कालो अबशेस ।
नपखालिने त ,
खाराको भिरमा गाडेका योद्धा को एक थान अस्तु ,
मैनाको कोमल आंखाहरु ,
सेनका कलमबाट उछिट्टीएका क्रान्तिकारी बाछिटाहरु,
च्याङ्बा लामाको सांस्कृतिक स्वरहरु,
दिलमायाको दिलदार मनहरु ,
मात्रै हुन ,
यांहा नपखालिने भनेका त,
बांकि त यांहा,
सबका सब पखालिन्छन आमा ,
बिशुद्द त यिनै अवयब हरु मात्र न हुन ,
अरे क्रान्तिनायक बिल्कुन शुद्ध भै सके ।
२०७५-०७-२७
- अर्पन मोक्तान
खांडादेबि कृषिप्राबिधिक बिधालय
चौरिदेउरालि - २ काभ्रे