Wednesday, December 14, 2022

काभ्रे बस दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसकेको छ

 


काभ्रेको बेथानचोक गाउँपालिकाको च्याल्टीबाट ढुंखर्क हुँदै बनेपा तिर आइरहेको बा ३ ख ४३८५ नम्बरको  ३९जना यात्री बोकेको रिजर्भ बस बेथानचोक -४ चलाल गणेशस्थानमा करिब बेलुकाको ७:०० बजे तिर दुर्घटना घटनास्थलमा १७ जनाको मृत्युको भएको छ भने दर्जनौ घाईते भएको छ । 

 दुर्घटनामा मृत्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसके जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी १७ जना मृत्यु भएकामध्ये बुधबार ९ वटा शव मात्रै परिवारले जिम्मा लिएको छ । 

दुर्घटनामा ललितपुर जिल्ला महांकाल–६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक), 

बेथानचोक–४ बस्ने वर्ष १९ को रविन तामाङ,

 बनेपा–११ बस्ने वर्ष ७९ की निर्मला तामाङ,

 बनेपा–११ बस्ने वर्ष २८ की मन्जु तामाङ, 

तेमाल–८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ, तेमाल–८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ, इन्द्रसरोवर–१ बस्ने वर्ष ६ की समीक्षा थिङ, मण्डनदेउपुर–१ बस्ने वर्ष ४१ की चेलीमाया तामाङ, बनेपा–१४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ, काभ्रे जिल्ला बनेपा–१४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ, बेथानचोक–५ बस्ने वर्ष २४ की मन्जु तामाङको मृत्यु भएको छ ।



पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुमार तामाङ, बेथानचोककी ३३ वर्षीया नीरुमाया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्तबहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २० वर्षीय रूपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्लास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।