Tuesday, February 14, 2023

भिडियो सहित)गायक मिलन लामाको साथमा साईप्रसमा भव्यताका साथ मनायो ल्होछार।नेपाल तामाङ घेदुङ साईप्रस

 


    नेपाल तामाङ घेदुङ साईप्रसले आयोजना गरेको ल्होछार कार्यक्रम गायक मिलन लामाको साथमा धुमधामका साथ मनाएको छ।१२ तारिखको दिन साईप्रसको लिमासोलमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मिहरु, तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थिति थियो।

 सम्पुर्ण कार्यक्रममा सहभागि भएका दर्शक तथा अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष निर्मला थिङले स्वागत मनतव्य द्धारा स्वागत गरेको छ भने लामा विभाग तर्फबाट महिला लामाहरुले शान्तिको कामना गर्दै मोलम पाठ गरेका छन।


कार्यक्रम उद्घघाटन समारोहमा कार्यक्रम संचालन राजमान घ्लान र कृपा घिषिङले गरेका हुन भने औपचारीक कार्यक्रम संचालनभने पुरन मगरले गरेका हुन।निकैनै राम्रो मुख मिठ्याउने चिया र खाप्स्यो बाट स्वागत भएको कार्यक्रममा नेपाली खानाको निकै तारिफ योग्य थियो ।खाना बनाउने सेफहरुको निकै तारिफ गरेको सहभागि दर्सकहरुबाट सुन्न पाईन्थ्यो। अतिथीहरुको सम्मान तथा स्वागत सत्कार निकै भव्य थियो।

Full video


Clik here for more video on youtube

स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको यो कार्यक्रममा मिलन लामाले आफुलाई चर्चाको शिखरमा पुर्याईएको  "माझि दाई पोखरा फेवातालको"गितमा दर्शकहरुलाई लालाहित बनायो।गायक मिलन लामाले आफु लोक दोहोरी गायक भएपनि तामाङ म्हेन्दोमाया गित तथा तामाङ सेलोहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफुतिर तानिरहे।साउन्ड सिस्टममा केहि खराबी आउदा पनि गायक मिलन लामाले DJ र साउण्ड म्यानहरुलाई रोष्ट गरेर हसाइराखे, रमाईलो गराइराखे तर दर्शकहरुले साउण्ड सिस्टम बिग्रेको पत्तो पाएनन्।मिलन लामाको हसाउने र गित गाउने दुबै खुविले कार्यक्रममा सहभागिहरुको मन जित्न सफल भए।




कार्यक्रमको अन्तमा गायक मिलन लामालाई विभिन्न संघ-संस्था तथा नेपाल तामाङ घेदुङले मायाको चिनो दिएर सम्मान गरेका छन ।

आत्मा ध्वज

सेफ्नो टिभी

Cyprus