Friday, April 15, 2022

साईप्रस राष्ट्रिय क्रिकेट लिगमा चम्किदै नेपाली क्रिकेट टिम।स्प्रिङ टि-ट्वाईटीको सेमिफानलमा प्रबेश।



साईप्रसमा जारी स्प्रिङ टि-टवान्टी क्रिकेट लिगमा नेपाली टिम एभरेष्ट क्रिकेट क्लब लिग बाट सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान विमल राणाभाटले समालेको क्रिकेट टोली यो सिजनमा निकै दमदारका साथ खेलिरहेको छ। स्प्रिङ टि-ट्वन्टिमा ९ ओटा टिमहरु छन जसलाई दुई समुहमा बिभाजन गरेको छ।समुह चरणमा नेपाली टिम एभरेष्ट क्रिकेट क्लवले एक हार र तीन जित संगै सेमिफाईनलको यात्रा तय गरेको हो।

      एभरेष्टका लागि समुह चरणको अन्तिम खेल निकै रोचक बनेको थियो सेमिफाईनल यात्राको लागि  जितको निकै दवाब थियो अन्तिम खेलमा एभरेष्टले LARNACA LOIN लाई जित्नै पर्ने दबाव थियो, 147 को टारगेट दिएको लार्नाकालाई जितको लागि एभरेष्टका सहिल अखतरले  ४७ वल खेल्दा ४७ रन जोडेका  थिए भने गेम जित्न मुख्य भुमिका भने श्याम रावलले खेलेका थिए ।सात विकेटको क्षति बेहोरेको एभरेष्ट टिमलाई जितको लागि निकै महङगो परिसकेको अवस्थामा रावलको सिक्सले जित हात पर्यो अन्तत ३ विकेटले लार्नाका स्तव्ध रह्यो। सेमिफाईनलका गेमहरु आगामि आईतवार हुदैछ 


सेफ्नो टिभि (CHEFNO TV)
Aatma dhoj


Monday, April 11, 2022

सुदूरपश्चिमका नेपाली समाज साइप्रसले आउदै गरेको नेपाली नया बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


 
सुदूरपश्चिमेली नेपाली समाज साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन्।नेपाली मिति अनुसार २०७८ चैत २७ गते आइतबारको दिन साइप्रसको निकोसियाको सिता पार्कमा कार्यक्रम सम्पन्न गरेको हो। सुदूरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर बहादुर खड्काको सभापतित्व रहेको कार्यक्रममा गैरआवसिय नेपाली संघ साइप्रसकी महासचिव राधा पोखरेल थापा प्रमुख अथिती हुन भने कार्यक्रमलाई सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी महासचिव रमिता चन्द रितुले संचालन गरेका छन ।CHEFNO TV YOUTUBE LINK

साइप्रसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अथितीको रूपमा कार्यक्रममा उपस्थित भएका छन।कार्यक्रममा उपस्थित मान्यगणहरुलाइ ब्याज र दोसल्ला ओडाइदै सम्मान गरिएको छ। कार्यक्रमा सुप नेपाली समाजकि उपाध्यक्ष लक्ष्मी थापा जोशीले स्वागत मन्तब्य राखेका छन् भने उपस्थित सबै अथितीहरुको शुभकामना मन्तब्य सहित एक नृत्य पनि कार्यक्रममा प्रस्तुत गरिएको छ। 


नेपालीहरु संसारको जुनसुकै कुनामा भए पनि आफ्नो राष्ट्रीयता र देशको संस्कृतिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो। र अन्त्यमा प्रमुख अथितीको शुभकामना मन्तब्य राख्नुभए पछि कार्यक्रमका अध्यक्षले शुदुरपश्चिमको कला संस्कृतीलाई जोगाउनुपर्ने र अगामी दिनहरुमा पनि हाम्रा मूल्य र मान्यताहरुलाई आत्मसात गर्दै यस्तै कार्यक्रम गरिरहने जनाउदै,आउदै गरेको नयाँ बर्ष २०७९ को सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएका छन । औपचारिक कार्यक्रम समापन पछि उपस्थित सम्पुर्णले खुशी र हर्षका साथ शुदुरपश्चिमको देउडा गितमा देउडा खेल्दै रमाइलो गरेका छन अन्त्यमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुलाइ नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम समाप्त भएको छ।

CHEFNO TV

सेफ्नो टिभी

AATMA DHOJ