Tuesday, September 22, 2020

साईप्रसमा प्रथम नेपाली युनिटी च्याम्पियनसिप फुटसल टुर्नामेन्ट आयोजना हुने भएको छ


 यहि आउदो अक्टोवर ४ तारीखमा साईप्रसमा एउटा ऐतिहासिक फुटसल टुर्नामेन्ट हुनलागेको छ।सेफ्नो टिभीको आयोजनामा हुन लागेको उक्त खेलमा रमाईलो ग्रुप र KDG ग्रुप आयोजक कमिटीमा रहेको छ। सह-आयोजकमा मिसन नेपाल साईप्रस, साईप्रस नेपाली एकता समाज र नेपाल-साईप्रस सद्भाव समाज रहेको छ।प्रायोजकमा महाराजगन्ज काठ्माण्डौमा रहेको इट एन्ड स्माईल क्याफे र अनलाईन सप VINCENT E-SHOP रहेको छ।त्यसै गरेर सपोर्टिङ पार्टनरमा निकोसियाको फानोस ग्रुप र पापोस मा रहेको लामा अपार्ट रहेको छ।



 नेपाली एकताको लागी भनी गर्न लागेको यो खेलमा टिम दर्ताको लागि २०यूरो तोकिएको छ ।निकै नै न्युन दर्ता रकम रहेको यस आयोजनामा प्रथम पुरस्कार-नगद 201युरो, कप,मेडल र प्रमाण पत्र दिईने छ भने द्धितिय पुरस्कार नगद 101युरो कप मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरेर तृतियलाई कप मेडल र प्रमाणपत्र रहेको छ।उत्कृष्ट खेलाडीहरुलाई कप प्रमाणपत्र र जनही इट एण्ड स्माईल क्याफेको तर्फ बाट रु 2000/-को फुड कुपन दिईनेछ (जुन कुपनबाट इट एण्ड स्माइलमा रु2000 बराबरको खाना खान सक्नुहुनेछ) निकोसियामा हुन लागेको यो आयोजनाको टिम दर्ता गर्न अन्तिम मिती सेप्टेम्बर 26 तारीख तोकिएको छ।

सेफ्नो टिभी

आत्मा ध्वज

हाम्रो च्यानल सेफ्नो टिभीलाई subscribeगर्नुहोला







Wednesday, September 16, 2020

नेपालमा फेरी ५•३ रेक्टर स्केलको भुकम्प गयो

 


आज बिहान पाॅच बजेर १९ मिनेट जादा नेपालमा भुकम्प आएको छ।५.३ रेक्टर स्केलको भुकम्प नेपाल को बोर्डर XIZANG (TIBET)केन्द्र बनाएर गएको हो।




Magnitude: mb 5.3

Region:XIZANG-NEPAL BORDER REGION


Depth2 km 

Distances 63 km NE of Kathmandu, Nepal / pop: 1,442,000 / local time: 05:19:04.

Chefno tv 

Aatma dhoj

Updating ......
Subscribe our channel chefno tv

Saturday, September 5, 2020

गायक तुल्सी सिवाकोटीको "तिमी मेरो जिवनको"बोलको म्युजिक भिडियो सार्वजनिक



CHEFNO TV

 युरोपमा उदाईएका गायक तुल्सी सिवाकोटीले शनिबार आफ्नो गित (तिमी मेरो जिवनको)एसियन म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरेका छन।लाखे प्रोडक्सनमा बनेको यस गितमा हरी उप्रेतीले शब्द भरेका छन भने तुल्सी सिवाकोटीको स्वर रहेको छ।


(CLICK)सेफ्नो टिभिलाई SUBSCRIBE गर्नुहोला

म्युजिक भिडियोमा पनि तुल्सी सिवाकोटी आफैले अनिता घ्लान तामाङ सित अभिनय गरेका छन । "परदेशको बसाइ काम, घर, परिवार अनि संगीत धेरै अप्ठ्यारो अनि चुनौती पनि र ति माथि अहिलेको बिषम परिस्थितिमा पनि हामीले म्युजिक भिडियो दर्शकमाझ पस्केका छौ आशा छ तपाईहरुले माया गर्नुहुनेछ"जर्मन बस्दै आएका तुल्सी सिवाकोटीले सेफ्नो टिभी मार्फत दर्शकहरुलाई बताए।"दर्शकहरु विना हामी कलाकारहरु अधुरो हुनाले दर्सकहरु सम्पुर्णलाई धन्यबाद तपाईहरुको मायालेनै लगभग  १६/१७ओटा गितहरु ल्याईसकेको छु" सिवाकोटी बताउछन।

भिडियो सहित हेर्नुहोला

सेफ्नो टिभी
आत्मा ध्वज