अन्नपूर्ण गाउँपालिका वार्ड नं. २ निवासी केशव अधिकारी एवं पवित्रा अधिकारीका २० वर्षीय छोरा रोशन अधिकारीको ४/११/२०२० का दिन साईप्रसमा निधन भएको थियो। साईप्रस स्थित नेपालीहरुको संगठन साईप्रस नेपाली एकता समाजले मृतक रोशन अधिकारीको बुवा आमालाई (रु.१४१२५०/- )एक लाख एक्चालिस हजार दुई सय पचास रुपैया सहयोग संकलन गरी पठाएको रकमलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाज सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल मार्फत अन्नपूर्ण गाउँ पालिका कार्यालयमा सानो कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम अन्नपूर्ण गा.पा.वार्ड नं २ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षतामा र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको संचालनमा अगाडी बढेको कार्यक्रममा राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनाल, नेकपा(मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गा.पा. अध्यक्ष युवराज कुवर, मृतकको हजुरआमा तुलसी अधिकारी बुवा केशव अधिकारी आमा पवित्रा अधिकारी, वार्ड न. २ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं. ३ सदस्य रामजी पौडेल अन्नपूर्ण शिक्षा साखाका बलराम भुजागाईको अतिथि आसन पछि मृतक अधिकारी प्रति मौनधारणसंगै ठाकुर खनालले सहयोग हस्तान्तरण गरेको छ ।
कार्यक्रममा ठाकुर खनाल, युवराज कुवर, चन्द्र बहादुर केसी र शंकर बरालले शोक मन्तव्य दिइएको हामीलाई बिन्दु खड्काले जानकारी दिइएकी छिन
बिन्दु खड्का साईप्रस नेपाली एकता समाज केन्द्रीयसमितिका कोषाध्यक्ष हुनुहन्छ ।
वहाँ ले साईप्रस स्थित नेपालीहरु लाई सहयोग का लागी संगठन को तर्फबाट समेत हार्दिक धन्यावाद व्यक्त गर्नु भएको छ।
यस्तो छ संगठन को तर्फ बाट धन्यावाद ज्ञापन।
साईप्रस स्थित आदरणीय दिदी बहीनी तथा दाजु भाई हरु.. हार्दिक धन्यावाद तथा आभार।
उपयुक्त सम्बन्ध मा अन्नपूर्ण गाँउपालिका २ ढिकुर पोखरी, कास्की साविक ढिकुर पोखरी गा.बि.स. ९ सेराचौर निवासी श्री केशवराज अधिकारीको छोरा नेपाली राहदानी न ०९८८८६८३ भएको वर्ष २० का रोशन अधिकारी साईप्रस निकोसिया स्थित “City Unity College” मा अध्ययनरत थिए ।
निज रोशनले गत ०४ नोभेम्बर २०२० मा आत्महत्या गरेको स्थानीय प्रशासनले पुष्टि गरेको थियो ।
मृतक रोशन अधिकारीको पार्थिव शरीरलाई उनको परिवारद्वारा इज़रायल स्थित नेपाली राजदूतावास मार्फत निजको शव साईप्रस मै दाहासंस्कार गर्न भनि आग्रह गरेको बारे हामी शर्वविदितै छौं।
उक्त विषय बारे छलफलका लागि गत १४ डिसेम्बर २०२० का दिन साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डल अवैतनिक वाणिज्य राजदूतावास निकोशिया पुगेको थियो ।
प्रतिनिधि मण्डल र अवैतनिक वाणिज्य राजदुत डा. राम जीवन पन्जियार ज्यू बीच छलफल पछी मृतक रोशन अधिकारीको घरको आर्थिकस्थिति अत्यन्तै दैनिय, नाजुक अवस्थामा रहेको जानकारी प्राप्त भएको थियो।
अत: साईप्रस नेपाली एकता समाजका अध्यक्ष देवेन थापाले मृतक रोशन अधिकारीको परिवारको नाता लाग्ने दाई युवराज अधिकारीसँग र अन्नपूर्ण गा.पा. अध्यक्ष ज्यूलाई सम्पर्क गरि उनको घरको आर्थिक स्थिति बारे बुझ्दा घरबारसमेत पहिरोबाट नष्ट भएको परिवारको आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेको र प्राकृतिक आपतविपतका कारणले गम्भिर समस्या झेलिरहेको भन्ने गा.पा अध्यक्ष ले जानकारी गराउनु भएको थियो ।
साथै “मृतक रोशन अधिकारी को शव व्यवस्थापन मा लाग्ने अनुमानित खर्च विवरण बारे अवैतनिक वाणिज्य राजदुत डा. रामजिवन पन्जियार ज्यू ले गत १४/१२/२०२० मा साईप्रस नेपाली एकता समाजका प्रतिनिधिहरु लाई दिनु भएको जानकारी अनुसार साथै गैर-आवासीय नेपाली संघ साईप्रस ले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार निज को शव व्यवस्थापन का लागी लाग्ने रकम पुरा भएको खबर सामाजिक संजाल हरु मार्फत जानकारी भएको हुदा साईप्रस नेपाली एकता समाज ले अवैतनिक वाणिज्य राजदुत डा. रामजिवन पन्जियार ज्यू को आग्रह अन्नपूर्ण गा.पा. वडा २ ढिकुर पोखरी बाट सहयोगका लागी मृतकको परिवारले आग्रह गरेको व्यहोरा सहितको निवेदन हाम्रो संगठनलाई पठाइए प्रस्ताव साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति ले मृतक का परिवार लाई आर्थिक सहयोग गर्न संगठन का सदस्य साथीहरु लगाएत अन्य साईप्रस स्थित नेपालीहरु बिच आर्थिक सहयोग जुटाउन अनुरोध गरेको थियो ।
विश्व नै महामारी रोग कोभिड १९ बाट आक्रान्त छ। विश्वका प्राय सबै देशहरुले लकडाउन र संकटकालिन घोषणा गरेका छन्।
यो अवस्था मा साईप्रस र साईप्रस स्थित नेपाली हरु पनी अछुत छैनन् ।
जसका कारण साईप्रस स्थित अधिकांश नेपाली हरुमा पनी अन्य मुलूक जस्तै आर्थिक गतिविधि ठप्प छ।
साईप्रस स्थित नेपाली हरुले यस्तो प्रतिकूल प्रस्थिति मा आफ्नै जीविकोपार्जन गर्नै गाह्रो भएको अवस्था मा पनी मृतक अधिकारी का परिवार लाई सहयोग गर्नु भएको छ ।जसले विश्वका अन्य प्राणीहरुमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो । उ आफ्नो विवेकले अरु प्राणी भन्दा सर्वश्रेष्ठ छ भन्ने एउटा सकारात्मक उदाहरण स्थापित गरेको छ।
भनाई छ मानव शरीरलाई जीवन्त राख्ने अत्यावश्यक रुपमा चाहिने बस्तु भनेको गास, बास, कपास हो ।
त्यसपछि बल्ल अन्य अरु सेवा सहयोग हरु। तर समाज मा नेपाली हरु प्रती संकट आई पर्दा यी सबै भनाई हरु पनी भनाईमा सिमित हुदा रहेछन् त्यो प्रवासी नेपाली हरु ले प्रमाणित गरेका छन् । यही नै एकता को प्रतीक हो।
अधिकारी परिवार को दुखद घडीमा मन खोलेर सहयोग गर्नुहुने सम्पुर्ण दाहनीय दीदी बहिनी तथा दाजु भाईहरु प्रती साईप्रस नेपाली एकता समाज केन्द्रीय समिति को तर्फ बाट हृदय देखी हार्दिक धन्यवाद आभार प्रकट गर्दै उहाँहरुको अतुलनीय सहयोग सदभावले अझ ज़िम्मेवारी थप भएको महसूस गरेका छौं।
स्वर्गीय रोशन अधिकारी का परिवार लाई सहयोग गर्ने सहयोगीदाता हरु को नामावली।
(१) रामु कुंवर € १०/-
(२) चन्द्र बहादुर वली € ५१/-
(३) खिमान थापा € ७५/-
(४) बिन्दु खड्का € २५/-
(५) मन्जु लिम्बु € १०/-
(६) कबिता गोले € २०/-
(७) जिबराज पोखरेल € ५१/-
(८) बबिता रोका मगर € २०/-
(९) रिता थापा क्षेत्री € १०/-
(१०) ईश्वर घर्ति € ५१/-
(११) बिना मानन्धर € १०/-
(१२) मुना मगर € २०/-
(१३) बबिता गुरूङ € ३०/-
(१४) बिनोद केसी € ३०/-
(१५) देवेन थापा € ५१/-
(१६) अमृता राई € १०/-
(१७) तारा मास्किल € १०/-
(१८) ज्योति गुरूङ € १५/-
(१९) सुनिता गिरी € १०/-
(२०)अमृता परियार € २०/-
(२१) सम्झना परियार?€ २०/-
(२२) रूबि गुरूङ € २०/-
(२३) कल्पना रोका € २०/-
(२४) गंगा मगर € २०/-
(२५) गिरा नेपाली थापा € ५०/-
(२६) यामी मगर € ५५/-
(२७)नब राज केसी € २१/-
(२८) साम्बा लामा € ११/-
(२९)नरदा कार्की € ०५/-
(३०) राधिका कार्की € १०/-
(३१) सम्झना वली € १०/-
(३२)सिमा लिम्बु € १०/-
(३३)मिना लिम्बु € १०/-
(३४)बबिता लिम्बु € १०/-
(३५)दिपा लिम्बु € १०/-
(३६) रन्जिता गुरूङ € १०/-
(३७) निशा धिमाल € १०/-
(३८) जिबन कला राई € ०५/-
(३९) सान्ती तामाङ € ०५/-
(४०) बाम बहादुर खड्का € १०/-
(४१) बुद्धिमान तामाङ € १०/-
(४२) गौरी गुरूङ € ०५/-
(४३) सरिता सेन ठकुरी € १०/-
(४४) सिता शर्मा € १०/-
(४५) डोमा शेर्पा € ०५/-
(४६)बिकाश शर्मा €१०/-
(४७) तारा कार्की € १०/-
(४८) अनु लिम्बु € १०/-
(४९) सोनाम गुरूङ €१०/-
(५०) मिन बगदास € ०५/-
(५१) सुनिला मगर € १०/-
(५२) छबिका मगर € २०/-
(५३) सानी लिम्बु € १०/-
(५४) खुशी राई € २०/-
(५५)सबिना सुब्बा €१०/-
कुल रकम १००६/- युरो {एक हजार छ युरो}
कुल नेपाली रकम १४१२५०/-{ एक लाख एकचालिस हजार दुई सय पचास रुपैया} अन्तर्राष्ट्रीय नेपाली एकता समाज का सचिवालय सदस्य एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का महासचिव ठाकुर खनाल मार्फत मृतकको हजुरआमा तुलसी अधिकारी बुवा केशव अधिकारी आमा पवित्रा अधिकारी, लाई हस्तांतरण गर्नु भएको छ।
पोखरा सम्म पुगि साईप्रस नेपाली एकता समाज ले पठाएको सहयोग रकम सम्बन्धित परिवार सम्म ज़िम्मेदारी पुर्वक पुर्याउन सहयोग गर्नु हुने अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का महासचिव ठाकुर खनाल ज्यू लाई साईप्रस नेपाली एकता समाजले विशेष धन्यावाद व्यक्त गरेको छ।
साथै शव व्यवस्थापनका लागि भौतिक,आर्थिक र नैतिक सहयोग मा जुट्नु भएका सम्पुर्ण संघ-संस्थाहरु प्रती साईप्रस नेपाली एकता समाज हार्दिक धन्यावाद ज्ञापन गरेको छ।
सेफ्नो टिभी
आत्मा ध्वज
Chefno tv on youtube click click
No comments:
Post a Comment