Monday, December 10, 2018

बुद्ध लामा साईप्रस आऊदै



नेपाल तामाङ घेदुङ साईप्रसले फेब्रुअरी 3मा आयोजना गर्न लागेको ल्होछार विशेष कार्यक्रममा नेपाल आईडल बुद्ध लामा साईप्रस आउने भएका छन। २८५५औं फाग ल्हो सोनाम ल्होछारको पावन अवसरमा नेपाल तामाङ घेदुङ साईप्रसले गत बर्षहरूझै यो बर्ष पनि विशेष कार्यक्रम राख्नेभएको हो।
           

Saturday, December 8, 2018

अमित बराल बाहिरीदा सबै फ्यान चकित



काठमाण्डु नेपालः अन्तराष्ट्रिय फ्रेन्चाइज सो नेपाल आइडल सिजन 2 को टप 5 बाट अमित बराल बाहिरीएको छ। पूष्पन प्रधानको पंछि गित गाएर जज् र दर्शकलाई रुवाएको अमितले त्यसपछि निकै चर्चा बटुल्यो तर  टप 5मा भने सबैभन्दा कम भोट ल्याएर अमित बाहिरिनु पर्दा सबै दर्शक र फ्यानहरु आश्चर्यमा परेका छन। 
    बिहीवार भएको 33औ एपीसोडमा अमीत बरालले सनुप पौडेलको मनजरीको 'दैव हे' गित गाएका थिए। नवलपरासीमा जन्मिएका अमितले पंछी गित गाएर सबैको आखाॅबाट आॅशु झारेर पुष्पन प्रधानलाई निकै चर्चामा ल्याएका थिए र पुष्पनले भाग्यविधता अमित भनेर खुलेर प्रसंशा गर्नुभएको थियो। 
अबको टप 4 मा बिक्रम बराल,सुमित पाठक,अश्मिता अधिकारी र रवी ओदले टप थ्रिको लागी प्रतिस्पर्दा गर्नेछन। नेपाल आइडलको फर्म्यासन अनुसार अब एक जना मात्र प्रतिस्पर्धी बाहिरीनेछन।र तीन जनाबाट दर्शकको भोटको आधारमा बन्नेछन दोश्रो नेपाल आइडल, फस्ट रनरअप र सेकेन्ड रनरअप।
आत्मा ध्वज
Chefno tv
Visit www.chefnotv2.com
Subscribe 
For video
Www.youtube.com/c/chefnotv2