Sunday, August 13, 2023

गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडियो ‘तिमी मन पर्यो’ सार्वजनिक

 


गायक तुलसी सिवाकोटीको नयाँ म्यूजिक भिडियो ‘तिमी मन पर्यो’ सार्वजनिक भएको छ।

गायक तुलसी सिवाकोटीले नयाँ म्यूजिक भिडिओ ‘तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । डीपी खनालको शब्द रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन् ।


भिडियोको निर्देशन तथा छायांकन विवेक लामा तामाङले गरेका हुन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन ।


भिडियोलाई शिवाकोटीको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको छ । भिडियोमा युरोपको मनोरम दृश्यलाई समेटिएको छ भने नेपाली नारीको सांस्कृतिक झल्को दिने प्रयास गरिएको छ ।