Monday, December 10, 2018

बुद्ध लामा साईप्रस आऊदै



नेपाल तामाङ घेदुङ साईप्रसले फेब्रुअरी 3मा आयोजना गर्न लागेको ल्होछार विशेष कार्यक्रममा नेपाल आईडल बुद्ध लामा साईप्रस आउने भएका छन। २८५५औं फाग ल्हो सोनाम ल्होछारको पावन अवसरमा नेपाल तामाङ घेदुङ साईप्रसले गत बर्षहरूझै यो बर्ष पनि विशेष कार्यक्रम राख्नेभएको हो।
           

Saturday, December 8, 2018

अमित बराल बाहिरीदा सबै फ्यान चकित



काठमाण्डु नेपालः अन्तराष्ट्रिय फ्रेन्चाइज सो नेपाल आइडल सिजन 2 को टप 5 बाट अमित बराल बाहिरीएको छ। पूष्पन प्रधानको पंछि गित गाएर जज् र दर्शकलाई रुवाएको अमितले त्यसपछि निकै चर्चा बटुल्यो तर  टप 5मा भने सबैभन्दा कम भोट ल्याएर अमित बाहिरिनु पर्दा सबै दर्शक र फ्यानहरु आश्चर्यमा परेका छन। 
    बिहीवार भएको 33औ एपीसोडमा अमीत बरालले सनुप पौडेलको मनजरीको 'दैव हे' गित गाएका थिए। नवलपरासीमा जन्मिएका अमितले पंछी गित गाएर सबैको आखाॅबाट आॅशु झारेर पुष्पन प्रधानलाई निकै चर्चामा ल्याएका थिए र पुष्पनले भाग्यविधता अमित भनेर खुलेर प्रसंशा गर्नुभएको थियो। 
अबको टप 4 मा बिक्रम बराल,सुमित पाठक,अश्मिता अधिकारी र रवी ओदले टप थ्रिको लागी प्रतिस्पर्दा गर्नेछन। नेपाल आइडलको फर्म्यासन अनुसार अब एक जना मात्र प्रतिस्पर्धी बाहिरीनेछन।र तीन जनाबाट दर्शकको भोटको आधारमा बन्नेछन दोश्रो नेपाल आइडल, फस्ट रनरअप र सेकेन्ड रनरअप।
आत्मा ध्वज
Chefno tv
Visit www.chefnotv2.com
Subscribe 
For video
Www.youtube.com/c/chefnotv2


Wednesday, November 14, 2018

प्रीय आमा , सुन्दैछु, "क्रान्तिनायक" त तातोकुण्डमा छिरेर पखाल्नु भयो रे ,



प्रीय आमा ,
सुन्दैछु,
"क्रान्तिनायक" त तातोकुण्डमा छिरेर
पखाल्नु भयो रे ,

हाम्रा दाजुको रगतको छिर्का
ग्रीनेटको कालो ध्वाँसो
र एट्टीवान सेलका चर्कै आवाजहरु ।

जनबाद पखाल्नु भयो रे, र
खडा गर्नु भयो रे जनसत्तामाथि जंघि अड्डा!

क्रान्तीपखाल्नु भयो अरे ,र
सम्बृतिको सामन्ती शृङ्खला बसाल्दै हुनुहुन्छ अरे ,

पखाल्नु भयो अरे मृत्युका बांकी सपनाहरु
बेपताका अधुरा बिचारहरु
बारुदका अमिलो गन्धहरु !

झुपडिका इच्छ्याहरु र ,
बस्तिका आंकाङ्क्षाहरु ।

जलजलाका प्रतिक्षाहरु
टेम्केपहाडका आशाहरु ,

भेरिका सम्झनाहरु
अरुणका बिहानिहरु ।

चोमोलुङ्माका आवाजहरु
र म्हाभारका चित्कारहरु !

सबका सब पखाल्नु भयो अरे आमा,

 हंसिया हतौडा झन्डाको रातै रङ ,
कलम ताराको अनुपम आकार ,

पखाल्नु भयो रे ,
समाजबाद ! साम्यबाद !
बिचार ,दर्शण र अबधारणाहरु !

यांहा त सब का सब पखालिन्छन आमा ,

आमा ,
केइ गरि नपखालिने त
हजुरको छातिमा बसेको ,
युद्ध को कालो डोब मात्रै हो ।

आफ्नै छोरो गुमाउदाको बिक्षिप्त पीडा मात्रै हो,
घाइते योद्धा को छातिबाट निस्केका
रगतको टाटा,मात्रै हो ।

सल्लेरि मोर्चामा जि पि एम्जि को गोलिले ,
बायाँ हात चुंडाएका भोला दाइको अर्तानाक दुख मात्रै हो,

भत्रकाली गणको यातना शिबिर भित्र ,
संङ्गिन रोपेर रगत मुछ्य शरिरमा
आफ्नै आंशुको म्हलम बनायर निको पारेका
सार्की काकाको घाउको बृतान्त मात्रै हो,

नपखालिने त ,
बिधुवा नारिको सादा जिन्दगिको एक फेरो ,
टुहुरा वालकको आशाको एक त्यान्द्रो ,
झुपडिमा बाको एक बुंद आँसु।

र शाहिजल्लादहरुले बीभत्स पुर्ण क्रीडा द्वारा
चेलिहरुको फरियामा लागेको शुक्रकिटको
कालो अबशेस ।

नपखालिने त ,
खाराको भिरमा गाडेका योद्धा को एक थान अस्तु ,

मैनाको कोमल आंखाहरु ,

सेनका कलमबाट उछिट्टीएका क्रान्तिकारी बाछिटाहरु,

च्याङ्बा लामाको सांस्कृतिक स्वरहरु,
दिलमायाको दिलदार मनहरु ,

मात्रै हुन ,
यांहा नपखालिने भनेका त,
बांकि त यांहा,
सबका सब पखालिन्छन आमा ,

बिशुद्द त यिनै अवयब हरु मात्र न हुन ,
अरे क्रान्तिनायक बिल्कुन शुद्ध भै सके ।
                २०७५-०७-२७ 
             
               - अर्पन मोक्तान
        खांडादेबि कृषिप्राबिधिक बिधालय
               चौरिदेउरालि - २ काभ्रे

Tuesday, November 13, 2018

उत्क्रिष्ट टोली बन्दै नेपाली महिला टोली दोस्रो चरनमा प्रवेस



समूह सी को अन्तिम खेलमा नेपालले बङ्गलादेश सित पनि १-१को बराबरी खेल्यो।निकैनै बलियो मानिने नेपाली महिला टोलीले कमजोरी बङ्गलादेशसित बराबरी नतिजा निकाल्नु दुर्भाग्यको कुरा हो।
   निकैनै आक्रमक स्ट्राटेजीमा खेलेको नेपाली टोलीले खेलको १७औ मिनेटमा कप्तान निरू थापाको गोलबाट सुरवाती अग्रता लिएको थियो।त्यस पछि नेपालले कुनै गोल गर्न नसक्दा अन्तिम मीनेटमा बङ्गलादेशकी आखी खातुनले गोल गरेर बङ्गलादेशलाई अङ्कबिहीन हुनबाट बचायो।
  नेपालले तीनखेलबाट तीन अङ्क जोड्दै उत्क्रिष्ट तीनबाट दोस्रो चरनको यात्रा तय गरेको छ भने बङ्गलादेश पहिलो चरनबाटै बाहिरीएको छ।समूह सीबाट ४-४ अङक बटुलेको म्यानमार र भारत भने एक खेल खेल्न बाकी छदै दोस्रो चरनमा प्रबेश भैसकेको छ।
आजको खेलले विजेता र उपविजेता छनोट गर्नेछ।
     सन् २०२० मा टोकियोमा हुनगैरहेको ओलपिकमा छनोटको लागि १८ टोली छन जसलाई ४ समूहमा बिभाजन गरीएको छ जसमा भियतनाम र उव्जेकिस्तान वरियताको आधारमा दोस्रो चरन प्रवेस गरीसकेको छ।अब अप्रिलमा हुने दोस्रो चरनको खेलबाट तीन टोली तेस्रो चरनमा जानेछन्।र तेस्रो चरनमा ८टोली हुनेछन्।जसमा दोस्रो चरनको ३टोली+ चीन,अष्ट्रेलिया,थाईल्यानड, दक्षिण कोरीया र उत्तर कोरीया हुनेछन।र चार टोलीले चौथो चरन मा होम र अवेको आधारमा खेलिनेछ।अन्तत दुई टोली टोकियो ओलम्पिकमा सहभागिता हुनेछ।
Chefno tv reporter
Suresh kumar midhun

Monday, November 12, 2018

घरेलु मैदानमा 4-3 ले हार्यो बार्सिलोना

तीन सातापछि टोलीका कप्तान लिओनल मेस्सी मैदान फर्किएको खेलमा बार्सिलोना आफ्नै घरमा पराजित भएको छ । आइतबार राति लिगको १२औं हप्ताअन्तर्गत भएको खेलमा बार्सिलोनालाई पाहुना टोली रियल बेटिसले उसकै घरमा ४–३ को हार चखायो ।
बार्सिलोना १० खेलाडीमा सीमित भएको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा आक्रामक खेल खेल्दै लिग लिडरविरुद्ध जित निकाल्यो ।
बेटिसले बार्सिलोनाविरुद्ध पहिलो हाफको २०औं र ३४औं मिनेटमा गोल गरेको थियो । उसका लागि पहिलो गोल जुनियर फिरिपोले गरेका थिए भने दोस्रो गोल जावाक्विीनले गरेका थिए । पहिलो हाफमा बेटिसले घरेलु टोलीविरुद्ध २–० को अग्रता लिएको थियो ।दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्किन प्रयास गरेको थियो । जहाँ खेलको ६८औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालई खेलमा फर्काउने संकेत दिएका थिए ।तर, खेलको ७१औं मिनेटमा बोटिसका लागि लो सेल्सोले गोल गर्दै खेल ३–१ बनाए । त्यसपछि ७९औं मिनेटमा बार्सिलोनाका सब्सिच्युट खेलाडी अर्टुरो भिडालले गोल गर्दै खेल ३–२ बनाएका थिए ।तर, खेलको ८४औं मिनेटमा बेटिसले चौथो गोल हान्यो । उक्त गोल क्यानलेसले हानेका थिए । त्यसपछि बार्सिलोना ४–२ ले पछाडि परेको थियो ।तर, खेलको ९०औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेर टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, बाँकी समयमा बार्सिलोनाले गोल गर्न नसक्दा बार्सिलोना आफ्नै घरमा ४–३ ले पराजित भयो ।बार्सिलोनाका मिडफिल्डर इभान राकिटिक खेलको ८२औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोनाले बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो । राकिटिकले अब आगामी एथ्लेटिको मड्रिडविरुद्धको खेल गुमाउनेछन् ।यो हारपछि बार्सिलोना १२ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा यथावतै छ । दोस्रो स्थानमा समान १२ खेलबाट २३ अंक बनाएको एथ्लेटिको मड्रिड रहँदा तेस्रो स्थानमा अलाभेस समान २३ अंकसहित रहेको छ ।  विजयी भएको बेटिसले १२ खेलबाट १६ अंक जोडेको छ ।
Chefno tv reporter
Sujan Biraagi

Friday, November 9, 2018

आज भाईटिकाको शुभ साईत ११:५५ मा

दशै पछिको दोस्रो ठूलो चाडको रुपमा लिइने चाड हो तिहार। आज तिहारको पाचौ दिन अर्थात भाई टीका हो पञ्चाङ्ग अनुसार साइत दिनभर रहेपनि मुख्य साईत चाहि ११बजेर ५५ मीनेटमा रहेको पञ्चाङ्ग समितिले जनाएको छ।
      आजको दिन दिदीबहिनीहरुले आफ्नो दाजूभाईलाई सप्तरङ्गीटिका लगाईदिएर दीर्घायुको कामना गर्ने शास्त्रिय मान्यता रहेको छ। दिदीबहिनीहरुले दाजूभाईलाई टीका लगाईसकेपछि फेरी दिदीबहिनीलाई दाजूभाईले टीका लगाईदिएर दिदीबहिनीको पूजा गरी दिने परम्परा रहेको छ यसो गर्दा दिदीबहिनीले ठुलो सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वाश रहिआएको छ।  काग पूजा, कुकूर पूजा, लक्ष्मी पूजा , गोबर्धन पूजा पछि भाईटिका आउछ।


Comment
Share
Like
chefnotv2

Tuesday, October 30, 2018

नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो अधिवेशनबाट साङमो थोकर अध्यक्षमा निर्वाचित

साईप्रसमा कल्पना वाईवाको नेत्रित्वमा काभ्रे सेवा समाजको गठन

Chefno tv
28 oct 2018
नेपाल तामाङ घेदुङ साइप्रसले नानू गोम्जाको सभापतित्वमा सम्पन्न गरेको आफ्नो पहिलो अधिवेशनबाट रसुवा जिल्लाकी साङमो थोकर निर्बिरोध नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्षमा निर्वाचित हुनुभयो।  त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रसुवाकै शर्मिला लोप्चन तामाङ(शरु)निरविरोध निर्बाचित हुनुभयो भने उपाध्यक्षमा दोल्खाकी सबिता घिसिङ तामाङ, महासचिवमा नुवाकेटकी लक्ष्मी ब्लोन तामाङ, सचिवमा काभ्रेकी सुनिला दोङ तामाङ, कोषाध्यक्षमा रामेछापकी मिना लामा,सहकोषाध्यक्षमा निरु घिसिङ तामाङ निर्वाचित हुनु भयो।

त्यसैगरी सदस्यहरुमा युविना तामाङ, साधना वाईबा तामाङ, अम्बर पाख्रिन तामाङ, कामी छ्योमो तामाङ, म्हेन्दाे तामाङ, सीता तामाङ, माया थिङ तामाङ, सुशील तामाङ, राजु लामा, कुमार तामाङ,सुस्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रीन (गुरुङ), कल्पना वाईवा तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, माया वाईवा, हिरादेवी तामाङ, धनकुमारी तामाङ रहेका छन् ।

यस कार्यक्रमलाई सभ्य र भव्य पार्न साङमो थोकर र लक्ष्मी ब्लोनले स्वागत मनतव्य राखेर सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।यस कार्यक्रममा कन्सुलर साईप्रसका राम जीवन पञ्जियार प्रमुख अतिथी थिए भने
विशेष अतिथिमा नेपालबाट आमन्त्रित नेपाल तामाङ घेदुङ केन्द्रीय समितिको अन्तर्राष्ट्रिय बिभाग प्रमुख टासी लामा थिए,गैर आवासीय नेपाली संघ साईप्रसका अध्यक्ष सुवास मल्ल,अतिथिहरुमा नेपाल मगर संघ साईप्रसका महासचिव दर्शन मगर, तमु सेवा समाज साईप्रसका प्रतिनिधि एलिशा गुरुङ, काभ्रे सेवा समाज साईप्रसको अध्यक्ष कल्पना वाईबा तामाङ, नेपाली प्रवास एकता मञ्च साईप्रसका प्रतिनिधि रमिला राई, जन सम्पर्क समिति प्रतिनिधि लस्मिता गुरुङ, शेर्पा किदुक साईप्रसका प्रतिनिधि मिङ्म शेर्पा, चितवन सेवा समाज साईप्रसका प्रतिनिधि शान्ति राई, किराँत राई यायोक्खा साईप्रसका एस्ट्रीन राई लगायतका थिए ।
कार्यक्रममा राम जीबन पञ्जियारले सम्पुर्ण टीमलाई धन्यबाद तथा शुभकामना दिनुभयो ।त्यसैगरी टासी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पुर्ण तामाङ समुदाय एकजुट भएर तामसालिङ अभियानमा लाग्न जोड दिनु भयो।
Video हेर्नुहोला

Chefno Tv
Aatma dhoj
प्रमुख सल्लाहकार : नानू गोम्जा तामाङ ( सीता )
सल्लाहकारहरु : ज्ञानु तामाङ, हर्कमान वाईबा तामाङ र माया लोप्चन तामाङ ( मनमाया )

अध्यक्ष : जाङमो थोकर तामाङ ( साङमो )
बरिस्ठ उपाध्यक्ष : शर्मिला लोप्चन तामाङ ( शरु )
उपाध्यक्ष : सबिता घिसिङ तामाङ
महासचिव : लक्ष्मी ब्लोन तामाङ
सचीव : सुनिला दोङ तामाङ
कोषाध्यक्ष: मिना लामा
सह- कोषध्यक्ष : निरु घिसिङ तामाङ

सदस्यहरु :
1) युविना तामाङ
2) साधना वाईबा तामाङ
3) अम्बर पाख्रीन तामाङ
4) कामी छ्योमो तामाङ
5) म्हेन्दा तामाङ
6) सीता तामाङ
7)माया थिङ तामाङ ( सुकुमाया )
8)सुशील तामाङ
9)राजु लामा
10)कुमार तामाङ
11)सुस्मा तामाङ
12)किया तामाङ
13) हिरामाया पाख्रीन (गुरुङ)
14) कल्पना वाईवा तामाङ
15) शुभलक्ष्मि ब्लोन तामाङ
16)माया वाईवा
17)हिरा देबि तामाङ
18) धन कुमारी तामाङ
19)आरुशि लामा
20)कबिता तामाङ

संस्कृत विभाग प्रमुख : अबि लामा तामाङ, अञ्जली लामा , रेनु तामाङ , सुनिमाया तामाङ

महिला प्रवक्ता : उषा ब्लोन तामाङ
AATMADHOJ
www.youtube.com/c/chefnotv2

Monday, September 17, 2018

BLIND ROCKS नेपाली कथानक चलचित्र सफलताका साथ साइप्रसमा प्रदर्शन भयो।



16 sep sunday
Nicosia cyprus
नेपाली कथानक चलचित्र BLIND ROCKSसाइप्रसमा निकै सफलताका साथ प्रदर्शन भयो।PANTHEON THEATRE CINEMA, NICOSIA मा प्रदर्शन गरिएको उक्त चलचित्र हेर्न होनरी कन्सुलेटका Dr. Panjiyarका FAMILY,NRNAका अध्यक्ष सूबास मल्ल,NRNA TEAM,नेपाल तामाङ घेदुङका अध्यक्ष नानु गोम्जा, चितवन सेवा समाजका अध्यक्ष जशुमाया पुनं, काभ्रे सेवासमाजका महासचिव सुनिला दोङ लगायतका विभिन्न दर्शकहरुको उपस्थिती रहेको थियो।दर्शकको राम्रो प्रतिक्रिया पाएको यस चलचित्रले व्यवसायिक रुपमा पनि निकै राम्रो भयो।
चलचित्र सकेपछि नेपाल तामाङ घेदुङ साइप्रसद्वारा समाजसेवी सुरेश कुमार परियारलाई सम्मान पत्रबाट सम्मान गर्नुभयो।

CHEFNO TV
आत्माध्वज
WWW.YOUTUBE.COM/C/chefnotv2

Friday, August 10, 2018

सर्बेन्द्र खनालको आदेशमा गोपाल तामाङ र अजय तामाङको इन्काउनटर
अनुसन्धान ब्युरोले जब नीशानको हत्या भएको पुष्टी भयो त्यसबेला सर्बेन्द्र खनाललाई फोन गरेर जानकारी दियो र सर्बेन्द्र खनालले अपराधी प्रमाणित भएको हो भने इनकाउन्टर गर्नु भन्ने आदेश दियो।र जङ्गल लगेर यि दुईको इन्काउन्टर गर्यो।

Monday, August 6, 2018

साईप्रसमा कल्पना वाईवाको नेत्रित्वमा काभ्रे सेवा समाजको गठन

।।साईप्रसमा कल्पना वाईवाको नेत्रित्वमा काभ्रे सेवा समाजको गठन

साईप्रसमा कार्यरत नेपाली कामदारहरुले काभ्रेपलानचोक जिल्लामा आईपर्ने समस्याहरू हटाउन र बिभिन्न सामाजिक सेवाहरू गर्ने हेतुले साईप्रसको लिमासोलमा एक काभ्रेलीहरुको भेला गरी काभ्रे सेवा समाज साईप्रस गठन गरेका छन।।।

नब गठित सस्था काभ्रे सेवा समाज साईप्रसको बिबिन्न पदमा चयन
१) अध्यक्ष = कल्पना वाईबा
2) उपाध्यक्ष = साहारा लोप्चन
३) उपाध्यक्ष = करिना स्याङ्बा
४) महासचिव = सुनिला दोङ
५) सचीव = खुशी बोम्जन
६) कोषाध्यक्ष = बिशोरी दोङ
७) सह कोषाध्यक्ष = पुणिमाया तामाङ
 सदस्यहरू= हर्कमान तामाङ,सरिना घ्लान
CHEFNO TV
www.youtube.com/c/chefnotv2


Thursday, July 26, 2018

Cyprus मा  कार्यरत नेपालीहरुलाई BOOGIE WOOGIE डान्स COMPETITION FINALIST कविता नेपाली, प्रगति पुन र सरोज मोक्तानमा कसलाई VOTE गर्नुहुन्छ भनि CHEFNO TV ले सोधिएको प्रश्नमा ७०% ले सरोज मोक्तान लाई २० % ले कविता नेपाली र १० % ले प्रगति पुन लाई रोजेको पाइयो|video सहित


Saturday, February 24, 2018

CHEFNO TV


AATMA DHOJ

नेपाल राष्ट्रिय घेदुंग इजराइलले स्थापना कालको छोटो अबधिमा तिन जना कलाकारहरु सशिकला मोक्तान,आसुसेन लामा र DB लोप्चनको साथमा मनायो ल्होछार


VIDEO हेर्न यहा क्लिक गर्नु होला