Thursday, September 29, 2022

NRNA CYPRUS द्वारा यहि आउदो अक्टोबर २ तारिखका दिन दशै म्युजिक नेपाली कार्यक्रम धुमधामका साथ गर्दै


  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीहरुको महान चाड विजया दशमी २०७९ को उपलक्ष्यमा विशेष सास्कृतिक कार्यक्रम आयोजना गर्दै छ। निकोसियाको सितापार्कमा हुनलागेको यो कार्यक्रममा नेपालबाट नेपाल आइडलका जज तथा प्रख्यात गायक काली प्रसाद बास्कोटा आउने छ भने स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ।

    कोभिडका कारण धेरै समय सम्म विषेश कार्यक्रम नभएको साईप्रसमा अब भने NRNA CYPRUS द्वारा यहि आउदो अक्टोबर २ तारिखका दिन दशै म्युजिक नेपाली कार्यक्रम धुमधामका साथ मनाउनेछ।



Nrna साईप्रसले गर्नलागेको यो कार्यक्रम पहिलाको जस्तो इनडोर हुनेछैन। यो कार्यक्रम भिन्न र निकै मनोरञ्जणात्मक हुनेमा आयोजक पक्षको दावि रहेको छ।

Subscribe on youtubeChefno Tv



सेफ्नो टिभी 

Aatmadhoj


  


Monday, September 12, 2022

खिमान थापा साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको दोस्रो राष्ट्रीय भेलाबाट अध्यक्षमा चयन


 (अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का) 
साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको दोस्रो राष्ट्रीय भेला ११ सेप्टेम्बर २०२२ आइतबारका दिन साईप्रसको निकोसियामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा साइप्रस नेपाली एकता समाजका निवर्तमान अध्यक्ष देवेन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। 



निर्वतमान महासचिव मञ्जु लिम्बुको सञ्चालनबाट अघि बढेको भेलाको अध्यक्षता निवर्तमान उपाध्यक्ष कविता गोलेले गरेको छ ।


कार्यक्रममा सङ्घीय लिम्बुवान सामाजिक मञ्चका सचिव डगेन्द्र लिम्बु, तमु समाजका सदस्य मञ्जु गुरुङ, पोखरा समाजका सदस्य बुद्ध घर्ती र गैरआवासीय नेपाली सङ्घका राधा पोख्रेल थापाको आतिथ्य रहेको छ।


सहिदको सम्मानमा एक मिनेट मौनधारण तथा राष्ट्रियगीत प्रस्तुत गरिएपछि भेलामा स्वागत मन्तव्य गिरा नेपालीले गरेका छ ।

निर्वाचित केन्द्रीय समितिलाई नेपाल सद्भावना समाजका संयोजक एवम् समाजसेवी बिना थापा, नेपाली जनसम्पर्क समितिका उपसभापति कर्चुङ लामा र प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष श्यामलाल नेपालीले शुभकामना दिएको छ।



भेलामा प्रमुख अतिथि देवेन थापाले साइप्रस नेपाली एकता समाजको नयाँ केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएको छ जसअनुसार, अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का रहेका छन।

त्यस्तै, पूर्ण सदस्यहरूमा मन्जु लिम्बु, छविका मगर, बासुदेव वली, बिना मानन्धर, प्रतिमा मगर, छेवाङ ज्याम्मु लामा, राधिका मगर, नैना गुरुङ, गोविन्द डाँगी, जिना राई, बुद्धिमान तामाङ, रमेश चन्द, अम्बिका अधिकारी, अर्जुन केसी, निरू गोले र रमेश चन्द रहेको छ ।


एवम् प्रकारले वैकल्पिक सदस्यमा गणेश कुँवर, सम्झना वली, हस्त वली, निशु तामाङ, राधिका रेग्मी, सुनिता नेपाली, गौरी गुरुङ र अर्पणा ठोकर  छन

Subsribe CHEFNO TV Chefno tv youtube link click here



भेलाले रामु कुँवर, खिमबहादुर परियार, देवेन थापा, प्रकाश कुँवर, श्याम खड्का, कुमार श्रेष्ठ, प्रकाश चन्द, जमुना गुरुङ, इन्दिरा अधिकारी र किल्ली सुनुवारलाई सल्लाहकारमा चयन गरेको छ ।


भेलाको अन्तमा नवनिर्वाचित अध्यक्ष खिमान थापाले प्रतिबद्धता व्यक्त गरेको छ ।

आत्मा ध्वज(AATMA DHOJ)

सेफ्नो टिभी(CHEFNO TV)

CYPRUS