Tuesday, March 31, 2020

सेफ्नो टीभी संग सहकार्य गर्दै 5 STAR MOMO CENTER


काभ्रेको निकै प्रसिद्ध रहेको 5 STAR MOMO CENTER ले सेफ्नो टिभीसंग सहकार्य गरेको छ।बिगत पाच वर्ष देखी सञ्चालनमा आएको यस  5 star momo center ले पाच बर्षको लागि सहकार्य गरेको हो।यस कम्पनीका मेनेजिङ डाइरेक्टर सुवास वाइबा
र सेफ्नो टीभी बिच 2020 April देखि 2025 Aprilसम्मको लागि सहकार्य गरेको हो।
यस 5 STAR MOMO CENTER ले बिगत देखि निकै स्वाद्धिष्ट नेपाली ढिडो लगाएत विभिन्न नेपाली परिकारहरु खुवाउदै आएको छ।
यहाको मुख्य बिशेषताभनेको गनेश हिमालको मनोरजञ द्रिष्य हेर्दै लोकल ढीडो लोकल कुखुराको मासु र सिस्नुको तरकारीले जिब्रोलाई लोभ्याउछ। 5 star email
5 star contact 011680025

Chefno tv 
Aatmadhoj

Sunday, March 22, 2020

(अचम्मको सङघर्ष) संगितको लागि घरै छोडेका प्रवीण वेडवाल नेपाल आइडलमा धमका मचाउदै।



(बुवाले एकदिन प्रवीण सामु एउटा प्रस्ताव राखे। ‘प्रवीण कि गाउन छाडिदे कि घर छाडिदे ? प्रवीणले घर नै छाडिदिए।)
   

   नेपाल आईडलका एकदावेदारी प्रतियोगि हुन प्रबिण वेडवाल। बर्दिया राजपुरका प्रवीण वेडवाल नेपाल आइडल सिजन- ३ का अब्बल प्रतियोगी हुन्। कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ। शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन्। गायन अवधिभर गीतमै डुब्छन्। हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त र भलाद्मी स्वभावका छन्।

उनी भारतको तमिलनाडुमा हुर्किएका हुन्। इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गर्दैनथे। उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने चाहन्थे। बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे। प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने। बुवाले एकदिन प्रवीण सामु एउटा प्रस्ताव राखे। ‘प्रवीण कि गाउन छाडिदे कि घर छाडिदे ? नसा नसामा संगितले  भरिएका प्रवीणले घर नै छाडिदिए।

उनका हजुरबुवा सानोमै भारत पसेका थिए। उतै व्यापार गरे। छोराछोरी उतै हुर्काए। तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है। नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो। हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे। यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो।

शास्त्रिय संगीतमा उनले ब्याचलर्स गरेका उनी संगितलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो नलागेपछि उनी तमिलनाडु नै फर्किए। त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे। उनलाई परिपक्व गायक बन्नु थियो।

नेपाल आइडल सिजन- ३ को अडिसन चलिरहेको थियो। बुटवल अडिसन हुँदा उनी चितवनमा थिए। नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे। उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए। उनी पहिलो टेकमै छनोट भए। काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन भन्ने विचार राख्ने प्रवीण परिपक्व बनेर मात्रै संगीतमा आउनपर्छ भन्ने सोच राख्थे। यसैले पनि निकै मेहनत गरिरहेका छन्। त्यसैले त उनका हरेक प्रस्तुति अब्बल हुने गर्छ। उनलाई जित्नै पर्छ भन्ने लाग्दैन। नेपाल आइडल एउटा उचित प्लेटफर्म भएकाले टप फोर सम्म पुग्नु नै आफ्ना लागि विशेष उपलब्धि भएको ठान्छन्।

सेफ्नो टिभी
आत्मा ध्वज
सेफ्नो टिभी youtube


Around 37,000 euro stolen from ATM on Saturday in Limasol Cyprus


   

In Cyprus Limasol
      According by Police on Saturday that an ATM in the Parekklisia tourist area in Limassol was blown up around early morning and the amount of €37,000 was stolen.the ATM was part of the EuroNet network and was completely destroyed from the explosion.

Meanwhile, in a separate incident around 3.30 am there was a failed attempt to steal money from a Bank of Cyprus ATM on Akadimias Street at Potamos Yermasoyias also in Limassol.

According to CNA, two individuals placed a special type of crowbar into the machine through the opening where money is taken out.

Police said that this is a method of theft used extensively in Greece that resulted in large sums being stolen from Greek ATMs.

The police are under investigating this case.

Chefno tv
Aatmadhoj
Chefno tv youtube

Friday, March 20, 2020

नेपाल आइडलकी एक मात्र गोल्डेन माइक्रोफोन होल्डर मेघा श्रेष्ठ टप फाइबबाट बाहिरिईन।

         

     

   




नेपालको पहिलो रियलिटी शो नेपाल आइडलको टप फाइभ सम्म पुग्न सफल  मेघा श्रेष्ठ टप फाईभबाट अगाडी बढ्न भने सकेनन्। सांगीतिक माहोलमा हुर्किएकी मेघा श्रेष्ठ नेपाल आइडलमा एक मात्र गोल्डेन माइक विजेता हुन्। उनकी स्वर र गायकीको चर्चा धरै चलिरहन्थ्यो। उनकी नेपाल आइडल सिजन थ्रीको यात्रा सार्है लोभ लाग्दो थियो।

 अगाडिका सिजनमा पनि आउनुपर्छ भन्ने लागेको थियो उनलाई तर पढाइले गर्दा उनलाई मिलेनन्। ब्याचलर्स सकाएर फुडमान्डुमा काम गर्दै थिइन् उनी। यो समय अडिसन चल्यो। उनी बिहान ७ बजे नै उपस्थित भईन।तर साँझ ६ बजे मात्रै पालो आयो। उनले एति मिठो गाईनकी जज न्ह्यु बज्रचार्यलाई गोल्डेन माईक दिन बाध्य बनायो र  उनले काठमाडौं अडिसनबाट गोल्डेन माइक जितिन्। परिवारमा सबैले गीत गाउँछन्। उनको दाज्यु मिरोज तुलाधर पनि गीत गाउँछन्। उनी भ्वाइस अफ नेपालमा समेत सहभागी भएका थिए।

उनका दाज्युले नै उनलाई संगीतमा ब्याक बोनका रूपमा काम गरे। गीत छान्नदेखि, गीतलाई कसरी न्याय गर्ने, प्रस्तुति कसरी गर्ने हरेक ठाउँमा दाजुले नै सहयोग गर्थे। सुरिलो स्वरकी धनी मेघाले नेपाल आइडलमा आएपछि आफूले संगीतलाई नजिकबाट चिन्ने मौका पाएकी थिईन


अडिसनमा मन शीर्षकको गीत गाएर जजको मन जितेकी मेघा आइडलमा हरेक पटक उत्कृष्ट प्रस्तुति दिन्थे। हजारौंबाट छनोट भएर टप फाइभसम्म आउन पाउँदा आफैंलाई भाग्यमानी सम्झने मेघा वाईल्ड कार्ड इन्ट्रिबाट फेरी आउने झिनो सम्भावना भने जिवितै छ।।
CHEFNO TV



सेफ्नो टिभी को युटुबमा गई सव्सक्राइब गर्नुहोस

Wednesday, March 18, 2020

प्रिय अनेकोट ! च्याङ्बा लामाको रगतले निथ्रुक्क भिजेको तिम्रो छाती आगोको लप्का माग्दै थियो अस्ति ।

आज २२औ सास्कृतिक प्रतिरोध दिवश अखण्ड आलप कबिता संग्रहको यो मन छुने कविता( प्रिय अनेकोट)

clipboard.






प्रिय अनेकोट !
च्याङ्बा लामाको रगतले निथ्रुक्क भिजेको तिम्रो छाती
आगोको लप्का माग्दै थियो अस्ति ।

तिम्रो रक्तिम आँगनमा दन्किरहेको
प्रतिरोधको एक मुस्लो आगो बोकेर फर्केको छु
खसाउनु छ- स्वप्नहन्ताहरुको बस्तिमा ।

प्रिय अनेकोट!
-चेतनाको सारङ्गीमा जागरणका धून भर्दाभर्दै
- बिद्रोही स्वरहरुमा मुक्तिको गीत उन्दाउन्दै
- अथक पाइलाहरुले स्वतन्त्रताको अपेरा नाँच्दानाँच्दै
च्याङ्बा लामा, चिनीमाया, निर्मला र
मन्जु कुवँरहरुले बगाएका बलिदानको ईन्द्रवती
आज पनि उसैगरी
तिम्रो रक्तकोशिकाहरु भएर बगिरहेकोछ
त्यही बिद्रोही धुन भरेर
निर्धक्क, उभिएको छु- म
एउटा फरक यात्राको अग्निद्वारनेर ।

प्रिय अनेकोट !
तिम्रो गर्भमा उम्लिरहेको
गुम्बासिङ, डम्बर र शुभद्रा सापकोटाहरुका
रगतका लाभाहरु बोकेर
छिर्दैछु दुस्मनको बङ्करभित्र
सुन्नेछौ तिम्ले सकेसम्म छिट्टै
बिस्फोटनका अविछिन्न श्रिङ्खलाहरु
र, हुनेछ तिम्रो छाती गर्वले झन चौडा ।

प्रिय अनेकोट!
विश्वास गर
मृत्यु जितेर तिम्रो काखमा
बलिदानको ईतिहास लेख्ने
ती महान योद्धाहरुका
अजय आस्था र सुन्दर सपनाहरुलाई साक्षी राखेर
जीतको नयाँ ईतिहास नलेखिएसम्म
रोकिने छैन नयाँ सङ्ग्राम ।

लालरङ्ग बिच्छ्याउँदै
पुर्वी क्षितिजबाट
पहाड उक्लिरहेको त्यो घामले पनि
के त्यही गीत गाएको छैन र ?


चैत्र ५ साँस्कृतिक प्रतिरोध दिवश
अखण्ड आलप