Sunday, April 26, 2020

नेपाली गायक दिवेश पोख्रेल(अर्थर गन)लाई भोट गरौ एक सेयर गरेर सबै माझ पुर्याऊ


Sun 26 april 2020
Nicosia
 अमेरिकन आइडलको शीर्ष २० मा पुग्न सफल नेपाली गायक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् ।आज आइतबार 8:00pm (ET)को प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु हुनेछ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।


'अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु हुने सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ,' दिवेशले भने, 'हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ । एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले३वटा माध्यमबाट ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।'



आफ्नो प्रस्तुतिले सोका निर्णायक लायोनल रिची, केटी पेरी र लुक ब्रायनको मन जित्न सफल दिवेशले आइडलमा प्रवेश गरेसँगै लाखौं फ्यान कमाएका छन् । कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन्
आत्मा ध्वज
सेफ्नो टिभी
GO TO YOUTUBE


Saturday, April 25, 2020

नेपाली जनसम्पर्क समिति साईप्रसको चौॅंथौ वार्षिक उत्सवको अवसरमा उदाहरणीय काम गरेर मनायो भिडियो सहित।



24april 2020
निकोसिया,साईप्रस
नेपाली जनसम्पर्क समिति साईप्रसको चौॅंथौ वार्षिक उत्सवको अवसरमा दोश्रो चरणको राहत वितरण;
नेपाली काॅंग्रेसका भातृसंगठन नेपाली जनसम्पर्क समिति साईप्रसले चौॅंथौ वार्षिक उत्सवको अवसरमा साईप्रसका कोरोना प्रभावित नेपालीहरुलाई राहत वितरण गरेर आफ्नो चौथो वार्षिक उत्सब मनाएको छ।विश्नभरी फैलिएका नोबेल कोरोना अर्थात कोभिड-१९ ले साईप्रसमा पनि त्रसित बनाएको छ। यसै कारण साईप्रसमा कर्फ्यू(लकडाउन)जारी गरेको छ भने रोजगार गर्दै अध्ययन गरिरएका विद्यार्थीहरु र रोजगारको लागि आएकाहरु पनि समस्यामा परेका छन। त्यसैले नेपाली जनसम्पर्क समिति साईप्रसले विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिदैं र अन्य समस्यामा परेकाहरुलाई पनि समेटेर राहत वितरण गरिएका छन्।

नेपाली जनसम्पर्क समिति साईप्रसले पहिलो चरणको राहत ६१ जनालाई बाडिसकेपनि चौंथौ वार्षिकोत्सवको दिनमा दोश्रो चरणको राहत वितरणसुरु गरेर ५१ जनालाई वितरण गर्दै वार्षिकोत्सव मनाइएको छ। भिडियो सहित हेर्नुहोस


लकडाउनमा आवजजावातमा गार्हो भएकाले हाम्रो सक्रिय सदस्यहरु कृष्ण प्रसाद आचार्य र रेमण यादवको सक्रियतामा हामीले यो वार्षिक उत्सव र राहत  वितरण कार्य आज भएको जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालले सेफ्नो टिभीलाई जानकारी दिएकी छन

त्यसै गरेर जनसम्पर्क समिति सधै साईप्रसमा भएका नेपालीहरुको हितमा काम गर्न तयार रहेको समेत त्यहाॅ खटिएका सदस्यहरु कृष्ण प्रसाद आचार्य र रेमण यादवले बताएका छन
आत्मा ध्वज
सेफ्नो टिभी रिपोर्टर
Go to youtube

video



Wednesday, April 15, 2020

नेपाली ब्रिटिस आर्मी( बि॰एफ॰सी॰ नेप्लिज कम्युनिटी)ले साथ दियो सेफ्नो टिभीलाई


     

 २०७७|१|३गते
साईप्रस निकोसिया
      विश्वभर फैलिएको कोरोनाको संङक्रमनको प्रभावमा परेका साईप्रसमा रहेका नेपालीहरुको समस्याहरुलाई मध्यनजर राखेर सेफ्नो टिभी र आत्माध्वजको सहकार्यमा गरेका यो एउटा सशक्त अभियानमा साईप्रसमा कार्यरत नेपाली ब्रिटिस आर्मी अर्थात ब्रिटिस फोर्स साईप्रस नेप्लिज कम्युनिटीले आर्थिक सहयोग गर्नु भएको छ।

     बि॰एफ॰सी॰ नेप्लिज कम्युनिटीमा कार्यरत फोर्सका मेम्बरहरुले
सेफ्नो टिभिले यो घडिमा गरेको कामको प्रसंसा गर्दै लगभग १२०० युरो सहयोग गर्नु भएको हो।"यो अवस्था निकै खतरनाक छ, कोरोनाको पर्वाह नगरी सेफ्नो टिभीले नेपालीहरुलाई गर्दै आएको सहयोग देखेर हामी धेरैखुसी भयौ  त्यसपछि मैले हाम्रो फोर्स कम्युनिटीमा कुरा राख्यौ र सबैले ओके भन्नुभयो" ब्रिटिस फोर्स धिरज लिम्बु बताउनुहुन्छ।
भिडिमा हेर्नुहोस


साईप्रसमा बि॰एफ॰सी॰ नेप्लिज कम्युनिटीले धेरै नेपाली कम्युनिटीहरुलाई सहयोग गर्दै आइरहेको छ। "यो समय निकै चुनौति  पुर्ण छ, जस्तोसुकै परिस्थिमा पनि हामीले सके सम्मको साईप्रसमा भएका नेपालीलाई सहयोग गर्ने छौ" बि॰एफ॰सी॰ नेप्लिज कम्युनिटीका अधिकारी जितेन शाक्य ज्यु ले सेफ्नो टिभीलाई जानकारी दिनुभयो।
ब्रिटिस फोर्स साईप्रस नेप्लिज कम्युनिटीको यो सहयोगले सेफ्नो टिभी टिमलाई झन ठुलो उर्जा थपेको छ।
CHEFNO TV REPORTER
AATMA DHOJ


Thursday, April 9, 2020

कोरोनाको पर्वाह नगरी साईप्रसमा राहत बाड्न आतुर नेपालीहरु।धमाधम बाड्दै राहत



साईप्रसमा जता ततै राहत बाढ्दै गर्दा सेफ्नो टिभि भने सहयोगमा जुट्दै
  साईप्रसमा कोरोनाको सङक्रमन र प्रभाबबाट प्रभावित नेपालीहरुको सहयोगार्थ अहिले विभिन्न व्यक्तिहरु र संघसस्थाहरु लागि परेका छन।सेफ्नो टिभीले सबै भन्दा पिडित नेपालीहरुलाई घरघरमै गएर आवश्यकता हेरेर विभिन्न खाद्यन्नहरु र ग्यास सिलिन्डरहरु बितरण गरेर सहयोग गर्दैआएका छन। सेफ्नो टीभिलाई आर्थिक सहयोगमा विभिन्न साईप्रसमा रहेका घरेलु तथा अन्य कामदारहरुले खुलेर साथ दिईरहेका छन।
     सेफ्नो टिभीका आत्मा ध्वज भन्नु हुन्छ "सबै जना मिलेर आर्थिक सहयोग गर्नु भो भने हामी सबै नेपालीहरु कसैलाई केही अभाव हुन दिन्न" तर संघसस्थाहरुले सेफ्नो टीभि लाई सहयोग नगरेको देख्दा राम्रोलाई भन्दा हाम्रोलाई सहयोग गरेकोले राम्रा काम गर्नेहरु ओझेलमा पर्दछन उहाले थप्नु भयो।तर व्यक्तिगत रुपमा धेरैले आर्थिक सहयोग गरेको देख्दा भने आत्मा ध्वज निकै खुशि देखिन्छन।चारै तिरबाट वा-वाही र बिकास श्रेष्ठको साथलाई उहाले खुलेर प्रसंसा गर्नुभयो साथमा रुपक दाहल, जित बहादुर रावत र अन्य साथीहरुको साथ पनि अविस्मरणीय रहेको बताउनु भयो।
           साईप्रसमा सेफ्नो टिभिले धेरैलाई सहयोग गरिरहेका बेला एन॰ आर॰ एन॰ ए॰ साईप्रसले भने१३३ जना भन्दा बढिलाई राहत बितरण भईसकेको एन आर एन ए साईप्रसका युवा प्रतिनिधि कुन्दन कार्की ज्युले सेफ्नो टिभिलाई जानकारी दिनुभयो।एन आर एन ए साईप्रसलाई विभिन्न संघसस्थाहरुले साथ दिदै आईरहेको छ।भने निबर्तमान अध्यक्ष सुभास मल्ल,क्रिप थापा र कुन्दन कार्की एक जुट हुदै उहाहरुले राहत बितरण गर्दै आउनु भएको छ।"सहयोग लिदा दोहोरो नलिन र सहयोग जस्लाई चाहेको हो उहाहरु मात्रले लिनुहोला र सहयोग गर्न एन आर एन ए सधै तयार रहेको कुन्दन कार्की बताउनुहुन्छ।
         त्यस्तै गरेर व्यक्तिगत रुपमा बिना थापा र सन्तोष बडाल को संयोजकमा राहत वितरण गर्दै आईरहेको छ।पहिलो चरन को राहत बितरण ५१ जना लाई बितरण भईसकेको र दोस्रो चरन को पनि सहयोग बितरण पनि भइ रहेको जानकारी सेफ्नो टीभीलाई सन्तोस बडालले  गराउनु भयो।उहाहरुलाई विशेष सहयोग गर्नु हुने आशा गुरुङ, सितल छाया राई,चन्द्र ओलि शर्मा,पुर्निमा तामाङ,नैना गुरुङ प्रति सन्तोस बडाल ज्युले आभार प्रकट  गर्नु भएको छ।सन्तोस बडाल भन्नुहुन्छ"Chefno tv लाई मेरो विशेष नमन । यो आपतकालिन अबस्था मा chefno tv ले खेलेको भुमिका को कदर गर्दछु । आउनुहोस स्टेजको माला र सम्मान होईन बिपदको घडीमा मलम बनेर सम्मान लिन सिकौ !!!"


नेपाली जनसम्पर्क समितिले पनि राहत बितरण गरिरहेको छ।
  पहिलो चरणमा 50 जनालाई बितरण गरेको र दोश्रो चरण अलिदिन पछि सुरु गर्ने सस्थाकी सभापति सीता अर्यालज्युले बताउनु भएको छ।
  • राहत र सहयोग अझै जारी नै रहेको छ।
सेफ्नो टिभी
A.D. lama 
Kavre reporter
 


Monday, April 6, 2020

कोरोनाको गाउँ।सुजन लामाको यो मन छुने लेख एक पटक पढ्नुहोला अनि एक SHAREगर्नुहोला।


Sujan Lama(बौद्ध नयाँवास्त)
   अहँ ....निन्द्रा फिट्टिकै लाग्दैन दिन हुनुपर्ने समयमा रात र रात हुनुपर्ने समयमा पनि रात भएपछि।जताततै अध्यारो देखिन थालेछु
आजभोली।अनि कसरी लागोस निद पनि।सारा दुनियाँ रोईरहेको
बेला म कसरी निदाउन सकुला र ?आज नेपाल लकडाउन
भएको 13औं दिन सुनसान छ काठमाडौं सहर।न यसले धनिलाई
छोड्यो न गरीबिलाई।धन हुनेलाई त जसोतसो चल्ल।भनेकै पिज्जा वर्गर
नपाएपनि बिहनबेलुका चुलो त बल्छ।तर मजदुर ,बिपन्नता वर्गको के हालात
 होला ?यसमा न हिजो सर्वहारा वर्गको मोर्चा लडेकोले बुझे न दुईतिहाईको
सरकारले।न घरघरको सिंहदरबारले नै बुझ्ने कोसिस गरे।न त नक्कली सर्वहारा
वर्गको पहिचन गर्ने प्रयत्न गरे।राज्याले छुट्याइएको राहतमा पनि ती
 निमुखाको भाग खोसिएको छ।हिजो भोट माग्दै गर्दा त यो मेरो भोट,यहाँ
सर्वहारा मजदुर वर्ग छ भनेर छुट्टाउन सकिन्थ्यो त आज राहत बाँड्द किन सकिएन।
अनि हामी पनि ती सर्वहाराको भाग खोसेर खनेलाई पनि के भन्ने यो बेलामा त
मानवताको ख्याल गर्नुपर्ने हो।म अफैलाई सोधिरखेको छु अनि अफै
हाँसीरहेको छु ,उतर दिने पनि मै अनि हाँस्ने पनि मै न यहाँ उत्तर दिने कोहि छ,
 न हाँसोको फोरा फाल्ने नि कोहि छ।अनि कसरी लागोस् त निन्द्र?रेमिटेन्सले
चलिरहेको मेरो देश आज त्यै सिमा पारि रहेका हजारौं युवालाई सौताको व्यबहार
गर्दै छ।महाकाली पारी रोईरहेको नेपालिको मर्का सरकारले नबुझी दिदा।बरु हाम्रो माहामहिमा राष्ट्रपति,सम्माननिय प्रधानमन्त्री अनि परराष्ट्रमन्त्री ज्यु हरुलेअस्ट्रेलिया,
अमेरिका र युरोपमा रहेको  विद्यार्थीको चासो लिदैछ जो कि उनिहरु सम्पत्ति धेरै
 भएर त्यहाँ ओइरिना गएका हुन।जहाँ बाध्यताले मजदुर गरिरहेका नेपालिको
 खै कसलाई छ र वास्ता? अनि यस्तो बेलामा कसरी निन्द्र लाग्छ?
                                 अघिपछि यहि घरमा हल्लिखल्ली गर्ने धेरै
हुने गर्थ्यो।
अहिले टोलै सुनसान छ।यो कोहलताको शहर अनि सडक आजभोलि
 सुनसान र शान्ता छ।मृत्यु देखि मान्छे कति डराउदो रहेछ अहिलेको परिस्थितिले
 जनाउछ।हिजो त्यै पाखा पखेरा देखि वाक्क लाग्ने मान्छेहरु आज त्यै पाखामा
बाँचिन्छ कि भनेर रातारात ओइरिएका छन।गाउँमा भए  गुन्द्रुक ढिंडो भएपनी
खाना पाइन्छ भन्ने आशामा सबै पहाड ओर्लिएका छ। आजभन्दा 15/20 बर्ष
अघिको गाउँ भएको छ पहाड।अनि शहर पनि उस्तै भएको छ।यहाँ घरहरु
भरिएको छ।टोलहरुको कोख भरिएको छ।अगेनामा बच्चाहरु खेलिरहेका छन्।
युवाहरुले गाउँ भरिएका छन्।बूढो बा आमा मात्रै हुने घरमा अब त बुहारीले
 पानीपँधेरो गरिरखेको छ। त्यसैले होला कहिले कहि मलाई कोरोना प्रती
सकारात्मक सोच आउछ।किनकि यस्ले गाउँघरको
 महत्त्व कति रहेछ भन्ने बुझाएको छ।यस्ले राम्रै पाठ
 सिकाएर जानेछ समस्त नेपालीलाई।
     
Chefno tv kavre reporter
Sujan lama

Sunday, April 5, 2020

शेर्पा किदुक साईप्रसले सेफ्नो टिभीलाई साथ दिदै।



सेफ्नो टिभी र आत्मा ध्वजको सहकार्यमा COVID-19 बाट प्रभावित भएका र हुनसक्ने साईप्रसवासी नेपाली विध्यार्थी तथा अन्य नेपीलीहरुको राहत सहयोगार्थ गरिएको अभियानमा शेर्पा किदुक साईप्रसले सेफ्नो टिभीलाई सहयोग गर्नुभएको छ।
 
२०१५ मा स्थापना भएको यस सस्था शेर्पा किदुक साईप्रसले सेफ्नो टिभीलाई १५० युरो सहयोग गर्नु भएको छ।
यो संगै संस्थाहरूले  सेफ्नो टिभीलाई सहयोग गरेको यो पहिलो संस्था हो।
धेरै धेरै धन्यवाद शेर्पा किदुक साईप्रस परिवारलाई हाम्रो सेफ्नो टिभीको तर्फबाट
यदि तपाई वा तपाईको सस्थाहरु सहयोग गर्न चाहनुहुन्छ भने
 निम्न बिवरण यहा क्लिक गरेर पठाउनुहोला

 नाम:
दिन चाहेको रकम:
नेपालको जिल्लाको नाम:
हाल कुन ठाउमा हुनुहन्छ:
फोन नम्बर :
पठाऊनुहोला।सेफ्नो टिभीमा प्रसारण गर्नेछौ


यदि तपाई समस्यामा हुनुहुन्छ भने
नामः
नेपालको जिल्ला:
हाल बसोबास गरेको पुरा ठेगाना:
Postal code:
एउटै flat माTotal student :
फोन नम्बर:
पठाउनुहोला Aatmadhoj 96446609मा sms गर्नुहोला

सेफ्नो टिभी REPORTER
Aatmadhoj
Youtube मा जान यहा क्लिक गर्नुहोला