Monday, October 31, 2022

तामाङ घेदुङ साईप्रसको अध्यक्षमा सुनीमाया डिम्डुङ तामाङ चयन।सेफ्नो टिभी(CHEFNO TV)


  "तामाङ जातिकाे उत्थान भाषा,धर्म र संस्कृतिकाे संम्वर्दन"भन्ने मुल नाराकाे साथ  स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रसले  अक्टोबर३०मा  साईप्रसको लिमासोलमा छैटौं बार्षिकाेत्सव तथा तेस्राे अधिबेशन सम्पन्न गरेको छ। तेस्रो अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा सुनीमाया तामाङ चयन भएकाे छ।त्यसै गरेर वरिष्ठ उपाध्यक्ष पदमा भने निर्मला थिङ र महासचिवमा राजमान घ्लान  चयन भएको छ 

त्यसै गरेर उपाध्यक्षमा राजु वाईवा तामाङ, सचिव कृपा घिसिङ तामाङ, कोषाध्यक्ष किन्जाङ घिसिङ तामाङ र सहकोषाध्यक्ष सुवास थोकर तामाङ छन। लामा विभाग प्रमुख : माया घ्लान तामाङ, अनुशासन तथा मुल्यांकन विभाग प्रमुख :सुमित्रा वम्जन तामाङ, युवा विभाग प्रमुख : आसुनी तामाङ,  संस्कृतिक विभाग प्रमुख : अङ्गेलि तामाङ रहेको छन

 


सदस्यहरुमा सानू माया लोप्चन, विष्णु माया घिसिङ, डिकु पाख्रीन, वबिता घिसिङ, अञ्जु घिसिङ, कमला थिङ तामाङ, विशाल पाख्रीन तामाङ, रञ्जु वम्जन, रञ्जिता तामाङ, डोल्मा ह्योल्मो तामाङ, हर्क लाल थिङ, नानी माया मोक्तान , सुस्मा पाख्रीन,लक्ष्मी लोप्चान, खुसी थिङ छन।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष लक्ष्मी ब्लोन ले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि घेदुङ साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१६ मा स्थापना भएको घेदुङ साइप्रसले साईप्रसमा रहेका आम तामाङ जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 


सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

Chefno tvलाई youtubeमा खोज्नुहोसCLICK CLICK



Wednesday, October 26, 2022

शेर्पा किदुग साईप्रसको अध्यक्षमा छिरिङ याङजुम शेर्पा चयन।सेफ्नो टिभी(CHEFNO TV)

       


शेर्पा किदुग साईप्रसकाे  अक्टोबर२३मा सम्पन्न पांचाै अधिवेशनबाट सर्वसहमतमा अध्यक्ष पदमा छिरिङ याङजुम शेर्पा चयन भएकाे छ।त्यसै गरेर उपाध्यक्ष पदमा भने अाङ फुर्वा शेर्पा र महासचिवमा पसी शेर्पा चयन भएको छ भने निवर्तमान अध्यक्ष ङिमदिकि शेर्पा सल्लाहकारमा र नुमु शेर्पा संरक्षकमा छन।चौथोअधिवेशनमा क्षेत्रिय विभागतर्फ लिमासाेल उपाध्यक्षमा रहेको छिरिङ याङजुङ पाचौ अधिवेशनमा भने किदुगको अध्यक्षमा चयन भएको हो त्यसै गरेर महासचिब पसि शेर्पा भने क्षेत्रिय विभाग तर्फ लार्नाकाको उपाध्यक्षमा थिए।

त्यसैगरेर काेषअध्यक्षमा पाल्जुम डाेमा शेर्पा, सहकाेष अध्यक्ष डाेमा शेर्पा, सदस्यहरुममा मिङमा ल्हमु शेर्पा,  ङिमा ल्हामु शेर्पा, फुरदिकि शेर्पा, केसाङ शेर्पा र सल्लाहाकारहरुमा कान्छि लामा, कमिनि शेर्पा, डाेल्मा शेर्पा छन।


साईप्रसमा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको किदुगको हाल सम्म फर्केर हेर्दा अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक, भौतिक तथा साङ्गठनिक तवरले सहयोग गर्ने गरेको पाईन्छ।शेर्पाहरुको जातिय संस्था भए पनि गैर शेर्पाहरुलाई पनि समान तरीकाले हेर्ने यो संस्थाको एउटा अत्यन्तै राम्रो विशेषता हो।

कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष ङिमदिकी शेर्पाले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि किदुग साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"

२०१५ मा स्थापना भएको किदुग साइप्रसले साईप्रसमा रहेका आम शेर्पा जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ । 

सेफ्नो टिभी {CHEFNO TV}

AATMA DHOJ

यहाclick गरेर youtube SUBSCRIBE गर्नुहोस





Saturday, October 15, 2022

साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित

 




साईप्रसमा हुन लागेको प्रमोद खरेलको तिहार बिशेष कार्यक्रम स्थगित भएको छ।



   भिषामा केहि समस्या आएपछि कार्यक्रमको सिलसिलामा इराकमा रहेको  प्रमोद खरेल इराक ईमिग्रेसनले साईप्रस जान इन्ट्रि नदिए पछि कार्यक्रम स्थगित भएको हो।

Chefno tv youtube 



Monday, October 10, 2022

साईप्रसमा प्रथम एभरेष्ट फुटसल टुर्नामेन्टको उपाधि NRNA साईप्रस टिमलाई

 


9 OCTOBER 2022, आइतबार nicosia


  दशैं तिहार २०७९  को उपलक्ष्यमा  सुदुर पश्चिम समाज साइप्रस र SM EVENTS, ENTERTAINMENT AND TRAVEL SOLUTIONS को सहकार्यमा FIRST  EVEREST FUTSAL CUP TOURNAMENT 2022 आयोजना साईप्रसको निकोसियामा भएको छ। खेलमा जम्मा 12 ओटा टिमले सहभागिता जनाएका थिए भने खेल अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ । 12 ओटा टिम मध्ये फाईनल यात्रा भने दा दिपेस FC र NRNA साईप्रस टिम पुगेका थिए। निकै नै प्रभाबशाली प्रदर्शन गरिरहेको दुवै टिमको फाईनल खेल निकै रोचक बनेको थियो तर टिम NRNA लाई दा दिपेश FCले रोक्न नसक्दा उप बिजेतामा चित्त बुझाउनु पर्यो।

आजको फुट्सल प्रतियोगिता बिहान दशैंको टीका र जमरा लगाउदै सुरु गरिएको छ,साइप्रसबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभिभावक वाणिज्य दूतावास प्रमुख Dr. रामजिवन पन्जियारको हातबाट टीका र जमरा ग्रहण गरिएको हो।

बिजेता टिम NRNA साईप्रसले  नगद ७०० युरोको साथमा कप र मेडल प्राप्त गर्यो भने उपबिजेताले नगद ३०० युरो को साथमा ट्रफि र मेडल प्राप्त गरेको छ ।

 सुदुर पश्चिम समाज साइप्रस कि महासचिव रमिता चन्दले" बिजेता र उपबिजेता टिमहरूलाई हार्दिक बधाई तथा शुभकामनाका साथै सम्पुर्ण उपस्थित टिमहरुलाई हार्दिक आभारव्यक्त गर्दै  अगामी दिनहरुमा पनि हामी नेपाल र नेपालीका लागि यस्तै कार्यक्रमहरु गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ"।


साथै  सस्थाको तर्फबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पुर्ण संस्था र ब्यक्तिहरु  एन आर एन  पुर्ब अध्यक्ष सुबास मल्ल, नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष नबराज गौतम ,एन आर एन ए उपाध्यक्ष  किस्मत पौडेल,चितवन सेवा समाज ,नेपाली जनप्रगतिशील मन्च साइप्रस,कालिन्चोक मेनपावर ,कर्मा मेनपावर,अनिल भन्डारी,दिपेश , दिनेश ढकाल,शिव पाण्डेय,,प्रदिप प्रजापती,बिकास श्रेष्ठ,जेनम श्रेष्ठ , हरि लगाएत  सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ।

Chefno tv (सेफ्नो टिभि)

aatmadhoj

Watch video on youtube link





Monday, October 3, 2022

(Video सहित)NRNA साईप्रसले दशै मेला भव्यताका साथ सम्पन्न गरेको छ

 


अक्टोबर २तारीखका दिन साईप्रसको निकोसियामा NRNAसाईप्रसले गायक काली प्रसाद वास्कोटाको साथमा भव्यताका साथ सम्पन्न गरेको छ। साच्चै नेपालीपन झल्कने खालको रहेको यस मेला खुल्ला आकाशमा सिता पार्कमा आयोजना भएको हो।मेलामा विभिन्न किसिमका(स्टल) पसलहरु राखिएको थियो जहा नेवारी खाना,टिपिकल नेपाली परिकार, नेपाली पोषाकहरु ,नेपाली झन्डा, लगाएत विभिन्न खानाहरु पाइन्थ्यो। 

काली प्रसादको निकै दम्दार प्रस्तुति रहेको यो कार्यक्रममा स्थानिय कलाकारहरुले वेजोड मनोरञ्जन दिएका छन भने तमुसमाजले गुरुङ संस्कृति झल्कने नृत्य प्रस्तुत गरे भने विभिन्न संस्थाहरुले साकेला नाच, शेर्पा पोशाकमा शेर्पा किदुङबाट शेर्पा नाच तथा विभिन्न नेपाली संस्कार झल्काउने नृत्यहरु प्रस्तुत भएको छ। 

कार्यक्रमको सन्चालन रमिता चन्द रितु र मनिस अधकारीले गरेको यस कार्यक्रममा अतिथीको रुपमा वाणिज्य दुतावासका डा• रामजिवन पञ्जियार,शान्ति मिसनमा रहेका DSP मोहन मनि अधिकारी, नगरपालिका co-ordinator loukas Papagianisलगाएत विभिन्न मिडियाकर्मिहरु उपस्थित थिए।


गायक तथा अतिथीहरुलाई NRNAसाईप्रसका अध्यक्ष कुन्दन कार्कि र महिला प्रवक्ता पिङला गौतमले मायाको चिनो स्वरुप नेपाली खुकुरी प्रदान गरेको छन भने विभिन्न सघ-सस्थाहरुले गायक वास्कोटालाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ।।

औपचारिक रुपमा कार्यक्रम सन्चालन महासचिव राधा पोखरेल थापाले गरेका हुन भने DJ भने बिकास श्रेष्ठले समालेका थिए

सेफ्नो टिभी[ CHEFNO TV ]

AATMA DHOJ



Click here for more videos





Sunday, October 2, 2022

जनप्रगतिशील मन्च साईप्रसको प्रथम अधिवेशनबाट नवराज गौतम अध्यक्षमा निर्वाचित


नेकपा (माओवादी केन्द्र)सम्बद्ध नेपाली जनप्रगतिशील मन्च साईप्रसको प्रथम अधिवेशन भएको छ।

प्राविधिक कारणले केही समय रोकिएको अधिवेशन नवराज गौतम को अध्याक्षतामा स्वयं को नेतृत्व हुनेगरी शनिवार दिउँसो अधिवेशन भएको हो। सोही अधिवेशन बाट निर्वाचित 
 २१ सदस्यीय समिति बनेको छ।
नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य तथा प्रवास बिभाग सह- इन्चार्ज क लक्षम्ण पन्त ज्युको प्रमुख आतिथ्यमा र नवराज गौतमको अध्याक्षतामा अनलाईन भर्चुअल को माध्यम बाट अधिवेशन सम्पन्न भएकोछ, प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भइ निर्वाचित पदाधिकारी घोषणा भएको हो र प्रवास बिभाग सह- इन्चार्ज क लक्षम्ण पन्त ज्युले नव निर्वाचित समिति लाई सपथ ग्रहण गराइएको थियोे , उक्त घोषणा कार्यक्रमका बिशिस्ट अथितिमा प्रवास समुन्वोय समितिका सचिव टीबी पाठक ज्यु र क्षेत्रिय समुन्वय समिति,युरोप समितिका अध्यक्ष क सुरेन्द्र भूषाल ज्युको उपस्थिति रहेको थियो भने अथितिमा क्षेत्रिय समुन्वय समिति युरोपका सचिव रण बहादुर क्षेत्रि ,युरोप संगठन बिभाग प्रमुख उदयराज गौतम , युरोप कमिटी महिला बिभाग प्रमुख क शुस्मा भूसाल ज्यु र युरोप निर्वाचन आयोग सदस्य हकमरेड हरु क. सुरेन्द्र श्रेष्ठ ज्यु र जानुका धमाला ज्यूको उपस्थीती रहेको थियो!
कार्यक्रम सन्चालन युरोप कमिटी सदस्य माया लोप्चन तामाङ ज्युले गर्नु भएको थियो भने सहजीकरण संगठनका स्थापक सचिव केशब ठकुरी ज्युले गर्नु भएको थियो!


१.अध्यक्ष:नेपाली जनप्रगतिशील मंच साईप्रसको नया कार्यसमितिको सर्वसम्मत रूपमा सहमति यस प्रकार रहेको छ! 

 निर्वाचित पदाधिकारी-तपशिलमा:

१ - अध्यक्ष - नबराज गौतम
२-उपाध्यक्ष - नबिन चौलागाई, 
३- उपाध्यक्ष बिनोद केसी
४- महिला उपाध्यक्ष- मीरा लिम्बू ,
५- महासचिव- रमिता थापा
६- सचिव - प्रकाश बिस्वोकर्मा 
७- कोशाध्यक्ष - लक्ष्मी तामाँग
- सदस्य हरु! 
८- दिनेश गौतम
९- रानु लिम्बू
१०- अभिनास भूषाल
११- अमर नेपाली
१२- सूरज कोइराला 
१३- मन्त्री हमाल
१४- केशरी लामा
१५- सुवास ढकाल
१६- अनुप पराजुली
१७- शरण लिम्बू
१८- चक्र तिरुवा
१९- बिजय चाैलागाई
२०- बाबुराम घिसिङ्
२१- सजित राई

सेफ्नो टिभी (Chefno tv)
Aatmadhoj