Monday, August 31, 2020

शेर्पा किदुक साईप्रसको चौथो अधिवेशनबाट ङिमदिकी शेर्पा निर्बिरोध चयन



साईप्रसको लिमासोलमा निमा याङ्जुम शेर्पाको सभापतित्वमा  आइतबार भएको शेर्पा किदुक साईप्रसको पाॅचौ वार्षिक उत्सव तथा चौथो अधिवेशनबाट ङिमदिकी शेर्पा निर्बिरोध अध्यक्षमा चयन भएको छ।निवर्तमान अध्यक्ष निमा याङ्जुम शेर्पा भने सल्लाहकारमा चयन भएको छ। 


त्यसैगरेर बरिष्ठ उपाध्यक्षमा मिना शेर्पा, महासचिवमा निमा ल्हामु शेर्पा,
सचिवमा सेडुप पेम्बा रिन्जि शेर्पा,काेषाअध्यक्षमा कान्छि लामा,सह काेष अध्यक्षयमा फुलामि शेर्पा निर्बिरोध चयन भएको छ।
क्षेत्रिय विभागतर्फ लिमासाेल उपाध्यक्षमा छिरिङ याङजुङ शेर्पा,पापाेस उपाध्यक्षमा पासाङ लामा,लार्नाका उपाध्यक्षमा पसि शेर्पा चयन भएको छ 

सदस्यहरूमा ङ्कि शेर्पा , निमा ल्हामु शेर्पा , पेमा याङ्जि शेर्पा, र डाेल्मा शेर्पा चयन भएको छ। कार्यकाल तथा पद हस्तान्तरण गर्दै निबर्तमान अध्यक्ष निमा याङ्जुमले "आफ्नो कार्यकालमा साथ दिनुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि किदुक साईप्रसलाई सक्दो साथ र सपोर्ट दिने वाचा गरेका छन्।"
 बर्तमान अध्यक्ष ङिमदिकी शेर्पाले आफ्नो जिम्मेवारी पद ग्रहन गर्दै यसो भनेका छन" सर्व प्रथम त मलाई अध्यक्ष जस्ताे गरिमामय पदमा नियुक्त गर्नु भएकाे मा सम्पुर्ण शेर्पा किदुक साईप्रसका पदाधिकारि ज्युहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु  । अबकाे कार्यसमिति काे  याेजना भनेकाे जुन उद्देश्यका साथ याे संस्था खाेलिएकाे हाे त्यहि उद्देश्य पूरा गर्नको लागि लागि पर्ने छु   म संगै  नया चयन हुनु भएका सम्पुर्ण पधाधिकरि ज्युहरूलाई पनि । किदुककाे उदेश्य पूरा गर्नका निम्ति संगै अगि लिएर बढनेछु र अबकाे भावि याेजना भनेकाे कसरी हुन्छ प्रवासमै रहेर पनि शेर्पा समुदायकाे संस्कार संस्कृति लाई जाेगाई राख्न लागि पर्नेछु र अहिलेकाे बिकराल अबस्था काेराेना भाईरस सङसगै भारि बर्षातका कारण विभिन्न स्थानमा बाढि पहिराे बाट पिडित हुनु भएका नेपालीहरूलाई  सहयाेग गर्ने उद्देश्य रहेकाे छ र  साईप्रसमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई हामी सक्दो सहयोग गर्ने छौ"  
2015 मा स्थापना भएको किदुक साइप्रसले साईप्रसमा रहेका आम शेर्पा जातिलाई प्रतिनिधित्व गर्दै आइरहेको छ ।
सेफ्नो टिभी
आत्मा ध्वज

GO TO YOUTUBE AND SUBSCRIBE




Friday, August 28, 2020

नेपाल आईडलले ईतिहास कोर्दै पहिलो महिला आईडल पाएको छ


Chefno tv
Aatma dhoj

एपी वान टेलिभिजनमा प्रसारीत नेपाल आईडलले आफ्नो तेस्रो संस्करणबाट फेरी एउटा आईडल पाएको छ।मोरङकी सज्जा चौलागाई पब्लिक भोटको आधारमा आईडल विजेता भएको हो। बिजेता सगै सज्जाले नगद रु ५०लाख हात पारेको छ। फष्ट रनर अपमा प्रबिन वेड्वाल बनेको छ भने उहाले १० लाख नगद प्राप्त गरेका छन।त्यस्तै गरेर सेकेण्ड रनर अप बर्दिवासका किरण कुमार भुजेल बनेका छन,किरणले नगद रु ५लाख प्राप्त गरेका छन। 

कोरोनाका कारण एक बर्ष  लामो समय लगाएर नेपाल आईडलले सज्जा चौलागाईलाई  आज बिजेता पाएको छ।

पहिलो र दोस्रो सिजनमा बुद्ध लामा र रबि ओद बिजेता बनेका थिए।