Wednesday, August 28, 2019

एकदमै मर्मस्पर्शी प्रहरीको पिडा ।एकचोटी पढेर सेयर गर्दिनुहोला।


Call for free delivery food 014720195
प्रहरी म
अनि
तपाईं आन्दोलनकारी

तपाईले हानेको ढुङ्गाको टुक्राले
मेरो गर्धनमा लाग्दा
तपाईं कति खुशि हुनुभो ।
तपाईलाई तपाईको जीत भएको आभाष भो है?
तपाईले हानेको ढुङ्गा नलागोस भनेर
म कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदा
तपाईं झनै हौसिदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।
तपाईं स्वतन्त्र हुनुहुन्छ
स्वतःस्फुर्त हुनुहुन्छ ।
तर
मलाई तपाईं सँग प्रतिकार गर्न पनि आदेश चाहिन्छ 
मा....थीको आदेश।
म चुपचाप तपाईले प्रहार गरेका ढुङ्गाका बर्षादहरु सहिदिन्छु ।
किनकि
मैले तपाईलाई एक लाठी हान्दा,
मानव अधिकारको उल्लङ्घन हुन्छ।
शक्तिको दुरुपयोग हुन्छ ।
कयौ क्यामेराका लेन्सहरु मेरो अगाडि तेर्सिन्छन् ।
CHEFNO TV subscribe on youtube

भिड नियन्त्रणको गरुङ्गो ड्रेसमा
हातमा लाठि र सिल्ड लिएर
तपाईले हानेका ढुङ्गा र ईटाका टुक्राहरु छेकिरहदा
तपाईले कहिल्यै सोच्नुभएन कि
म बिहानै देखि भोको पेटमा तपाईका प्रहारहरु सहिरहेछु ।
तपाईका सुन्नै नसकिने गालीहरु सहिरहेछु ।
चुपचाप चुपचाप....

महाशय !
तपाईको  बिषय अरुसँग हुन्छ
तपाईको रिस अरु सँग हुन्छ
तर त्यो रिस मलाई पोख्नुहुन्छ
थाहा छ , तपाईं कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ ।

के तपाईलाई थाहा छैन र?
मेरो पनि त परिवार छन्
घरमा बुढा रोगी बा आमा छन्
साना साना लालाबाला छन्
जिम्मेवारी बोकेकी जहान छिन्
यी सबैलाई छाडेर तपाईकै रक्षार्थ खटिएको हु महाशय ।

परार भुकम्प गो
भुकम्पले मेरो पुरै घर भत्कियो ।म घर जान पाईन ।
किनकि
मलाई तपाईको घरमा पुरीएका सामानहरु निकाल्नु थियो ।
पोहोर बाढी आयो
मेरो पुरै घर बाढि पसेर तहसनहस भो ।तै पनि म घर जान पाईन ।
किनकि
मैले तपाईको घरमा पसेको बाढिबाट तपाईको परिवार बचाउनु थियो ।
हरेक साल दशैं आउँछ
तिहार आउँछ
तपाईं हाँसी खुशि परिवार सँग चाडबाड मनाउनु हुन्छ
म त्यो चाडबाड मनाउन पाउन्न ।
किनकि
त्यो बेला झनै चनाखो भएर
तपाईहरुलाई नै केही होलाकि भनेर
राती पनि नसुतिकन चोकचोक कुद्नुपर्छ ।

के रिस तपाईलाई मात्र उठ्छ?
के हृदय तपाईको मात्र छ?
 महाशय एकपटक सोच्नुस त!
म पनि तपाईं जतिकै उत्तेजीत भए भने के होला?
म पनि तपाईं जत्तिकै असंयमित भए भने के होला?
तपाईं सँग भएका ढुङ्गाका टुक्राहरु मलाई बर्साईरहदा
म सँग भएको राईफलको ट्रेगर  दबाए भने के होला?
Our partner of business


तपाई विज्ञापन गर्न चाहनुहुन्छ ?email us chefnoniki@gmail.com
सेफ्नो टीभी
CLICK HERE AND SUBSCRIBE YOUTUBE CHANNEL CHEFNO TV

Monday, August 26, 2019

रवि लामिछाने रिहा हुदा जताततै खुसियाली।विदेशमा रहेका नेपाली झनै खुसी।तर पुडसैनी सम्बन्धि कार्यक्रम सन्चालन गर्न नपाउने


Call 014720195 for free delevery
जनताको सर्वशक्ति र रवि लामिछानेको रिहाले देशमा ठुलो खुसियाली छाएको छ।उहाको कुसल कार्यहरुले गर्दा छोटो समयमानै जनताको मन जित्न सफल रबि  आफ्नै पुर्बसहकर्मी शालिकराम पुडासैनीको आत्माहत्यामा दुरुत्साहन गरेको मुद्दा खेपेर आज पाॅचलाख धरौटीमा तारीखमा  रिहा भएका हुन।
 संगै परेका अस्मिता कार्की र युवाराज कडेल पनि छुटेका छन।युवराज  तीन लाख धरौटीमा तारिखमा छुटेका हुन भने अस्मिता सामान्य तारिखमा छुट्टेका हुन।आत्माहत्या दुरुत्साहन मुद्दामा परेकोले अर्को आदेस नआए सम्म रवि लामिछानेले  शालिकराम पुडासैनी सम्बन्धि कुनै कार्यक्रम सन्चालन गर्न पाउने छैन।

आत्माध्वज
सेफ्नो टीभी
Business partner

Subscribe our channel on youtube

www.chefnotv2.com
हाम्रो क्याफे राम्रो क्याफे- eat n smile cafe