Saturday, March 19, 2022

झुपडिबाट उदाइएका व्यक्तिका क्रान्तिका सङ्घर्षमय राजनितिक जिवन यात्रा


राजधानीको नजिकै रहेको जिल्ला हो काभ्रेपलाञ्चोक ।तर काभ्रेका धेरै गाउॅपालिकाहरु विकटमै पर्दछ।एउटा विकट बस्तिका एक झुप्रोमा जन्मेका हुन पुर्ण बहादुर दोङ। दोङको जन्म विक्रम सम्वत २०२०\९/१५गतेका दिन हालको चौरीदेउराली गाउँपालीका ४ मा भएको हो।सानै देखि राजनितीमा चासो राख्ने दोङ जब २२ बर्षको  भए देश र जनता को लागी केही गरनु पर्छ भनेर  युवा अवस्था देखी  राजनितिमा होमिन पुग्यो । वि.स.२०४२ सालमा  मशाल पार्टिबाट आफ्नो राजनितिक तर्फ अघि बडेका थिए।
CHEFNO TV YOUTUBE LINK


 यसरी नैअघि बढि रहेका दोङ २०५२ साल फागुन १मा तत्कालिन नेकपा माओवादिले जनयुद्धको घोषणा गरे सङ्गै दोङले जनयुद्धलाई साथ दिदै आएका थिए।काठमाडौमा रहेका उनी दुई  छोराहरु पढाउने र पालपोषण गर्नु पर्ने थियो।पेशामा थाङ्का लेख्ने धोङलाई आर्थिक रुपमा निकै कष्ठकर थियो। काठमाडौमा कोठा भाडामा बस्दै आएका उनी अत्तन्तै दयनिय अवस्थामा गुज्रिरहेका थिए यस्तो  अवस्थामा पनि क्रान्तिलाई साथ दिएका उनी  ५२ साल फाल्गुन ५गते  काठमाडौबाट प्रहरी द्धारा गिरफ्तार  गरेका थिए त्यति बेला दाेङले काभ्रे काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा जिम्मेवार पाएका थिए त्यति बेला पुर्व झन क्षितिज भएर क्रान्तिका आगोहरु झन ससक्त हुदै थिए। देश र जनताको हितमा लडेका दोङलाई निकै यातना दिदै क्रान्ति लाई साथ नदिन प्रहरीले भनेका थिए तर नशा नशामा क्रान्ति र जनवादको सिद्धान्त बोकेका दोङ विचार र सिद्धान्तबाट कहिलै विचलित भएनन् र धेरै समय जेल बस्नु पर्यो । 

जेल परुनजेल आफ्नो छोराहरुलाई खाना समेत खुवान गाह्रो हुने भएकोले आफ्नो भाईलाई पत्रिका र क्यालेन्डर बेच्न लगाएर  छोराहरुलाई खाना र पढाउन भनेका थिए। जव जेलबाट निस्किए उसलाई निकै नै गाह्रो भइसकेक थिए धेरै साथीहरुले राजनिति छोड्न समेत भनेका थिए तर पार्टीलाई र आफ्नो विचार सिद्धान्तलाई निरन्तरता दिने निर्णय लिए।पुन
२०५५/असोजमा पनि  काठमाडाैकाे गुह्यश्वरि बाट मजदुरहरुकाे भेलाबाट  प्रहरीले  गिरफ्तार गरियाे। जुन बेला अखिल नेपाल थाङ्का कला ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष समालेका थिए
यसरी नै आफ्नो पार्टिलाई विभिन्न तह र तप्काबाट सहयोग गरिरहेका दोङ अहिले भने आगामी  चुनावमा पार्टिले राम्रो मुल्याङकन गरेर आफुलाई टिकट दिएमा स्थानिय चुनाबमा उठ्ने विचार रहेको कुरा सेफ्नो टिभीलाई जानकारी दिए। उनले थपे "जिवन सङ्घर्ष हो सङ्घर्षमा आएका अप्ठ्याराहरुले हामी बिचलित हुन सक्छ तर हार खानु चाहि लडाई हारेर आएका सिपाई जस्तै हुन त्यसैले पार्टी ले यो पाली चाहि आफुलाई राम्रो मुल्याङकन गरेर आफु छोनोट हुन्छ भन्नेमा विश्वास छ"

सेफ्नो टिभि
आत्मा ध्वज


www.chefnotv2.com