Sunday, September 22, 2019

बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न।नेपाल प्रहरी लगायतका व्यक्तिहरुले गर्यो रक्तदान



रग्क्तदान गर्दै नेपाल प्रहरी
Business partner
विज्ञापनको लागि email गर्नुहोला
रगत दान नै जीवन दान हो"
भन्ने मुल आशयलाई आत्मा साथ गर्दै  आज नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको संयुक्त आयोजनमा  बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम सपन्न गर्न नेपाल प्रहरीका केही प्रहरी, बिभिन्न व्यक्तित्व र सर्वसाधारणहरूले रक्तदान गरेका थिए।


नेपाल तामाङ घेदुङ साईप्रस र ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भब्य रूपमा सम्पन्न गराउन  प्रमुख अतिथि संघीय सांसद माननीय पर्बत गुरुङ, विशेष अतिथि प्रदेश नं. ३ का  माननीय सांसद हिमाली गोले, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसिङ, टानका अध्यक्ष खुम सुबेदी, महासचिव सरिता लामा लगायतले उपस्थिती थियो । त्यस्तै अतिथिहरुमा तामाङ समाज जापानका संस्थापक उपाध्यक्ष हवाल चन्द्र बम्जन, मेन्दोमाया तामाङ समाजको संस्थापक अध्यक्ष बिगेद्र वाईबा, नेपाल तामाङ कलाकार संघको अध्यक्ष सन्जिब वाइबा, तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लगायतका विभिन्न तामाङ तथा गैर तामाङ संघ/संस्थाहरुको सक्रिय सहभागीता थियो ।
सेफ्नो टिभी
Reporter
Aatmadhoj
हाम्रो च्यानललाई Subscribe गर्नुहोला


Saturday, September 21, 2019

प्रताप दासको साथमा दशै मनाउदै साईप्रसबासी नेपालीहरु ।यही आउदो अक्टोबरमा।


                महान पर्व बडादशैको उपलक्ष्यमा एन आर एन साइप्रसले दशै सांगीतिक धमाका कार्यक्रम गर्नलागेको छ। उक्त कार्यक्रम हुन गइरहेको हुँदा सम्पूर्ण साईप्रसबासी नेपालीहरुलाई मनोरञ्जन गराउनको लागि नेपालबाट अतिथि कलाकार नेपाल आईडल 1 का 2nd रनर अप, नेपाली तारा सिजन 3 को तेस्रो रनर अप गायक अनि माेडल प्रताप दास आउनेभएको छ। आउदै गरेको अक्टोबर ६{october 6 }मा त्रिकिस प्यालेस निकोसियामा यो कार्यक्रम हुन लागेको छ।
EAT N SMILE CAFE MAHARAJGUNJ KTM 01-4720195
               एन आर एन साईप्रसले स्थापना गरेर भर्खरै सुचारु गरिएको सेफ हाउसको आर्थिक सहयोगार्थ को लागी यो कार्यक्रम हुनलागेको हो।

            त्यसै गरी एन आर एन साईप्रसले १४ अप्रिल २०१९ मा नेपाली नयाँ बर्ष २०७६ शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा चिर-परिचित राष्ट्रिय कलाकार सबिन लिम्बु , सुरेश लामा र स्थानीय कलाकारहरुका साथ भब्यताका साथ मनाएका थिए।

सेफ्नो टिभि(CHEFNO TV)
 Reporter
Aatmadhoj

YOUTUBE भिडियो हेर्नुहोस र subscribe गर्नुहोला।
                  WATCH VIDEO


सेफ्नो टिभि YOUTUBE
Facbook: Chefnotv

Sunday, September 15, 2019

दिल कुमारी तिलिजा मगरको अध्यक्षतामा एन आर एन साइप्रसको नया कार्यसमिति गठन।




नेपालीको लागि नेपाली भन्ने नारा रहेको गैर नेपाली सङ्घ एन आर एन ए साईप्रसको आठौ महाधिवेसन साइप्रसको निकोसियामा भब्यताका साथ सम्पन्न भएकोछ।सो कार्यक्रममा प्रमुख अतिथिमा होनरी कन्सुलरका डा॰ रामजिवन पन्जियार र सभापतिमा निबर्तमान अध्यक्ष सुबास मल्ल हुनुहुन्थ्यो र  विभिन्न संघ सस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनु भएको थियो। उक्त कार्यक्रमलाई  NRNA साइप्रसका महिला प्रबक्ता नानु गोम्जा ज्यु ले स्वागत मन्तव्यबाट सम्पुर्णलाई स्वागत गर्नुभएको थियो। कोषाध्यक्ष सरिता चौधरी ज्युले आर्थिक बिवरण प्रस्तुत गर्नुभयो।भने महासचिव अन्तेस राउत ज्युले सस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।र अन्तमा सुवास मल्ल ज्युले आफ्नो कार्यक्रम र कार्यकाल सुम्पिएको घोषना गर्नु भयो।र सातौ कार्यकालमा बचत भएका रकम सेफ हाउसमा प्रयोग गर्ने बताउनु भयो।
नया कार्यसमिति निर्विरोध चयन भएको हो
नया कार्यसमिति यसप्रकार छन्

१॰ अध्यक्ष:दिलकुमारी तिलिजा पुन
२॰उपाध्यक्ष:अन्तेस राउत
३॰उपाध्यक्ष:जसमाया पुन
४॰उपाध्यक्ष:किसमत पौडेल
५॰महासचिबःक्रिपा थापा
६॰सचिव:पुर्ण बहादुर थापा मगर
७॰कोषाध्यक्ष:दिनेस ढकाल
८॰सह कोषाध्यक्ष:अनिल भण्डारी
९॰सहसचिबःदयासागर अर्याल

१०॰युवा प्रतिनिधी:कुन्दन कार्की
११॰महीला प्रतिनिधी:सरीता कुमारी चौधरी
१२॰ प्रबक्ता:दिनेस पिआर हरीजन गौतम

सदस्यहरु:

सरु नेपाल
कल्पना राई
राधा पोख्रेल
कालिका थापा
सरस्वति खनाल
ओन्सारी ओजाईर
दयाराम थापा
रन्जित सापकोटा
धिराजन कुमार खड्का
सुरज रानाभाट
नितेस कुमार सरदार
राजन श्रेष्ठ
सन्जय कुमार मण्डल

Chefno tv
Reporter 
Aatmadhoj
विज्ञापन गर्नुहोस
Click on youtube and subscribe

Facebook






Thursday, September 12, 2019

(NRNA CYPRUS)गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको निर्वाचन हुदैछ उम्मेदवारीको योग्यता, पूरा गर्नु पर्ने सर्तहरु र पालना गर्नु पर्ने आचारसंहिताहरु

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको निर्वाचन हुदैछ

                    विज्ञापनको लागि

प्रस्तुत सम्वन्धमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको आठौं राष्ट्रिय महाधिवेशन निर्वाचन समितिद्धारा तपशिल बमोजिमको निर्वाचन सम्वन्धि कार्यक्रमहरु सार्वजनिक गरिएको छ।

एनआरएनए एनसिसि साइप्रसको १५ सेप्टेम्बर २०१९ मा संम्पन्न हुने आठौं राष्ट्रिय महाधिवेशन निम्न वमोजिमको कार्यतालिका र निर्देशिकाले दिएको अधिकार तथा निर्देशिकामा आधारित रहेर तयार पारिएको निर्वाचन समितीको नियमलाई पालना गर्दै तोकेका कार्यक्रम र समयभित्र आफ्नो उम्मेद्धारी दिने तथा अन्य कार्यमा सहयोग गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।
 उम्मेदवारीको योग्यता, पूरा गर्नु पर्ने सर्तहरु र पालना गर्नु पर्ने आचारसंहिताहरु ।
Subscribe on youtube

१*निर्देशिकामा भएको व्यवस्था भए अनुसार सबै पदमा उमेद्धारी दिनका लागी गैरआवसिय नेपालाी संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको पंजिकृत सदस्यता अनिवार्य लिएको हुनु पर्नेछ ।

२*एनसिसि अध्यक्ष पदका उमेद्धार हुनका लागी कम्तिमा एक कार्यकाल एनसिसिको कार्यसमिती, सल्लाहकार समितीमा वसेर काम गरेको हुनु पर्नेछ ।

३.*एनसिसि उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष पदको उमेद्धार वन्नको लागी पंजिकृत सदस्यको रुपमा एक कार्यकाल पुरा गरेको हुनु पर्नेछ ।
४* प्रत्येक उमेद्धारले एक–एक जना पंजिकृत सदस्यहरुलाई प्रस्तावक र समर्थकको रुपमा राख्नु पर्नेछ।साथै एक जना पंजिकृत सदस्यले एक जना उमेद्धारको लागी मात्र प्रस्थावक वा समर्थक रहन पाउने छ ।

५* एनसिसि अध्यक्ष, ३ उपाध्यक्षहरु, महासचिव, सचिव, कोषाध्यक्ष  स-कोषाध्यक्ष, प्रवक्ता, महिला प्रतिनिधि, युवा प्रतिनिधि, सदस्य र सक्रिय सदस्यहरुको कार्य समिति  हुनेछ ।

६* एक व्यक्तिले एक पदमा मात्र उम्मेदवारी दिन पाउने छन् ।

७* एनआरएनए एनसिसि साइप्रसको सदस्ता लिएको प्रमाण विना मतदान गर्न पाईने छैन

८* निर्वाचन समितिमा रहेका कुनैपनि सदस्यहरुले कुनै पनि उमेद्धारको प्रस्तावक, समर्थक बस्ने तथा कसैको पक्ष वा विपक्षमा अभिव्यक्ति दिन पाइने छैन ।

९* उमेद्धारहरुले आफ्नो प्यानल खडागरि सामुहिक उमेद्धारी दिन तथा प्रचार प्रसार गर्न पाईने छैन ।

१०* एक उमेद्धारले अर्को उमेद्धारको प्रस्तावक र समर्थक हुन पाइने छैन ।

११* राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिक आधारमा कुनै समुह वा प्यानलको आधारमा चुनाव लड्न वा समुहगत रुपमा मतको आह्वान गर्न वा प्रचार–प्रसार गर्न पाईने छैन । अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको उमेद्वार तथा राष्ट्रिय समन्वय परिषदका सबै उमेद्वारहरुले संघको आचार संहितामा लिखित प्रतिबद्धता गरी उमेद्धारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने छ । कुनै उमेद्वार राजनैतिक, जातिय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नु पर्ने छ । निर्धारित आचारसंहिता पालना नगरी प्राप्त भएका मनोनयनका उपर प्रमाण सहित लिखित उजुरी परेमा निर्वाचन समितिले मनोनयन रद्द गर्न सक्ने छ ।

१२*कुनै पनि उम्मेदवारले एक अर्काका विरुद्ध व्यक्तिगत टिका–टिप्पणि तथा गाली गलौच गर्न पाईने छैन । यस प्रकारको कार्यमा संलग्न भएको प्रमाणित भएमा त्यस्ता उमेद्धारहरुको उमेद्धारी समेत खारेजी गर्न समेत सकिने छ ।

१३* कुनै पनि  उम्मेदवारले सार्वजानिक स्थान, विद्युतिय संचार माध्यम, सामाजिक सञ्जाल, सार्वजानिक सभा –समारोह तथा पत्रपत्रिका लगाएतका संचार माध्यमहरुमा आचारसंहिता उलंघन गरेको पाईएमा वा उजुरि परेमा छानविन गरि कारवाही अगाडि बढाइने छ । यस्तो अवस्थामा  उम्मेदवारको उम्मेदवारीको खारेजि समेत हुन सक्ने छ ।

१४* मतदातालाई आर्थिक लगाएतका कुनैपनि प्रलोभनमा प्रयोग गर्न पाईने छैन । साथै मतदाताहरुलाई धाक धम्की दिई भौतिक तथा मानसिक तनाव पनि दिन पाइने छैन । यस्तो गरेको पाईएमा  उम्मेदवारको उम्मेदवारी रद्ध तथा  उम्मेदवारको नभएका सदस्यहरुले गरेको पाइएमा निजको सदस्यता खारेजीको सिफारिस समेत गरिनेछ ।
१५* उम्मेदवारको उम्मेदवारीको दर्ता गराउदा निर्धाारित शुल्क सहित रित पूर्वक भरिएको फारमका साथ उमेद्धारी दर्ता गराउनु पर्नेछ।

दर्ता शुल्क निम्न वमोजिम हुनेछ ः–

एनसिसि अध्यक्ष १२१/–  Euro मात्र ।
एनसिसि उपाध्यक्ष १०१/–  Euro मात्र ।
एनसिसि महासचिव ७१/–  Euro मात्र ।
एनसिसि सचिव, कोषाध्यक्ष,स -कोषाध्यक्ष, युवा प्रतिनिधि,  महिला प्रतिनिधि  र प्रवक्ता  ५१/–  Euro मात्र ।
एनसिसि सदस्यहरु ३१/–  Euro मात्र ।

१६* निर्वाचन समितिको निर्णयनै अन्तिम निर्णय हुने छ ।

निर्वाचन तालिका

१ - उम्मेदवारीको दर्ता १२ सेप्टेम्बर २०१९ मध्यरात १२:०० देखि १३ सेप्टेम्बर २०१९ रातिको  ११:५५ बजे सम्म । फारम लिन  र उमेद्धारी दिनको लागि निर्वाचन समितिसंग सम्पर्क गर्ने

२ - उम्मेदवारीको प्रथम नामावली प्रकाशन गर्ने १४ सेप्टेम्बर २०१९ रातिको  १२:०० बजे एनआरएनए एनसीसी साइप्रसको फेसबुक मार्फत ।

३ -उम्मेदवारी वारे दावि विरोध १४ सेप्टेम्बर २०१९ बिहानको १०:०० देखी दिउँसो २:०० वजे सम्म ।
४ -  उम्मेदवारी फिर्ता लिने १४ सेप्टेम्बर २०१९ दिउँसोको ३:०० देखी वेलुका ८:०० वजे सम्म ।
५ -उम्मेदवार अन्तिम नामावली  १४ सेप्टेम्बर २०१९ राति १०:०० वजे ।
६ -आठौं  राष्ट्रिय महाधिवेशन  १५ सेप्टेम्बर २०१९ 

निर्वाचन समितीको  नामवली देहाय वमोजिम रहेको छ।
संयोजक-
सुरेश कुमार शाह
सदस्य 
यम बहादुर थापा
बिकाश दुवाडि
Call for free delivery014720195
CLICK YOUTUBE 
Chefno tv (सेफ्नो टिभि)
Aatmadhoj
Click on